के तपाईले घर वा व्यवसायमा कामदार राख्नु भएको छ ? अब यस्तो नयाँ श्रम ऐन लागू हुदै
काठमाडौं, ९ भदौं । तपाईले कुनै उदेश्यले घर वा व्यसायमा कामदार राख्नुभएको छ ? यदि छ भने अब तपाई श्रम ऐनमा बाँधिनुहुनेछ । व्यवस्थापिका संसदले केहीदिनअघि पारित गरेको नयाँ श्रम ऐन अनुसार अब श्रमिकले काम शुरु गरेदेखिकै सञ्चयकोष र उपदान दिनुपर्ने व्यस्था गरेको छ । नाफा आर्जन गर्ने उद्देश्य राखेर खोलिएका उद्योग, संघ, संस्थाले मात्रै होईन गैहनाफामुलक रुपमै भएपनि कामदार वा श्रमिक राखेमा अब यो ऐन आर्कषित हुनेछ ।
लामो समयदेखी निजी उद्योग, प्रतिष्ठानमा काम गर्ने मजदुरहरूको सामाजिक सुरक्षा व्यवस्था कमजोर रहेको आवाज उठिरहेका बेला संसद्ले पारित गरेको यो श्रम ऐनले लामो समयदेखी श्रमिकले उठाउँदै आएको मागको सम्बोधन गर्नेछ । ऐनमा उल्लेख भएअनुसार श्रमिकका लागि सञ्चय कोष र उपदानको अनिवार्य व्यवस्था गरेको छ ।
व्यवस्थापिका संसदको बहुमतले पारित गरेको ऐनमा सञ्चय कोषमा जम्मा गर्ने रकमका लागि मजदुरले आधारभूत तलबको १० प्रतिशत र रोजगारदाताले त्यत्ति नै रकम जम्मा गर्नुपर्नेछ । यस्तै उपदानका लागि कामदारको ८.३३ प्रतिशत रकम कटौती गर्ने उल्लेख छ । लामो समयदेखि श्रम ऐन पारित हुन नसक्दा ट्रेड युनियन र रोजगारदाताबीच विवाद हुँदै आएको थियो ।
रोजगारदाता र श्रम संगठनबीचको यो विवादमा रोजगारदाताले श्रमिक संगठनकै कारण समस्यामा परेको बताउँदै आएका थियो भने श्रमिक संगठनहरु रोजगारदाता कम्पनीका कारण विवादमा परेको बताउँदै आएका थिए । नियमित, समयगत, कार्यगत, आकस्मिक र आंशिक समयगत गरि रोजगारीको बर्गिकरणसमेत गरेको यो श्रम ऐनअनुसार नियमित रोजगारीमा नियुक्त हुने कामदारलाई ६ महिनासम्म परीक्षणकालमा राख्न सकिने छ ।
त्यस्तै रोजगारदाता र मजदुरबीच हुने विवाद अन्त्यका लागि श्रम लालमोहर लगाउन भने अझै बाँकी छ । लामो समयदेखी श्रमिक र रोजगारदाताको यहि बिषयलाई लिएर चलिरहेको विवाद अन्त्य भएपछि यसलाई रोजगारदाता र श्रमिक दुबै पक्षले कोशेढुगांको रुपमा प्रतिक्रिया दिएका छन । पारित ऐनले दुबै पक्षलाई विन विन गराएको उनीहरुको प्रतिक्रिया छ ।
यो ऐन कार्यान्वयनमा आएपछि श्रम बजार व्यवस्थित हुने एवं रोजगारीका अवसर वृद्धि हुनेछन । नेपाल उद्योग वाणिज्य महासंघको श्रम सम्बन्धका विषयमा लामो समय काम गरेका महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ऐनले मजदुर र रोजगारदाताबीचको श्रम सम्बन्ध सुध्रने बताए । ऐनमा रोजगारदाताले चाहेको लचकता र श्रमिकले चाहेको सामाजिक सुरक्षाको व्यवस्था दुबै पक्षलाई सन्तुलित ढंगले समेटेको उनको भनाई छ ।
जिफन्टका अध्यक्ष विष्णु रिमालले लामो मेहनतपछि श्रम ऐन आउनु सकारात्मक रहेको बताएका छन् । ऐनपछि मजदुर र रोजगारदाता दुबै पक्ष भयरहित तरिकाले काम गर्ने वातावरण सिर्जना भएको बताउँछन् । ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल २० वर्षदेखिको माग अनुसार एकजना कामदार राख्ने प्रतिष्ठानका लागि समेत श्रम ऐन आकर्षित हुने भएकाले यसलाई महत्पूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताउँछन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












