प्रदेश १ का डीआइजी रिजालको चेतावनी, प्रहरी आपराधिक काममा संलग्न भए कारबाही हुन्छ
विराटनगर १२, जेष्ठ । प्रदेश-१ का प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) केदार रिजालले अपराधी र तस्करसँग सम्बन्ध राख्ने र सम्पर्क बढाउने जुनसुकै प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्।
‘अपराध र तस्करी तथा अवैध धन्दामा संलग्नसँग सम्बन्ध बढाउनु प्रहरीको आचरण र नियम विपरित हो,’ उनले भने, ‘प्रहरीको बर्दी लगाएका कसैले पनि यस्तो दुसकर्म गर्न हुँदैन।’ प्रदेश प्रहरी प्रमुखका रुपमा भर्खरै सुरुवा भएर आएका उनले अवैध धन्दालाई प्रहरीले प्रयास दिनु अर्को अपराध भएको बताए।
रिजालले मोरङ र सुनसरीका विभिन्न प्रहरी युनिटका इन्चार्ज र अन्य प्रहरीलाई शुक्रबार विराटनगरमा निर्देशन दिँदै भने, ‘प्रहरी सेवामा रहेकाले अपनाउनुपर्ने आचरण, व्यवहार र आफ्ना प्राथमिकतालाई पहिचान गर्न सक्नुपर्छ।आफ्नो काम, कर्तव्य र अधिकार भुल्न हुँदैन।’
उनले गल्ती गर्ने र अवैध तथा अपराधिक गतिविधि गर्नेसँग सम्पर्क र सम्बन्ध बढाउने कुनै पनि प्रहरीलाई माफी दिन नसकिने स्पष्ट पारेका छन्। ‘विभिन्न खालका अपराध तथा तस्करी र अवैध धन्दा संचालन गर्नेसँग कोही प्रहरीको ‘कनेक्सन’ देखिए कुनै पनि हालतमा छुट्कारा मिल्ने छैन,’ उनले भने, ‘संगठनलाई त्यस्ता प्रहरीको आवश्यकता नहुँदा कारबाहीका लागि पनि कुनै सम्झौता हुने छैन।’
मोरङ र सुनसरी भारतसँग सीमा जोडिएका जिल्ला हुन्। डीआईजी रिजालले सीमावर्ती जिल्लाको सुरक्षाका विषयलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा रणनीति तयार पारिरहेका छन्। ‘भारतसँगको खुल्ला सीमानाका कारण सीमावर्ती जिल्लामा सुरक्षा चुनौती धेरै हुन्छ,’एक प्रहरी अधिकारीले भने, ‘विभिन्न खालका सीमा अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षा रणनीति बनाउने काम प्रदेश प्रहरी कार्यालयले गरिरहेको छ।’
भारतसँग सीमा जोडिएका जिल्लाको सुरक्षा चुनौती, प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि खेल्नु पर्ने भूमिका, सीमा क्षेत्रमा हुने विभिन्न खालका अपराध नियन्त्रणलगायतका समग्र विषयलाई समेटेर रणनीति तयार पारिँदैछ।
विभिन्न युनिटका प्रहरी इन्चार्जसँग डीआईजी रिजालले जिल्लामा हुने गरेका अपराधका बारेमा जानकारी पनि लिएका छन्। उनले उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरेर अपराध नियन्त्रण गर्दै समाजमा शान्ति स्थापनका लागि प्रहरीको काम कारबाही केन्द्रीत हुनुपर्नेमा जोड दिए।उनले भने, ‘जनता र राज्यको सेवक भएका कारण जनतासँग जोडिएर प्रत्यक्षरुपमा अनुभूति हुने गरी प्रहरीले काम गर्न सक्नुपर्छ। असल नागरिकसँगको सम्पर्क र सम्बन्धलाई भने बढाउन सके मात्र समाजमा अपराध नियन्त्रण गर्न सजिलो हुन्छ।’
डीआईजी रिजालले सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार, मानव बेचबिखन, हतियार कारोवार, गुण्डागर्दी, तस्करीलगायत विभिन्न प्रकृतिका अपराध नियन्त्रणमा कुनै पनि कसर बाँकी राख्न नहुने सुझाव पनि दिएका छन्। उनले गृह मन्त्रालयले भर्खरै जारी गरेको ८२ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वायनमा पनि जोड दिए। प्रहरी प्रधान कार्यालयको प्राथमिकताका क्षेत्रलाई पनि ध्यान दिन उनले प्रहरीलाई निर्देशन दिएका छन्।
सम्बन्धित समाचार:
नेपाल प्रहरीले गर्याे ४ सय प्रहरी निरीक्षकको सरुवा
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












