के तपाईले घर वा व्यवसायमा कामदार राख्नु भएको छ ? अब यस्तो नयाँ श्रम ऐन लागू हुदै
काठमाडौं, ९ भदौं । तपाईले कुनै उदेश्यले घर वा व्यसायमा कामदार राख्नुभएको छ ? यदि छ भने अब तपाई श्रम ऐनमा बाँधिनुहुनेछ । व्यवस्थापिका संसदले केहीदिनअघि पारित गरेको नयाँ श्रम ऐन अनुसार अब श्रमिकले काम शुरु गरेदेखिकै सञ्चयकोष र उपदान दिनुपर्ने व्यस्था गरेको छ । नाफा आर्जन गर्ने उद्देश्य राखेर खोलिएका उद्योग, संघ, संस्थाले मात्रै होईन गैहनाफामुलक रुपमै भएपनि कामदार वा श्रमिक राखेमा अब यो ऐन आर्कषित हुनेछ ।
लामो समयदेखी निजी उद्योग, प्रतिष्ठानमा काम गर्ने मजदुरहरूको सामाजिक सुरक्षा व्यवस्था कमजोर रहेको आवाज उठिरहेका बेला संसद्ले पारित गरेको यो श्रम ऐनले लामो समयदेखी श्रमिकले उठाउँदै आएको मागको सम्बोधन गर्नेछ । ऐनमा उल्लेख भएअनुसार श्रमिकका लागि सञ्चय कोष र उपदानको अनिवार्य व्यवस्था गरेको छ ।
व्यवस्थापिका संसदको बहुमतले पारित गरेको ऐनमा सञ्चय कोषमा जम्मा गर्ने रकमका लागि मजदुरले आधारभूत तलबको १० प्रतिशत र रोजगारदाताले त्यत्ति नै रकम जम्मा गर्नुपर्नेछ । यस्तै उपदानका लागि कामदारको ८.३३ प्रतिशत रकम कटौती गर्ने उल्लेख छ । लामो समयदेखि श्रम ऐन पारित हुन नसक्दा ट्रेड युनियन र रोजगारदाताबीच विवाद हुँदै आएको थियो ।
रोजगारदाता र श्रम संगठनबीचको यो विवादमा रोजगारदाताले श्रमिक संगठनकै कारण समस्यामा परेको बताउँदै आएका थियो भने श्रमिक संगठनहरु रोजगारदाता कम्पनीका कारण विवादमा परेको बताउँदै आएका थिए । नियमित, समयगत, कार्यगत, आकस्मिक र आंशिक समयगत गरि रोजगारीको बर्गिकरणसमेत गरेको यो श्रम ऐनअनुसार नियमित रोजगारीमा नियुक्त हुने कामदारलाई ६ महिनासम्म परीक्षणकालमा राख्न सकिने छ ।
त्यस्तै रोजगारदाता र मजदुरबीच हुने विवाद अन्त्यका लागि श्रम लालमोहर लगाउन भने अझै बाँकी छ । लामो समयदेखी श्रमिक र रोजगारदाताको यहि बिषयलाई लिएर चलिरहेको विवाद अन्त्य भएपछि यसलाई रोजगारदाता र श्रमिक दुबै पक्षले कोशेढुगांको रुपमा प्रतिक्रिया दिएका छन । पारित ऐनले दुबै पक्षलाई विन विन गराएको उनीहरुको प्रतिक्रिया छ ।
यो ऐन कार्यान्वयनमा आएपछि श्रम बजार व्यवस्थित हुने एवं रोजगारीका अवसर वृद्धि हुनेछन । नेपाल उद्योग वाणिज्य महासंघको श्रम सम्बन्धका विषयमा लामो समय काम गरेका महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ऐनले मजदुर र रोजगारदाताबीचको श्रम सम्बन्ध सुध्रने बताए । ऐनमा रोजगारदाताले चाहेको लचकता र श्रमिकले चाहेको सामाजिक सुरक्षाको व्यवस्था दुबै पक्षलाई सन्तुलित ढंगले समेटेको उनको भनाई छ ।
जिफन्टका अध्यक्ष विष्णु रिमालले लामो मेहनतपछि श्रम ऐन आउनु सकारात्मक रहेको बताएका छन् । ऐनपछि मजदुर र रोजगारदाता दुबै पक्ष भयरहित तरिकाले काम गर्ने वातावरण सिर्जना भएको बताउँछन् । ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल २० वर्षदेखिको माग अनुसार एकजना कामदार राख्ने प्रतिष्ठानका लागि समेत श्रम ऐन आकर्षित हुने भएकाले यसलाई महत्पूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताउँछन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












