एक सातामै तरकारीको मूल्य १३० प्रतिशतले बढ्यो, सुन किन्न सजिलो तरकारी किन्नै मुस्किल
काठमाडौं, ३१ साउन । ‘घिरौला कसरी हो साहू जी ?’ ‘केजीको १०० रुपैयाँ हो, लैजाउनुहोस् बजारमा तरकारी नै छैन, बिहान ४ः०० बजे गएर अलिअलि ल्याएको, ढिलो गएको भए रित्तै आउनुपर्ने रेछ नि !’ सोमबार बिहान कीर्तिपुरका चोकका तरकारी व्यापारी रामेश्वर थापाले तरकारी किन्न आउने ग्राहकलाई मूल्यसँगसँगै सुनाउँदै गरेको गुनासो हो यो।
देशका ठाउँठाउँमा लगातार ठूलो वर्षाले बाटो भत्किएर बजारमा तरकारी नै आएको छैनन्, अलिअलि आएको पनि भाउ छोइसाध्यै छैन उनले भने ‘त्यही पनि ताजा भए त हुन्थ्यो नि, हेर्दै बासी जस्तो छ।’ यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
एक दशकदेखि यहीँ ठाउँमा तरकारीको व्यापार गर्दै आएका थापाले कहिले कालिमाटी त कहिले बल्खुबाट बिहानै साइकलमा तरकारी ल्याएर बिक्री गर्दै आएका छन्। उनको पसलमा बिक्रीमा राखेका तरकारीमध्ये आलु प्रतिधार्नी १०० रुपैयाँ, गोलभेडा ठूलो प्रतिकेजी १०० रुपैयाँ, घिउसिमी प्रतिकेजी १२० रुपैयाँ, बन्दा प्रतिकेजी ६०, घिरौला प्रतिकेजी १०० रुपैयाँ, तिते करेला प्रतिकेजी ६० रुपैयाँ, लौका प्रतिकेजी ८० रुपैयाँ, पाकेको फर्सी प्रतिकेजी ७० रुपैयाँ, मूला प्रतिकेजी ४० रुपैयाँ, स्कुस ६५ रुपैयाँ, काँक्रो प्रतिकेजी ९० रुपैयाँ मूल्य तोकेका छन्।
अन्य खुद्रा व्यापारीकोमा भन्दा केही सस्तोमा पाइने हुँदा वरिपरिका सर्वसाधारण उपभोक्ता यही पसलमा आउने गर्छन्। अघिल्ला वर्षहरूमा अन्य समयको तुलनामा केही महँगो भए पनि अहिले जस्तो तरकारी नै नपाइने अवस्था भने नभएको अनुभव थापाको छ। लगातारको वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकासिएको व्यापारी बताउँछन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा अरू बेलामा यस बजारमा दैनिक झण्डै ८५० टनको हारहारिमा तरकारी भित्रिने गरेकोमा शनिबारदेखि दैनिक २५० देखि ३०० टनको हाराहारिमा मात्रै तरकारी भित्रिएको छ। उपत्यकावासीको मागको झण्डै ७० प्रतिशत कम मात्रै तरकारी आयात हुनु र आएको तरकारी पनि पानीले बिग्रेका कारण भाउ आकासिएको समितिले जनाएको छ।
समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई साताको बीचमा तरकारीको भाउ १४० प्रतिशतसम्म महँगिएको छ। वरपरको पसलमा राम्रो तरकारी नपाएपछि कालीमाटीमै आइपुगेका कलङ्कीका विजय अधिकारीले मंहँगो मूल्य तिरेर पनि राम्रो तरकारी नपाएको गुनासो गरे।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












