क्याटलोनिया स्वतन्त्रता घोषणा र वैधताको प्रश्न–२
स्वतन्त्रता घोषणासँगै उब्जिएको सङ्कट सो मतपरिणाम सुनेर क्षेत्रीय संसदभवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुशी व्यक्त गरेका थिए तर मत परिणाम आएसँगै क्याटलोनियाको राजनैतिक परिवर्तनले आर्थिक सङ्कट चुलिएर जानसक्ने सङ्केत शुक्रबारनै यहाँको सेयर बजारले देखाएको छ ।
स्वतन्त्रताको पक्षमा मतदान भएपछि सेयर बजारमा भारी गिरावट आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्पेनको केन्द्र सरकारले क्याटलोनियाको संसदले गरेको निर्णय स्पेनी कानून विपरीत भएको हवाला दिँदै म्याड्रिडलाई यो मान्य नहुने भन्दै क्याटलोनियामाथि हस्तक्षेप गर्ने संवैधानिक शक्तिको अभ्यास गर्ने तयारी गरेको बुझिएकोे छ । प्रधानमन्त्री मारिआनो राखोइले क्याटलोनिया प्रशासनलाई भंग गर्न केन्द्रिय संसद् (सिनेट)को अनुमति माग्नुभएको छ । सम्भवत शनिबारनै स्पेनी प्रधानमन्त्रीे राखोयले क्याटलोनियाबारे अवलम्बन गरिने नीतिको घोषणा गर्नुहुनेछ ।
उहाँले सिनेटरहरुसमक्ष क्याटलोनियामाथि प्रत्यक्ष शासन गर्ने प्रस्ताव पेश गर्नुभएको छ भने क्याटलोनियाली क्षेत्रका नेता पुज्डमोन, उहाँका उपराष्ट्रपति तथा सबै क्षेत्रीय मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको छ । प्रधानमन्त्रीको मागप्रति सिनेटमा समर्थन रहेको बताइन्छ तर यसको पुष्टि हुन अब लामो समय नपर्खिनु पर्ला । राखोईले अर्को कुनै विकल्प नै नभएकाले क्याटलोनियामा “कानून, प्रजातन्त्र र स्थायित्व” फर्काउन आफूले कडा कदम चाल्नु परेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीले क्याटलोनिया को क्षेत्रीय सरकार भङ्ग गरी नयाँ निर्वाचनका लागि आगामी डिसेम्बर २१ मा मिति तोक्नुभएको छ ।
प्रधानमन्त्रीले क्याटलोनियाली क्षेत्रीय निर्णयबाट स्पेनको राजनितीमा कुनै प्रभाव नपर्ने भन्दै नागरिकलाई शान्त रहन आग्रह गर्नुभएको छ । उहाँले क्याटलोनिया मा विधिको शासन पुनः स्थापना गरेरै छाड्ने अडान व्यक्त गर्नुभयो ।
स्वतन्त्रताको पक्षमा गरिएको मतदान र केन्द्र सरकारले विधिको शासन गर्ने घोषणासँगै स्पेनमा राजनैतिक संकट थप चर्किने शङ्का स्पेनवासीमा सन्त्रास फैलिएको छ । केन्द्र सरकारले अब क्याटलोनियामा प्रत्यक्ष शासन गर्ने जनाएको छ ।
दुई साताअघि क्याटलोनियाका विखण्डनकारी नेता विद्राही नेता पुज्डमोनले सरकारले स्पेनबाट अलग हुने निर्णय गरेको, तर त्यसको कार्यान्वयन केही सातापछि मात्र गरिने घोषणा गरेको थियो । सो घोषणासँगै स्पेन सरकारसँग वार्ताका लागि क्याटलोनियाका विखण्डनकारी नेताहरूले अन्तर्राष्ट्रिय मध्यस्थताका लागि आह्वान गरेका थिए । यसलाई यूरोपियन यूनियनले अस्वीकारनै गरेको थियो भने अन्यत्रबाट पनि पहलकदमी भएन । यसको अर्थ यो हो कि क्याटलोनिया को स्पेनसँग छुट्टिने निर्णयलाई सघाउन अहिलेसम्म कसैले अग्रसरता देखाएको छैन ।
