कटानसंगै विरुवा रोपेर वन व्यवस्थापन
धनकुटा, १४ जेष्ठ । एक सय चालिस वर्ष पुरानो सल्लेरी वनको रुख कटान गरी नयाँ बिरुवा रोपेर वन व्यवस्थापन गरिएको छ ।
जिल्ला वन कार्यालयका अनुसार सदरमुकामस्थित धनकुटा नगरपालिका ६ नं वडामा रहेको सल्लेरी वनको पुराना रुख कटान पछि नयाँ बिरुवा रोपिएको हो । गतवर्ष पनि जिल्ला वन समन्वय समितिले बैठकले पनि पुराना रुख काटेपछि नयाँ बिरुवा रोप्ने निर्णय गरी काम शुरु गरेको थियो ।
राणाकालीन समयमा रोपिएको सल्लेरी वनको रुख व्यवस्थापन गर्ने कार्ययोजना अन्तर्गत गत वर्ष ७९ वटा रुख कटान गरिएको थियो भने यस वर्ष ४९ वटा रुख कटान गरिएको छ । वन व्यवस्थापन कार्ययोजनाअनुसार यसवर्ष २०० सल्लाका बिरुवासमेत रोपिएको कार्यालयका प्रमुख कृष्णप्रसाद बस्तीले बताए ।
विसं १९३८ मा बमविक्रम राणाले लगाएको वनमा अधिकांश सल्लाका रुखमात्र छन् । वैज्ञानिक वन व्यवस्थापनमा पुराना सल्लाका रुख काट्ने र नयाँ बिरुवा लगाउने कार्य भइरहेको उहाँले जानकारी दिए ।
कार्यालयले गतवर्षदेखि सञ्चालित पानीका मुहान संरक्षण र वन उपभोग नीति बनाई विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यालयसँगै धनकुटा नगरपालिकाले ‘एक नगर एक उद्यान’ र ‘एक घर एक रुख’को अभियान सञ्चालन गरेको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।
धनकुटा नगर क्षेत्रमा रहेको ऐतिहासिक सल्लेरी वनक्षेको सौन्दर्य हराउन नदिन नगरवासीमा ‘एक घर एक रुख’ अभियानसमेत शुरु गरिएकोे छ । बनको चार वटा ब्लक निर्माण गरिएकामा दोस्रो वर्ष ब्लकका माध्यबाट रु २१ लाख राजस्व बढेको कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











