प्रदेश १ का डीआइजी रिजालको चेतावनी, प्रहरी आपराधिक काममा संलग्न भए कारबाही हुन्छ
विराटनगर १२, जेष्ठ । प्रदेश-१ का प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) केदार रिजालले अपराधी र तस्करसँग सम्बन्ध राख्ने र सम्पर्क बढाउने जुनसुकै प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्।
‘अपराध र तस्करी तथा अवैध धन्दामा संलग्नसँग सम्बन्ध बढाउनु प्रहरीको आचरण र नियम विपरित हो,’ उनले भने, ‘प्रहरीको बर्दी लगाएका कसैले पनि यस्तो दुसकर्म गर्न हुँदैन।’ प्रदेश प्रहरी प्रमुखका रुपमा भर्खरै सुरुवा भएर आएका उनले अवैध धन्दालाई प्रहरीले प्रयास दिनु अर्को अपराध भएको बताए।
रिजालले मोरङ र सुनसरीका विभिन्न प्रहरी युनिटका इन्चार्ज र अन्य प्रहरीलाई शुक्रबार विराटनगरमा निर्देशन दिँदै भने, ‘प्रहरी सेवामा रहेकाले अपनाउनुपर्ने आचरण, व्यवहार र आफ्ना प्राथमिकतालाई पहिचान गर्न सक्नुपर्छ।आफ्नो काम, कर्तव्य र अधिकार भुल्न हुँदैन।’
उनले गल्ती गर्ने र अवैध तथा अपराधिक गतिविधि गर्नेसँग सम्पर्क र सम्बन्ध बढाउने कुनै पनि प्रहरीलाई माफी दिन नसकिने स्पष्ट पारेका छन्। ‘विभिन्न खालका अपराध तथा तस्करी र अवैध धन्दा संचालन गर्नेसँग कोही प्रहरीको ‘कनेक्सन’ देखिए कुनै पनि हालतमा छुट्कारा मिल्ने छैन,’ उनले भने, ‘संगठनलाई त्यस्ता प्रहरीको आवश्यकता नहुँदा कारबाहीका लागि पनि कुनै सम्झौता हुने छैन।’
मोरङ र सुनसरी भारतसँग सीमा जोडिएका जिल्ला हुन्। डीआईजी रिजालले सीमावर्ती जिल्लाको सुरक्षाका विषयलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा रणनीति तयार पारिरहेका छन्। ‘भारतसँगको खुल्ला सीमानाका कारण सीमावर्ती जिल्लामा सुरक्षा चुनौती धेरै हुन्छ,’एक प्रहरी अधिकारीले भने, ‘विभिन्न खालका सीमा अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षा रणनीति बनाउने काम प्रदेश प्रहरी कार्यालयले गरिरहेको छ।’
भारतसँग सीमा जोडिएका जिल्लाको सुरक्षा चुनौती, प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि खेल्नु पर्ने भूमिका, सीमा क्षेत्रमा हुने विभिन्न खालका अपराध नियन्त्रणलगायतका समग्र विषयलाई समेटेर रणनीति तयार पारिँदैछ।
विभिन्न युनिटका प्रहरी इन्चार्जसँग डीआईजी रिजालले जिल्लामा हुने गरेका अपराधका बारेमा जानकारी पनि लिएका छन्। उनले उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरेर अपराध नियन्त्रण गर्दै समाजमा शान्ति स्थापनका लागि प्रहरीको काम कारबाही केन्द्रीत हुनुपर्नेमा जोड दिए।उनले भने, ‘जनता र राज्यको सेवक भएका कारण जनतासँग जोडिएर प्रत्यक्षरुपमा अनुभूति हुने गरी प्रहरीले काम गर्न सक्नुपर्छ। असल नागरिकसँगको सम्पर्क र सम्बन्धलाई भने बढाउन सके मात्र समाजमा अपराध नियन्त्रण गर्न सजिलो हुन्छ।’
डीआईजी रिजालले सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार, मानव बेचबिखन, हतियार कारोवार, गुण्डागर्दी, तस्करीलगायत विभिन्न प्रकृतिका अपराध नियन्त्रणमा कुनै पनि कसर बाँकी राख्न नहुने सुझाव पनि दिएका छन्। उनले गृह मन्त्रालयले भर्खरै जारी गरेको ८२ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वायनमा पनि जोड दिए। प्रहरी प्रधान कार्यालयको प्राथमिकताका क्षेत्रलाई पनि ध्यान दिन उनले प्रहरीलाई निर्देशन दिएका छन्।
सम्बन्धित समाचार:
नेपाल प्रहरीले गर्याे ४ सय प्रहरी निरीक्षकको सरुवा
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