अक्टोबर १ मा स्पेन प्रहरीको हस्तक्षेपका बीच सम्पन्न जनमत संग्रहमा ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मतदान गरेको क्याटलन सरकारले दाबी गर्दै आएको छ । स्पेनको संवैधानिक अदालतले सो जनमत संग्रह अवैधानिक भएको जनाएको थियो ।
क्याटलोनियालाई विखण्डनकारीले स्वतन्त्रता घोषणा गरेलगत्तै स्पेनी प्रधानमन्त्री राखोयले सम्पूर्ण स्पेनवासीलाई शान्त रहन आग्रह गरे । क्याटलोनियालाई केन्द्रीय सरकारको अधिनमा राख्ने उनले बताए ।
यसैबीच, स्पेनी संसद्ले संविधानको धारा १५५ बमोजिम क्याटलोनियालाई दिएका सम्पूर्ण अधिकार खोस्ने विषयमा मतदान गर्ने तयारीमा रहेको छ । धारा १५५ ले स्वायत्तता निलम्बन गर्ने पूर्ण अधिकार सरकारलाई छैन । यसलाई संसद्ले अनुमोदन गर्नुपर्छ । केन्द्र सरकारले क्याटलोनियामा विखण्डनकारी नेतालाई पक्राउ गर्ने, त्यहाँको वित्तीय कम्पनी, प्रहरी र सार्वजनिक सञ्चार माध्यममाथि नियन्त्रण गर्ने तयारीसमेत गरेको सञ्चारमाध्यममा खबर आएका छन् । केन्द्र सरकारले संविधानको धारा १५५ सक्रिय तुल्याउने बताएको छ जसअनुसार क्याटलोनियामा पहिलो पटक केन्द्र सरकारको प्रत्यक्ष शासन हुनेछ ।
स्पेनको केन्द्रीय सरकारले क्याटलोनिया क्षेत्रका प्रहरी प्रमुखलाई पदमुक्त गरिसकेकोे छ । क्याटलोनियाको क्षेत्रीय संसद् र सरकारलाई भङ्ग गरिएको घोषणा गरेको भोलिपल्ट केन्द्रीय सरकारले क्याटलोनियाका क्षेत्रीय प्रहरी प्रमुखलाई बर्खास्त गरेको हो ।
स्पेनी राजा फेलिप छैटौँले क्याटलोनिया स्पेनको ‘महत्वपूर्ण हिस्सा रहेको र रहिरहने’ बताउनुभएको थियो । क्याटलोनिया स्वतन्त्रतासम्बन्धी विवादमा स्पेनी राजाको योे दोस्रो पटकको हस्तक्षेप हो ।
उत्तरी शहर अभिएदोमा आयोजित एउटा पुरस्कार वितरण समारोहमा बोल्दै राजा फेलिपेले क्याटलोनिया ली सरकारले विभाजन सिर्जना गरिरहे पनि स्पेनले लोकतान्त्रिक संस्थामार्फत समस्याको हल गर्ने कुटनैतिक प्रतिक्रिया दिनुभएको थियो ।
क्याटलोनिया लाई स्वतन्त्र हुन दिनुपर्ने माग गर्दै बार्सिलोनामा हजारौँ विद्यार्थीसहित प्रदर्शकारीले केन्द्र सरकारविरुद्ध बिहीबार जुलुसमा सहभागिता जनाए । यसबाट क्याटदोनीयाली विखण्डनकारी नेतालाई उर्जा मिलेको पाइन्छ । विश्वका कुनै पनि आन्दोलन युवा विद्यार्थीको समर्थन पछि तात्ने तथा निर्णायक बन्ने गरेका छन् । शुक्रबारै स्वतन्त्रताको पक्षमा मतदान भएको छ ।
क्षेत्रीय सरकारको अधिकार कटौती गर्ने वा नियन्त्रण गर्ने केन्द्रीय सरकारका विरुद्धमा विद्यार्थीले गरेको नाराबाजी क्षत्रीयसरकारका लागि केन्द्रसँगको सम्बन्ध भत्काउन बलियो नैतिक आधार पनि भएको छ । क्याटलोनियाली युवाको भविष्य स्पेनबाट नछुट्टिएको अवस्थामा अन्धकार हुने क्याटलोनियाली नेता पुज्डमोनले बताउनुहुन्छ ।
स्वतन्त्रताको विपक्षमा केन्द्र सरकारसँगै उभिएको स्पेनको विपक्षी दलका अनुसार आउँदो जनवरीमा क्याटलोनियामा संसद्को चुनाव गराउने योजना छ । (विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाकोे सहयोगमा तयार)
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












