एक प्रधानाध्यापकद्वारा १४ वर्षकी बालिका बलात्कृत, स्थानीयको दवावपछि प्रक्राउ
सिरहा, २४ जेठ । सिरहामा एक प्रध्यानाध्यापकले आफ्नै विद्यालयमा अध्यनरत बालिकामाथि बलात्कार गरेको छ । लहान नगरपालिका वडा नम्बर १८ स्थित श्री राजाजी बाबा आधारभुत विद्यालयका प्रध्यानाध्यापक ५५ वर्षीय बैजनाथ चौधरीले एक बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
सोमबार साझ प्रहरीमा पुगेकी पीडितलाई प्रहरीले कार्यालय बाहिर निकालेपछि घटना सार्वजनिक भएको हो । विद्यालयका प्रध्यानाध्यापक चौधरीले आफ्नै विद्यालयको कक्षा ६ मा अध्ययनरत १४ वर्षकी बालिकालाई विद्यालय नजिक रहेको पकडिया गड जंगलमा बोलाएर बलात्कार गरेको पीडितले बताइन् । बालिकाका अनुसार प्रध्यानाध्यापक चौधरीले आइतवार राति १० बजे बोलाएर जंगलमा बलात्कार गरेको हो ।
बलात्कारका क्रममा प्रध्यानाध्यापक चौधरीले बालिकाको शरीरको विभिन्न भाग टोकेको डामहरू देख्न सकिन्छ । बलात्कारपछि बेहोस भएकी बालिका रातभरि जंगलमै रहेको र बिहान होस् आएपछि आफूसँग भएको मोबाइलबाट बिहान साथीलाई फोन गरी आफूलाई सहयोग गर्न आग्रह गरेकी बालिकाकी आमाले बताइन् ।
पीडित बालिकाको आमा बुवा सुस्त मनस्थितिका छन् । छोराछोरीलाई पढाइ दिने र घरमा समेत सहयोग गरिदिने भन्दै घरमा आउने गरेको पीडित बालिकाकी आमाले बताइन् । उसको घर जान थालेपछि नै पीडित बालिकालाई प्रध्यानाध्यापकले यौन शोषण गर्दै आएको आरोप छ । घटनालाई बाहिर लगे ज्यान मारिदिने धम्की प्रधानाध्यापकले दिदै आएको थिए ।
आफू बलात्कृत भएको भन्दै सोमबार साँझ इलाका प्रहरी कार्यालय लहान पुगेकी बालिका र परिवारलाई जाहेरी लेखेर नल्याउन्जेल कार्यालयभित्र नपस्न भन्दै पीडित र पीडित परिवारलाई इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डले प्रहरी लगाएर कार्यालय बाहिर निकालेको रहस्य बाहिरिएको छ ।
पीडित बालिका र उनको परिवारलाई प्रहरीले नै कार्यालय बाहिर निकालेपछि राति ८ बजेसम्म बालिका इलाका प्रहरी कार्यालय लहानको गेटमा बस्न बाध्य भइन् । बलात्कार घटनामा खवर पाएपछि प्रहरीले तत्काल पीडितको सुरक्षा र गोप्यनीयतामा ध्यान दिनुपर्ने भएपनि पीडित कार्यालय बाहिर बस्दा घटनाबारे सोध्नेको भिड नै लागेको थियो । तर प्रहरीले पीडितको गोप्यनीताको लागि कुनै चासो नलिनु दुखद् भएको स्थानीयले बताएका छन् ।
लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेले जाहेरी लिएर नआउन्जेल आफूले केही नगर्ने बताएका छन् । प्रहरी नायब उपरीक्षक पाण्डेले स्थानीयलाई भने –‘आफूलाई लहानमा बस्न मन छैन । त्यही भएर गर्दिन । मेरो जागिर खाइ दिनुहुन्छ खाइदिनुस् ।’
स्थानीयको दवावपछि बलात्कार गरेको आरोप लागेका प्रधानाध्यापक चौधरीलाई इलाका प्रहरी कार्यालय लहानले सोमबार राति ९ बजे पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले आरोपित प्रध्यानाध्यापक चौधरीलाई पक्राउ गरी आवश्यक प्रकृया अगाडि बढाएको बताए । प्रध्यानाध्यापक चौधरी प्रहरीको हिरासतमा छन् ।
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...












