एक प्रधानाध्यापकद्वारा १४ वर्षकी बालिका बलात्कृत, स्थानीयको दवावपछि प्रक्राउ
सिरहा, २४ जेठ । सिरहामा एक प्रध्यानाध्यापकले आफ्नै विद्यालयमा अध्यनरत बालिकामाथि बलात्कार गरेको छ । लहान नगरपालिका वडा नम्बर १८ स्थित श्री राजाजी बाबा आधारभुत विद्यालयका प्रध्यानाध्यापक ५५ वर्षीय बैजनाथ चौधरीले एक बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
सोमबार साझ प्रहरीमा पुगेकी पीडितलाई प्रहरीले कार्यालय बाहिर निकालेपछि घटना सार्वजनिक भएको हो । विद्यालयका प्रध्यानाध्यापक चौधरीले आफ्नै विद्यालयको कक्षा ६ मा अध्ययनरत १४ वर्षकी बालिकालाई विद्यालय नजिक रहेको पकडिया गड जंगलमा बोलाएर बलात्कार गरेको पीडितले बताइन् । बालिकाका अनुसार प्रध्यानाध्यापक चौधरीले आइतवार राति १० बजे बोलाएर जंगलमा बलात्कार गरेको हो ।
बलात्कारका क्रममा प्रध्यानाध्यापक चौधरीले बालिकाको शरीरको विभिन्न भाग टोकेको डामहरू देख्न सकिन्छ । बलात्कारपछि बेहोस भएकी बालिका रातभरि जंगलमै रहेको र बिहान होस् आएपछि आफूसँग भएको मोबाइलबाट बिहान साथीलाई फोन गरी आफूलाई सहयोग गर्न आग्रह गरेकी बालिकाकी आमाले बताइन् ।
पीडित बालिकाको आमा बुवा सुस्त मनस्थितिका छन् । छोराछोरीलाई पढाइ दिने र घरमा समेत सहयोग गरिदिने भन्दै घरमा आउने गरेको पीडित बालिकाकी आमाले बताइन् । उसको घर जान थालेपछि नै पीडित बालिकालाई प्रध्यानाध्यापकले यौन शोषण गर्दै आएको आरोप छ । घटनालाई बाहिर लगे ज्यान मारिदिने धम्की प्रधानाध्यापकले दिदै आएको थिए ।
आफू बलात्कृत भएको भन्दै सोमबार साँझ इलाका प्रहरी कार्यालय लहान पुगेकी बालिका र परिवारलाई जाहेरी लेखेर नल्याउन्जेल कार्यालयभित्र नपस्न भन्दै पीडित र पीडित परिवारलाई इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डले प्रहरी लगाएर कार्यालय बाहिर निकालेको रहस्य बाहिरिएको छ ।
पीडित बालिका र उनको परिवारलाई प्रहरीले नै कार्यालय बाहिर निकालेपछि राति ८ बजेसम्म बालिका इलाका प्रहरी कार्यालय लहानको गेटमा बस्न बाध्य भइन् । बलात्कार घटनामा खवर पाएपछि प्रहरीले तत्काल पीडितको सुरक्षा र गोप्यनीयतामा ध्यान दिनुपर्ने भएपनि पीडित कार्यालय बाहिर बस्दा घटनाबारे सोध्नेको भिड नै लागेको थियो । तर प्रहरीले पीडितको गोप्यनीताको लागि कुनै चासो नलिनु दुखद् भएको स्थानीयले बताएका छन् ।
लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेले जाहेरी लिएर नआउन्जेल आफूले केही नगर्ने बताएका छन् । प्रहरी नायब उपरीक्षक पाण्डेले स्थानीयलाई भने –‘आफूलाई लहानमा बस्न मन छैन । त्यही भएर गर्दिन । मेरो जागिर खाइ दिनुहुन्छ खाइदिनुस् ।’
स्थानीयको दवावपछि बलात्कार गरेको आरोप लागेका प्रधानाध्यापक चौधरीलाई इलाका प्रहरी कार्यालय लहानले सोमबार राति ९ बजे पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले आरोपित प्रध्यानाध्यापक चौधरीलाई पक्राउ गरी आवश्यक प्रकृया अगाडि बढाएको बताए । प्रध्यानाध्यापक चौधरी प्रहरीको हिरासतमा छन् ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












