कच्चा कम्युनिष्टका सस्ता कुरा
राजनीतिक दलहरू फुट्नुभन्दा जुट्नु देशको लागि कयौं गुणा बढि फाईदाजनक हुन्छ । यदि देशमा रहेका सम्पूर्ण शक्तिरूले देशको स्वार्थलाई केन्द्रमा राखेर एकभई अघि बढे पक्कै पनि देश सम्बृद्विको बाटोमा अघि बढ्छ । त्यसैको लागि भन्दै केही हप्ताअघि वाम शक्तिहरूबीच गठबंधनको घोषणा भयो । तर, देश बनाउने उद्देश्यका साथ घोषणा गरिएको वाम गठबन्धन भित्र व्यक्तिगत स्वार्थबाहेक केहि भेटिएन । गठबंधनको लागि गरिएको सहमतिको पानाको मसीसुक्न नपाउँदै गठबन्धनमा पहिरो गयो । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले गठबंधनले आफूलाई गोरखा–२ बाट निर्वाचनमा उठ्न नदिएको बाहिरीए ।
नाकाबन्दीको समयदेखिनै ओलीलाई राष्ट्रबादको भुत चडेको थियो । त्यसबेला पनि सरकारको नेतृत्व गर्दा उनलाई केही मिडियाले राष्ट्रवादी नेताको रूपमा चित्रण गरे । उनले नै नाकावन्दीको सामना गरेको प्रचार गरेर जनतामा भ्रम छरियो । तर, वास्तविक सामना जनताले नै गरेका थिए भन्न कसैले भ्याएनन् । ओलीहरू त त्यसबेला पनि सुरक्षासहितको लस्कर सहित गाडिमै सवार हुन्थे । ग्यासका सिलिंडर उनका घरमै पुग्ने गर्दथ्यो । त्यति मात्र होईन उनीहरूका आसेपासे, आफन्त र पहुँचवाला कार्यकर्ताहरूले समेत नाकावन्दीको महसुस गरेनन् ।
अहिले माओवादीलाई चुनावी एकतासहित पार्टी एकिकरण पश्चात् एकिकृत पार्टीको अध्यक्षको ललिपप प्रचण्डलाई देखाएर बहुमत ल्याई सरकारको नेतृत्व गर्नै ध्येयमा तल्लीन देखिन्छन् ओली । प्रचण्डलाई पनि कम्युनिष्ट केन्द्रको नेतृत्व गर्ने र मुलुकको कार्यकारी राष्ट्रपति बन्ने लोभले एमालेसँग नजिक्याएको छ । यस क्रममा प्रचण्डको सीधा नजर कम्युनिष्ट पार्टीको नेतृत्व र कार्यकारी प्रमुखतर्फ मात्र केन्द्रित छ । वैद्य –विप्लवहरूलाई त उनले आफ्नो ठानेनन् नै, राजनीतिक स्थिरता, र समाजवादको महान उदेश्यका साथ एकतामा आएका बाबुरामलाई पनि प्रचण्डले गोरखाको कुनै क्षेत्र छाड्न सहमत भएनन् र गठबंधनबाट बाहिरिनुपर्ने स्थितिसम्म पु¥याए ।
यता वाम एकताको घोषणा भएसँगै बिपरित कित्तामा रहेको काँग्रेस पनि लोकतान्त्रिक शक्तिहरू सहितको लोकतान्त्रिक गठबन्धन बनाउने कसरतमा लागेको छ । तर, कम्युनिष्टहरू एमाले–माओवादी जस्तो काँग्रेसकै हाराहारीको अर्को लोकतान्त्रिक पार्टी नभएको कारण उसलाई गठबन्धन बनाउनमा समस्या देखिएको छ । दलहरूले जे उपनाम दिएर गठबन्धन गरे पनि खासमा वाम गठबन्धन वा लोकतान्त्रिक गठबन्धन दुबैको भित्री उदेश्य भनेको चुनाव लक्षित एकता गरेर आ–आफ्नो पक्षमा दुई तिहाई मत ल्याई लामो समयसम्म सरकारमा रहनु नै हो ।
यसमा अर्को बिषय पनि जोडिएको छ । जसमा बिगतमा आफूले गरेका कर्तुतहरूबाट बच्न पनि उनीहरूलाई सत्ता र शक्तिकै वरिपरी रहनुपर्ने हुन्छ । त्यसकारण पनि उनीहरू एकिकृत भएर मुलुकमा राज गरेर शक्तिमै रहन चाहान्छन् । अझ भर्खरै मात्र प्रधानमन्त्री, राष्ट्रपति र प्रदेश प्रमुख लगायतलाई संविधानभन्दा माथि रहने व्यवस्था गर्नुले पनि उनीहरूको नियतमाथि प्रश्न खडा गरेको छ । वाम गठबन्धनको नारा बाहिर प्रचार गरेजस्तो सजिलो छैन । प्रचण्ड र ओलीहरू त कुम जोडेर बस्लान तर, ओली र प्रचण्डले आ–आफ्ना कार्यकर्ताहरूको समायोजन कसरी गर्लान् ? केन्द्रमा त उनीहरू प्रधानमन्त्री, राष्ट्रपति र पार्टी अध्यक्षको हिसाबले मिल्लान तर मुख्य रूपमा प्रदेश, जिल्ला, क्षेत्र र वडाहरूमा को अध्यक्ष हुने भन्नेमा कार्यकर्ताहरूबीच लुछाचुँडी हुने देखिन्छ । केन्द्रमै पनि वरियताक्रममा बिवाद हुन सक्छ । किनकी, नेपालका कम्युनिष्टहरूले कुनै पनि समय त्याग गरेको इतिहास छैन् ।
एमाले, माओवादी लगायत अन्य दलको चुनावी एकतालाई अहिले कम्युनिष्ट एकताको रूपमा परिभाषित गरिए पनि बास्तम्मा त्यो वास्तविक कम्युनिष्टको एकता जस्तो देखिदैन । नेपालका वास्तविक कम्युनिष्ट नेताहरू मोहनबिक्रम सिंह, सिपी मैनाली, मोहन वैद्य, नेत्रबिक्रम चन्द लगायतका नेताले नेतृत्व गरेको शक्तिलाई बेवास्ता गर्दै र डा. बाबुराम भट्टराईलाई गठबन्धनमा बस्ने ठाँउ नराख्नुले पनि अहिले माओवादी–एमालेबीच गरिएको चुनावी एकता वास्तविक कम्युनिष्ट एकता होइन भन्ने पुष्टि गर्छ । एमाले र माओवादी भनेका कम्युनिष्टका खोल ओडेका मध्यमवर्गीय पूँजीवादी शक्तिहरू हुन् । प्रचण्ड, ओली लगायत अन्य एमाले–माओबादीका नेताहरूको जीवनशैलीले पनि त्यसलाई प्रमाणित गर्दछ ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको...
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...












