चीनले बनायो पहिलो सोलार हाइवे, गाडी पनि गुड्ने बिजुली पनि उत्पादन हुने
एजेन्सी, १७ पुस । चीनले पहिलो सोलार हाइवे बनाएको छ । विद्युतीय राजमार्ग नाम दिइएको उक्त राजमार्गमा सवारी साधन पनि चलाउन मिल्नेछ भने विद्युत् पनि उत्पादन हुनेछ ।
चीनले अभूतपूर्व प्रविधिको प्रयोग गरेर विद्युतीय राजमार्ग बनाएको चीनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त राजमार्गले ५ हजार ८७५ स्वायर मिटर ओगटेको छ ।
पूर्वी प्रान्त सानडोङमा यस्तो सोलार हाइवे बनाएको हो । यो सडक इलेक्ट्रिक सवारीहरुलार्इ वायरलेस चार्जिङ सिस्टमबाट गुड्दागुड्दै चार्ज गर्छ । यो सडकलार्इ बनाउन सोलार प्यानलको प्रयोग भएको छ। यो सोलार हाइवेमा ट्रान्सलुसेन्ट कंक्रिट, सिलिकन प्यानल र इन्सुलेसनको तहबाट बनाइएको हो।
चिसो मौसममा सडकमा जमेको हिँउ पगाल्नकालागि स्नो मेल्टिङ सिस्टम तथा सोलार स्ट्रिट लाइटलार्इ पनि यसबाटै आवश्यक बिद्युत आपूर्ति हुने बताइएको छ। यो सडकबाट एक वर्षमा १ करोड किलोवाट बिजुली पैदा हुनेछ। एक किलोमिटरको सोलार हाइवेमका ६३ हजार २ सय स्क्वायर फिटको क्षेत्रफल कभर गरेको छ।
चीनको टोंङजी युनिभर्सिटीको ट्रान्सपोर्ट इन्जिनियरिङका एक्सपर्ट झाङ होङ चाओका अनुसार यो हाइवे सामान्य हाइवे भन्दा १० गुना धेरै प्रेसर थेग्न सक्ने गरी निर्माण गरिएको छ। तर यसको लागत प्रति स्क्वायर मिटर ४५८ डलर अर्थात ४५ हजार रुपैयाँ जति पर्न जाने छ जुन सामान्य हाइवे निर्माणमा लाग्ने रकमभन्दा धेरै बढी हो।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
नेपाल आइडलको ग्राण्ड फिनाले आज, ५ प्रतिस्पर्धिहरू काे–काे छन् ?
काठमाडौं । नेपाल कै लोकपृय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल...
-
फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दीपेन्द्र के खनाल निर्देशित...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...











