ओडारबाट घर सरे रुपसिंह चेपाङ
रत्ननगर, चितवन, १४ वैशाख । नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा) । बिहीबार बिहानसम्म उनी ओडारमै थिए ।
दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई सारेर नयाँ घरमा भित्र्याए । पिँडीमा हँसिलो मुद्रामा देखिएका रुपसिंहका सबै दाँत किराले खाएर कालै देखिन्थ्यो । आगन्तुकसँगै मजैले गफिँदै पनि थिए ।
“घर त बनायो, के खाएर बाँच्ने, खानेकुरो दिनुप¥यो, पैसा दिनुप¥यो, घर त टोक्न सक्तैन हजुर” राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, केही वडाध्यक्ष, पत्रकारका अगाडि उनले भने । ओडारमा बस्दा जंगली कन्दमुल खाने र छोरी ज्वार्इंले दिएको अनाज खाएर बस्थे रुपसिंह ।
माटोको गाह्रो र जस्ताको छाना भएको घर बनेको छ । घर उद्घाटनका लागि बिहीबार ध्वजा पताकासहित बेलुन फुलाएर रंगिन पारिएको थियो । अतिथिहरुका लागिसमेत गाउँमा भोज थियो ।
चितवनको विकट क्षेत्र राप्ती नगरपालिका–११ मा पर्ने साविक लोथर गाविसको युर्ती भन्ने स्थानमा पाखो बारीको कान्लोमा घर छ । माथि सडकबाट ढुंगो गुल्टियो भने सिधै घरको धुरीमा पुग्छ । पहिरो गयो भने घर नै पुरिने अवस्थाको छ । यसअघि पनि ओढारमा बस्दा पहिरोले पुरेकाले सानो प्वालबाट निस्किएको अनुभव स्थानीयवासी सुनाउँदै थिए ।
दशकौँदेखि ओडारमा बस्दै आएका रुपसिंहलाई यसपटक बेल्जियममा बस्ने चितवनका कृष्णप्रसाद रेग्मीलगायतले संकलन गरेर पठाएको करीब रु पाँच लाख लागतमा नयाँ घर बनाइएको थियो ।
बिहानसम्म ओडारमा बस्दै अाएका उनी दिउँसोदेखि त्यही नयाँ घरमा सर्नुभएको छ । उहाँलाई राप्ती नगरपालिकाकी प्रमुख बरालले घर सारे । रिबन काटेर बरालले घरको उद्घाटनसमेत गरे ।
घर निर्माण गरेकामा प्रशंसा गर्दै नगरप्रमुख बरालले अब गाउँगाउँमा सस्तोमा जग्गा बेच्नबाट रोक्न स्थानीयवासीलाई आग्रहसमेत गरे। चेपाङका लागि शिक्षा क्षेत्रमा आवासीय रुपमा स्थानीय सरकारले लगानी गर्नेसमेत उनले बताए ।
घरमाथि खोरिया फाँडेकाले अब भने पहिरोको जोखिम भएको भन्दै उहाँले यसतर्फ सचेतसमेत गराउनुभयो । घर भए पनि वृद्ध रुपसिंहलाई खाने अन्नको समस्या रहेको स्थानीय रुपेश चेपाङको भनाइ छ ।
“बास त दियो तर खाना छैन, अस्तिदेखि नै त्यही भन्दै हुनुहुन्छ”, रुपेशले दुखेसो पाेखे । आज घर सरेपछि रुपसिंहको बस्ने ओडारमा बाख्रा र सुँगुर पनि सारिएको छ ।
चेपाङका अगुवा भ्mयापुराम प्रजाले ओडारमा बस्ने चेपाङका लागि घर बनेकामा खुशी व्यक्त गरे । यस्तै सहयोग अन्तबाट पनि आउनुपर्नेमा उनकाे भनाइ थियो ।
घर सार्ने कार्यक्रममा स्थानीय चेपाङले गिँठा, भ्याकुर र चिउरीको माला लगाइदिएर अतिथिलाई स्वागत गरेका थिए । सोही क्रममा चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्मा र पत्रकार तुलमान गुरुङलाई सम्मान गरिएको थियो ।
जोखिम क्षेत्रका भूकम्पपीडितले पाए जग्गाधनी पूर्जा
भूकम्पबाट जोखिममा परेको चितवनको विकट बस्ती एसिखाई र तापाङका १३ घरपरिवारले कालिटारको सुरक्षित स्थानमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनले विकट क्षेत्र राप्ती नगरपालिका–१३ कालिटारमा पुगेर जग्गाधनी पूर्जा वितरण गरेको हो ।
सो इकाइका आयोजना प्रमुख पुष्कर पोखरेलले यहाँको जोखिम बस्ती एसिखाईका ११ र तापाङका दुई गरी १३ परिवारलाई घर निर्माणका लागि जग्गाधनी पूर्जा उपलब्ध गराइएको बताउनुभयो । उहाँका अनुसार विभिन्न ऐलानी जग्गामा राहत वितरणमा समस्या परेको भन्दै स्थानीय तहले सूचीकृतका लागि समन्वय गर्नुपर्नेमा जोड दिए ।
जग्गा धनी पूर्जा लिन चेपाङ जोखिम बस्तीबाट झरेर बिहीबार कालिटार आएका थिए । जग्गाधनी पूर्जा लिँदै भीमबहादुर प्रजाले घडेरी पाएपछि अब घर कसरी बनाउने भन्ने चिन्ता भएको बताए ।
यसरी पूर्जा पाउनेमा भीमबहादुरसहित सन्तलाल प्रजा, दिलबहादुर प्रजा, भीमलाल प्रजा, रामबहादुर प्रजा, आइतराम प्रजा, मनिलाल प्रजा, लालीमायाँ प्रजा, फूलमायाँ प्रजा, इन्द्रलाल प्रजा, चन्द्रबहादुर प्रजा, विमायाँ प्रजा रहेका छन् ।
राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले उनीहरुलाई पूर्जा वितरण गर्दै समयमै घर निर्माण गर्न आग्रह गरे । उनीहरुलाई प्रतिघर १२ दशमलव ८५ धुर जग्गा उपलब्ध गराइएको छ । हरेक घडेरी रु दुई लाखका दरले आयोजनाले खरिद गरेर उपलब्ध गराइएको हो ।
आगामी असारसम्ममा घरको डिपिसी गरेर भूकम्प लाभग्राहीले दोस्रो किस्ता बराबरको रु एक लाख ५० हजार रकम पाउने भएकाले घर निर्माणलाई तीव्र बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले आग्रह गरे। उनले उक्त जग्गा १० वर्षसम्म बेचबिखन गर्न नपाउने बताए ।
उनका अनुसार जिल्लाका १०३ घर स्थानान्तरण गर्नुपर्नेमा २१ घरले जग्गाको पूर्जा पाएको र ४२ परिवारको प्रक्रियामा रहेको जानकारी दिए ।
प्राधिकरणका इन्जिनियर सुजन नेपालले करीब रु साँढे चार लाख मूल्यमा नक्साअनुसारको घर तयार हुने भएकाले रु तीन लाखको अनुदानबाहेक अरु पैसा भने स्वयंले नै व्यहोर्नुपर्ने बताए ।
राप्ती नगरपालिकाका वडाध्यक्ष सूर्य चेपाङ, अम्बर तामाङ र अर्जुन चेपाङले घर निर्माणका लागि सबैको सहयोगको खाँचो रहेको भन्दै जोखिम क्षेत्रबाट हटाएर एकीकृत बस्ती बनाउनु खुशीको कुरा भएको बताए । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












