पूर्वाञ्चलमा पाँच करोडभन्दा बढी युनिट विद्युत् चुहावट
काठमाडौँ, १३ पुस । नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ । प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५७१ युनिट विद्युत्मा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ । पाँच करोड ३८ लाख ७० हजार ७७९ युनिट विद्युत् खेर गएको पाइएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा कूल ८९ करोड ७३ लाख ७० हजार ३८३ युनिट विद्युत् प्राप्त भएकामा ७३ करोड ८९ लाख ९९ हजार ८१३ युनिट विद्युत् बिक्री गरेको थियो । सो अवधिमा पनि १५ करोड ८३ लाख ७० हजार ५७० युनिट विद्युत् खेर गएको पाइएको छ । चुहावटमा मात्रै करोडौँ मूल्य बराबरको विद्युत् खेर गइरहेको प्राधिकरणले जनाएको छ ।
इनरुवा र रंगेलीमा सबैभन्दा बढी चुहावटः
प्राधिकरणको पूर्वाञ्चल क्षेत्रीय कार्यालय मातहत रहेका इनरुवा र रंगेली वितरण केन्द्रमा सबैभन्दा बढी विद्युत् चुहावट हुने गरेको पाइएको छ । प्राधिकरणले गरेको आन्तरिक अध्ययनका क्रममा ती दुवै वितरण केन्द्रमा ३६ प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको हो । पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा १७ वटा वितरण केन्द्र रहेका छन् । समग्रमा सो क्षेत्रको विद्युत् चुहावट १७.६५ प्रतिशत रहेको भए पनि केही वितरण केन्द्रमा भने अत्यधिक मात्रामा विद्युत् चुहावट हुने गरेको पाइएको छ ।
प्राधिकरणले चालू आवको अन्त्यसम्म उक्त क्षेत्रीय कार्यालय मातहतका निकायको विद्युत् चुहावटलाई तीन प्रतिशतले घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत कात्तिक मसान्तसम्म कूल चुहावट घटाएर १५.९२ बिन्दुमा झारेको छ । विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रमा १७.६५ प्रतिशत चुहावट हुने गरेको छ ।
प्राधिकरणका अनुसार दुहवी वितरण केन्द्रमा ८.९ प्रतिशत, खाँदबारी र भोजपुर वितरण केन्द्रमा नौ प्रतिशत चुहावट हुने गरेको छ । विराटनगर वितरण केन्द्रमा १४, भद्रपुरमा १६, अनारमणिमा २२, इलाममा २४, बेलबारीमा २६, तेह्रथुममा १७, धरानमा ११ र धनकुटामा २० प्रतिशत चुहावट हुने गरेको छ ।
चुहावट नियन्त्रणका लागि शहरी क्षेत्रमा नेपाल प्रहरीको सहयोगमा द्रुत टोली परिचालन गरिएको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख ब्रजभूषण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् महसुल नबुझाएका ग्राहकको गत कात्तिक मसान्तसम्म लाइन काटेर कारबाही गर्दा रु ३९ करोड रकम उठेको छ ।
यस्तै विद्युत् चोरीमा संलग्न ५७ जनालाई कारबाही गरिएको छ । चुहावट नियन्त्रण अभियान चलाएपछि मात्रै रु २३ लाख तीन हजार २२७ रकम उठेको छ । यस्तै प्राधिकरणले ४८३ वटा हुुकिङ सामग्री र १०९ वटा अन्य उपकरणसमेत जफत गरेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












