एसएसपी खत्रीको बयान: गोरेले निराैलाको नाम लिएर मलाई नै हकार्थे, सुन नै नभेटी तस्करी भन्नै मिल्दैन
विराटनगर १७, जेष्ठ । बिहीवार जिल्ला अदालत मोरङमा उपस्थित भएका ३८ क्विन्टल सुन तस्करी प्रकरणका अभियुक्त नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्रीको बयान सकिएको छ । अदालतमा उपस्थित भएलगत्तै शुरु भएको बयान सकिएपछि अदालतमा अहिले खत्रीको थुनछेक बहस चलिरहेको छ ।
बयानमा खत्रीले नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक गोविन्द निरौला र सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती गोरेको विशेष सम्बन्ध रहेको बताएका छन् ।
उनले आफ्नो बचाउ गर्दै सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन् । मोरङ जिल्ला अदालतमा बिहीबार बयान दिँदै एसएसपी खत्रीले विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफूलाई जानकारीसमेत नभएको बताएका छन् ।
खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । खत्रीले आफूले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बताएका छन् । बयानमा क्रममा गोरेले आफूलाई डीआईजी गोविन्द निरौलाको व्यक्ति भन्दै नटेरेको बताएका छन् । श्याम खत्रीले गोरेसँगको संग्लनता अस्वीकार गरे पनि गोरेले भने सबै कुरा एसएसपी खत्रीलाई नै थाहा भएको बयान दिएका थिए ।
गोरेले बयानका क्रममा खत्रीले सुन निकालेबापत प्रतिकेजी ५० हजारका दरले कमिसन लिँदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











