सुन काण्ड: श्याम खत्रीको बयान, प्रहरीको एउटा गुट नै म विरुद्व लागेको छ (पूर्णपाठसहित)
विराटनगर १८, जेष्ठ । सुन तस्करीको अभियोग लागेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले योजनावद्ध रुपमा आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् ।
लामो समय फरार भएका एसएसपी खत्रीले बिहीबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए ।
लगतै उनको बयान लिइयो र थुनछेक बहस भएर खत्री पुर्पक्षका लागि थुनामा गएका छन् । एसएसपी खत्रीको १२ पेज लामो अदालती बयान अनलाइनखबरले हात पारेको छ ।
उनले आफूमाथि लागेको आरोप अस्वीकार मात्र गरेका छैनन्, डीआईजी बढुवाको एक नम्बरको दाबेदार भएकाले प्रहरीकै कुनै गुटले फसाउन खोजेकोसमेत दाबी गरेका छन् ।
गोरेदेखि तपाईंकै ड्राइभरसम्मले तपाईंको कोठामा सुन छाड्ने गरेको बयान दिएका छन् नि भन्ने प्रश्नमा उनले आफ्नो कोठासम्म आउन थुप्रै सुरक्षा जाँच पास गर्नुपर्ने र सीसीटीभी पनि हुने भएकाले यो सम्भव नभएको बताएका छन् ।
उनले भने, ‘त्यत्रो टोलीलाई छलेर मोहन काफ्लेले म भएको ठाउँमा सुन पुर्याउने कुरा आउँदैन । यो बयान कसैले सिकाएर भन्न लगाएको हो ।’
उनले अघि भनेका छन्, ‘अहिले बढुवाको टाइम भएको र म बढुवा हुने एक नम्बरमा परेको हुँदा कुनै गुटले निजलाई बाध्य बनाएर यस्तो बयान गर्न लगाएको हुनुपुर्छ ।’
ड्राइभर विष्णुबहादुर खड्कालाई डरधम्की देखाएर रणनीतिक बयान दिन लगाएको उनको दाबी छ ।
एसएसपी खत्री विमानस्थल सुरक्षामा सेकेण्डम्यानका रुपमा खटिँदा खड्का ड्राइभर थिए र छानविन समितिसामू सुन तस्करीमा खत्रीको संलग्नता रहेको बयान खड्काले दिएका थिए ।
गोरेले पनि खत्रीलाई पोलेका छन् । तर, एसएसपी खत्रीले भने आफूले गोरेलाई नचिनेको बरु डीआईजी गोविन्द निरौलाले ‘साथीको छोरा’ भनेको दाबी गरेका छन् ।
त्यही कारण गोरेले आफूलाई नगन्ने गरेको र विमानस्थलको गेटमा आफ्ना केटाहरुसँग झगडा गरेको भेटेपछि आफूले एकपटक हप्काएको उनको दाबी छ ।
एसएसपी खत्रीले आफ्नो बयानमा भनेका छन्, ‘गोरे भन्ने चुडामणि उप्रेती डीआईजी गोविन्द निरौलाको साथीको छोरा भएको हुँदा निकै धाकधम्की लगाउँथे । बाहिर मलाई सरुवा गरिदिन्छु भन्दै हिँड्थे रे ।’
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











