गाईपालनबाट वार्षिक बाह्र लाख कमाइ

तेह्रथुम, २९ मंसिर । छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा हुनुहुन्थ्यो । स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई÷चार पैसा कमाउन भन्दै विदेसिने क्रम बढ्दो छ । तर उनीहरुमध्ये कमैले मात्र सोचेका हुन्छन् कि मेहिनेत गर्दा स्वदेशमा आफैँ पनि रोजगार बन्न सकिन्छ भनेर ।
एक पटक मलेसिया पुगेर त्यहाँको दुःख झेलिसकेका कार्कीले त्यहाँ रहँदाको दुःख, पीडा र त्यहाँ कमाएको थोरै रकम पनि बचत गर्न नसकेको सम्झिनुभयो । एक पटक घरै बसेर रोजगार बन्न प्रयास गर्ने निधो गर्नुभयो । अन्ततः दरिलो जोश, जाँगर र थोरै भए पनि लगानी गर्ने हो भने स्वदेशमा नै प्रशस्त धनआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुभएको छ कार्कीले ।
त्यतिवेला तीनवटा उन्नत जातका गाई इलामबाट ल्याएर थालेको व्यावसायिक गाईपालनबाट उहाँले अहिले घरैमा बसेर वार्षिक रु १२ लाखभन्दा बढी कमाउनुहुन्छ । उहाँको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई छन् । अहिलेसम्म कार्कीको गाई फार्ममा झण्डै रु २० लाख लगानी भइसकेको छ । शुरुमा आफैँले ऋण काढेर रु तीन लाख लगानीले थालेको व्यवसायमा अहिले रु दुई लाख थप्नुभएको छ । प्राइम बैंक र कृषि विकास बैंकबाट रु पाँच/पाँच लाख कर्जा लिनुभएको छ ।
फार्म सञ्चालनका लागि स्थानीय वित्तीय संस्थाले समेत सहयोग गर्दै आएको कार्कीले बताउनुभयो । दुई वर्षमा उहाँले फार्मको खर्च कटाएर रु १० लाख ऋण चुक्ता गर्नुभएको छ । फार्ममा रहेका १० वटा गाईले दैनिक ७० लिटर दूध दिने गरेका छन् । गाउँमा डेरीले प्रतिलिटर रु ४५ देखि रु ५५ सम्ममा दूध खरिद गरिरहेका छन् । अहिले दूधबाट मात्रै कार्कीले मासिक रु एक लाख २० हजार आम्दानी गर्नुहुन्छ ।
“रु ६० हजारसम्म बचत हुन्छ,” उहाँले भन्नुभयो । विदेशबाट फर्किएपछि गाउँमा गाईपालन व्यवसायको थालनी हुँदै गर्दा आफू व्यावसायिक गाईपालनबारे जानकारी लिन गोरखासम्म पुगेको कार्कीले सुनाउनुभयो । गाईपालनबाट मनग्य आम्दानी लिन सकिने थाहा पाएपछि कार्की त्यसतर्फ लाग्नुभएको हो । “विदेशमा धेरै मिहेनत गर्नुपर्छ,” कार्कीले भन्नुभयो– “घरपरिवारबाट अलग्गिएर चर्को घाममा ज्यानको माया मारी काम गर्नुपर्छ ।” उहाँ स्वदेशमै गरेको कमाइबाट सन्तुष्ट हुनुहुन्छ । “यहाँ कमाइ पनि छ, जोखिम पनि छैन, सुखदुःख साँट्ने परिवार पनि साथै छ,” उहाँले भन्नुभयो ।
रोजगारी नपाएर विदेशिनुभएका कार्कीले अहिले आफ्नो गाई फार्ममा तीन जनालाई रोजगारी समेत दिनुभएको छ । गाईको रेखदेख, घाँस काट्ने, खोले र दाना पानी खुवाउने, दुहुनेलगायत काम उहाँहरुले गर्नुहुन्छ । गाईको संख्या बढाएर १५ वटा पु¥याउने उहाँको लक्ष्य छ ।कार्कीले गाईपालनका लागि ५० किलो घाँसको बीउ ल्याएर खेती गर्नुभएको छ । सरकारी अनुदानबापत अहिलेसम्म घाँसको बीउ मात्र पाएको उहाँको भनाइ छ । युवालाई कृषि पेशामा प्रोत्साहन गर्न सरकारले कुनै कार्यक्रम नल्याएको कार्कीको गुनासो छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












