१८ हजार नागरिकताका प्रमाणहरु नष्ट
पर्वत १७, जेष्ठ । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ ।
कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल रेकर्ड नष्ट गरिएको हो ।
गत वर्षसम्म जिल्लाको दुर्गममा आयोजना गरिने घुम्ती शिविरमा ती हस्तलिखित नागरिकता कार्ड प्रयोजनमा ल्याइएको भए पनि अहिले घुम्ती शिविरमा समेत कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।
सोसँगै जिल्ला प्रशासन कार्यालय, पर्वतले कार्यालयको स्टोरमा थन्किएका पुराना कागजातसमेत नष्ट गरेको छ । स्टोर शाखा प्रमुख नारायण अधिकारीका अनुसार पुनःप्रयोगमा ल्याउन नसकिने छापहरु तथा २०५० देखि ०६५ सालसम्मका चलानी रजिष्ट्रारसमेत नष्ट गरिएको बताए ।
प्रविधिको विकाससँगै हस्तलिखित कागजात नष्ट गरिने भएको छ । अहिले गाउँगाउँमा सञ्चालन हुने घुम्ती शिविरमा समेत कम्प्यूटरकै प्रयोग हुने गरेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले विकट गाउँका बासिन्दालाई गाउँमै सेवा दिने उद्देश्यले शुक्रबार र शनिबार महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा नागरिकता वितरण घुम्ती शिविर आयोजना गरेको जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
पोखरा आज देशकै प्रदूषित सहर बन्यो
काठमाडौं । आज पोखरा देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ...
-
आज अन्तर्राष्ट्रिय दाल दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने...
-
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने...
-
गण्डकी स्कुलमा विधिपूर्वक सरस्वती पूजा सम्पन्न
काठमाडौं । काठमाडौंको म्हेपिमा अवस्थित गण्डकी स्कुलले विशेष कार्यक्रम गर्दै विधिपूर्वक सरस्वती पूजा सम्पन्न भएको छ । माघ शुक्ल पञ्चमी...
-
अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा...
-
विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान
काठमाडौं । भारतमा हालै सम्पन्न खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेको खोखो नेपाली टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । धनगढीमा...
-
गण्डकी प्रदेशमा माघ २२ गते सार्वजनिक बिदाको घोषणा
काठमाडौं । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा यही माघ २२ गते (मङ्गलवार) भोलि सार्वजनिक बिदा हुने भएको छ ।...
-
आजदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बस्दै
काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै छ । १ सय ३२ दिनपछि संसद् बस्न लागेको हो ।...
-
कुवामा डुबेर वृद्धाको मृत्यु
काठमाडौं । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर...