८८ केजी सुन तस्करीमा सशस्त्रको मुख्य भूमिकाः सुन ओसार्ने गाडीको चालक सशस्त्रकै
काठमाडौं, १३ कात्तिक । भदौ १९ गते बरामद गरिएको अवैध ८८ केजी सुनप्रकरणले नयाँ मोड लिएको छ । महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करी घटनाले नयाँ मोड लिएको हो । यो घटनामा मुख्य भूमिका सशस्त्र प्रहरीका एक जवानको देखिएको छ ।
रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी जवान विष्णु पण्डितले सहयोगी भूमिका खेलेको अनुसन्धानले देखिएको छ । उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राइभर खोजिदिने कामसशस्त्र प्रहरीका जवान पण्डितले गरिदिएका थिए ।
सशस्त्रमाथि यसरी भयो छानविनः
प्रहरीले सुन बरामद भएलगत्तै तस्करीको सुन ओसार्न प्रयोग गरिएको गाडी चलाएका मनोज अधिकारीसहितका तीन चालक पक्राउ गरेको थियो । तिनै चालकहरूले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा सशस्त्र प्रहरीको शंकास्पद भूमिकामाथि छानबिन सुरु गरेको थियो । प्रहरीका अनुसार सुन ओसार्न १५ भदौमै गाडी रसुवाको केरुङ नाका हुँदै चीन पसेको थियो । त्यसैले काठमाडौं प्रहरी परिसरले अनुसन्धानका क्रममा उक्त दिन ड्युटीमा खटिएका सशस्त्र प्रहरीको नामावली माग्दै पत्राचार गरेको थियो ।
सशस्त्रले प्रहरीलाई टेर्दै टेरेन्ः
लामो समयसम्म पत्रको जवाफ नदिएपछि परिसरले नामावली माग्दै सोही व्यहोराको दोस्रो पत्र पनि काट्यो । प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरीको मुख्यालयसम्मै यो विषयमा कुरा पुगेपछि र बारम्बारको फोन ताकेतापछि केरुङ नाकामा उक्त दिन खटिएका सशस्त्र प्रहरीको नामावली परिसरले पाएको थियो । पत्र पाएपछि काठमाडौं प्रहरी परिसरले शुक्रबार सशस्त्र प्रहरीका एक असईसहित चार जवानलाई काठमाडौं बोलाएर सोधपुछ गरेको थियो ।
केरुङ नाकामा खटिएको सशस्त्र प्रहरी युनिटको नेतृत्व सम्हालिरहेका डीएसपी प्रकाश वाग्लेले काठमाडौं प्रहरी परिसरले पत्र पठाएपछि आफूहरूले ड्युटीमा खटिएकाहरूको नामावली पठाएको पुष्टि गरे । वाग्लेले भने, ‘केही कुरा बुझ्नुपर्ने भन्ने अनुरोध आएपछि हामीले नाम पठाइदिएका हौं ।’ वाग्लेले सुन तस्करीमा सशस्त्र प्रहरीको संलग्नताबारे भने टिप्पणी गर्न चाहेनन् ।
सुन लिन भनेर भदौ १५ मा काठमाडौंबाट केरुङ पुगेका चिनियाँ नागरिक पान वई मिङले सशस्त्र प्रहरीसँग ड्राइभर खोजिदिन आग्रह गरेका थिए । सशस्त्र प्रहरीका जवान पण्डितले पानका निम्ति चालक खोजिदिएको स्रोतको दावी छ । बारम्बार केरुङ नाका हुँदै चीन–नेपाल ओहोरदोहोर गर्ने हुनाले पान धेरैका लागि परिचित अनुहार थिए । त्यही चिनाजानीको फाइदा उठाउँदै पानले सशस्त्र प्रहरीको सहयोग लिएका थिए । बा१७च ६४२७ नम्बरको गाडीका निम्ति ड्युटीमा खटिएका पण्डितले गाडी चलाउन रसुवा घर भएका गाडी चालक दम्बा सान्डु तामाङलाई खोजिदिएका थिए । त्यही गाडी लिएर पानले सोही दिन साढे दुई बजे केरुङ नाका छिचोलेका थिए ।
पानले ड्युटीमा खटिने सशस्त्रका जवानलाई कम्मल उपहारः
ठमेलमा काठमाडौं वान होटल चलाएर बसेका पानले सशस्त्र प्रहरीसँग निकटको सम्बन्ध बनाएका थिए र त्यसैका आधारमा उनी सजिलै सुन नेपाल भित्र्याँथे । सुन तस्करीको केही दिनअघि मात्रै पानले रात्रि ड्युटीमा खटिने सशस्त्र प्रहरीका जवानका लागि कम्मलसमेत किनिदिएका थिए । एक उच्च प्रहरी अधिकारीले भने, ‘सशस्त्र प्रहरीको सहयोगमा पानले बारम्बार सजिलै सुन भित्र्याएको देखिन्छ ।’ पानको अस्वाभाविक गतिविधिमा सजिलै आँखा चिम्लिएकाले सशस्त्र प्रहरीको भूमिका थप शंकास्पद देखिएको हो ।
८८ केजी सुन तस्करीमा मुख्य भूमिका खेलेको अभियोगमा महानगरीय अपराध महाशाखाले ३० असोजमा मानबहादुर तामाङलाई काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले नेपाली कांग्रेसको रसुवा १ बाट प्रदेशसभामा समानुपातिक उम्मेदवार सिफारिस भएका र नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्षसमेत रहेका तामाङलाई संगठित अपराध ऐनअन्तर्गत म्याद लिएर थुनामा राखेको छ ।
आईफोनको लकले प्रहरी समस्यामाः
अनौठो त के छ भने पक्राउ परेको दुई साता बितिसक्दा पनि अनुसन्धानमा खटिएको प्रहरीले तामाङबाट सुन तस्करीबारे धेरै कुरा फुत्काउन सकेको छैन । त्यसको एउटै कारण हो, उनले बोकेको आइफोनको लक नखुल्नु । सुनका मालिक भनिएका चिनियाँ नागरिक पानसँग तामाङको बारम्बारको फोन सम्पर्कका आधारमा प्रहरीले सुन तस्करीमा उनको सक्रिय भूमिका पहिल्याएको थियो । प्रहरी अनुसन्धानले चीनबाट पठाइएको सुन तामाङकै व्यवस्थापनमा काठमाडौं र भारतीय बजारसम्म पुर्याउने चाँजो मिलाइने गरेको निष्कर्ष निकालेको थियो ।
तामाङले बोक्ने आइफोनमा सुन तस्करीसँग सम्बन्धित सूचनाहरू मिल्ने आसमा बसेको प्रहरी त्यतिखेर अप्ठ्यारोमा पर्यो, जतिबेला तामाङले आइफोनको पासकोड खोल्न नमिल्ने भएको बताए ।
तामाङले आफू चीन जाँदा आइफोनमा देखिएको चिनियाँ अक्षर नचिनेकै कारण जता पायो त्यतै थिचेको र आइफोन लक भएको बताउँदै आएका छन् । प्रहरी परिसर काठमाडौंले उक्त आइफोनको लक खोल्न काठमाडौंका केही मोबाइल पसलमा पनि पुर्याएको थियो । त्यहाँबाट पनि सम्भव नभएपछि परिसरले आइफोन अपराध महाशाखाको डिजिटल टिममा पठाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












