खेतीयोग्य जमिन आवासीय रुपमा उपयोग
दाङ, १९ मंसिर । खेतीयोग्य जमिनमा आवास बनेर उब्जनी कम हुन थालेकामा राजनीतिक नेतृत्वको ध्यान नगएको यहाँका किसानले गुनासो गरेका छन् । राप्ती नदीको किनारमा रहेको दाङ उपत्यकामा वर्षमा तीन बाली लाग्ने भए पनि विगत एक दशकअघि देखि आवासीय क्षेत्रका रुपमा विकास हुन थालेको हो । कम उब्जनी हुने स्थानमा बस्ती बसाएर बढी उब्जनी हुने उर्वर भूमिमा खेती गरिनुपर्नेमा सरकार एवम् राजनीतिक नेतृत्वको अदूरदर्शिताका कारण लुम्बिनी र राप्ती अञ्चलका अन्य जिल्लाबाट बसाइँ-सराइ गर्नेको भूमि बन्न पुगेको छ ।
स्थानीय किसान श्यामलाल चौधरी पाँच वर्षअघिसम्म कमाएको जग्गा साहुले बेचेपछि आफूले उब्जनी गर्ने ठाउँ नपाएको बताउनुहुन्छ । घर बनाउन चलेको भाउभन्दा बढी दिन आउनेलाई जग्गा बेचेर मोहियानी हक बापतको थोरै रकम बुझेर खेती गर्ने स्थानको अभावमा बस्नुपरेको उहाँको भनाइ छ ।
जिल्लामा यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । जोडिएका पहाडी जिल्लाका युवा कामका लागि विदेशिएपछि आएको विप्रेषणले परिवारले उब्जाउ हुने शहरी क्षेत्रमा जग्गा किनी आवास निर्माण गर्न थालेका छन् । सरकारको खेतीयोग्य जमिनसम्बन्धी नीति नहुँदा यो समस्या आएको अर्का किसान भोजेन्द्र डाँगी बताउनुहुन्छ । मार्क कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत रुपेश चौधरीले जनताको जीविकोपार्जनसँग सम्बन्धित यस विषयमा कुनै पनि दलका नेताले चुनावी मुद्दा नबनाएको दुखेसो पोख्नुभयो ।
तथ्यांक कार्यालय दाङको अभिलेखअनुसार कृषिका कारण १८/३१, व्यापारका कारण ३/५६, सेवाका कारण १/४२, अध्ययनका कारण ९/३४, विवाहका कारण २४/४८, निर्भरताका कारण २७/३९, द्वन्द्वका कारण १/४०, कारण उल्लेख नभएका ८/३२ र अन्य कारणले ५/८० प्रतिशत सर्वसाधारण यहाँ बसाइँ-सराइ गरिआएका छन् ।
जिल्लाको ग्रामीण क्षेत्रभन्दा उब्जनी हुने शहरी क्षेत्रमा बढी मानिसले टुक्रा जग्गा लिई आवास निर्माण गरेको कार्यालय प्रमुख तुलसीराम पोखरेलले बताउनुभयो । “तुलसीपुर उपमहानगरपालिकामा सल्यान र रुकुमका बासिन्दाको बाहुल्यता छ, घोराही उपमहानगरपालिकामा राप्ती र लुम्बिनी अञ्चलका प्राय: सबै जिल्लाका बासिन्दाको बसोबास बढेको छ, लमही नगरपालिकामा लुम्बिनी अञ्चलबाट बसाइँ-सराइ गरी आउनेको बाहुल्यता छ”, उहाँले भन्नुभयो । दाङबाहिर जन्मेका ४०/१७ प्रतिशत नागरिक १० वर्षभन्दा लामो समयदेखि बस्दै आएको कार्यालयले जनाएको छ । यसमा पुरुष ४१/७३ र महिला ३८/९४ प्रतिशत छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












