प्रायः खुला आकाशमुनि बस्ने यी भेडाबाख्रा
लमजुङ, २० जेष्ठ । भेडाबाख्रा प्रायः खोरमा पालिन्छन् तर लमजुङ घलेगाउँका भेडाबाख्रा भने प्रायः खुृला आकाशमुनि नै दिनरात गुजार्छन् ।
क्ब्होलासोथर गाउँपालिकास्थित घलेगाउँका बासिन्दाले सामूहिकरूपमा पालेका भेडाबाख्रा चर्दै बास सर्दै साउन महिनामा अन्नपूर्ण हिमालको फेदीस्थित ठूलो लेक पुग्छन् भने कात्तिक लागेपछि फेरि चर्दै लमजुङबेँसी आइपुग्छन् ।
दिनभरि चर्दै हिँड्ने ती भेडाबाख्रा बेलुकी खर्कमा बास गर्छन् । हिमाल फेदीका केही खर्कमा छाप्रो बनाइएको छ भने अन्यत्र भने खुल्ला ढिस्को जस्तो खर्कमा राखिएको हुन्छ ।
पालैपालो चार पाँचजना गोठाला र दैनिक पाँचवटा भोटे कुकुरले चौबीसै घण्टा ती भेडाबाख्रालाई पहरा दिइरहेका हुन्छन् । रातको समयमा पनि भेडाबाख्रालाई ठाउँठाउँमा बसेर सुरक्षा दिने ती कुकुरले बाघलगायत जंगली जन्तुसँग प्रतिकार गर्ने स्थानीयवासी गोठाला केशबहादुर गुरुङ बताउछन् ।
पाँचसय ५० वटा भेडाबाख्रामध्ये १०० वटा सोही गाविसको नाममा रहेका छन् भने अन्य दुईचार वटादेखि १०–१२ वटासम्म सोही गाउँपालिकाका विभिन्न व्यक्तिका नाममा भएको उनी बताउछन् ।
गोठालाले नै ती भेडाबाख्रा कसका हुन् भनी चिन्ने भएकाले बेचबिखन हुने अवस्था आए सम्बन्धित व्यक्तिलाई जानकारी दिएर बेच्ने र प्राप्त रकम बुझाउने गरेको उनको भनाइ छ ।
असोज महिनामा बेँसी झरेपछि भने गोठालालाई खान, बस्न निकै सहज हुन्छ । बेँसीमा धान काटिसकेपछि खेतधनीले आफ्नै खेतमा केही दिन भेडाबाख्रा राख्न आग्रह गर्छन् र राखेबापत गोठालालाई खाने बस्ने प्रबन्ध मिलाउँछन् । भेडाबाख्राका बड्कौला र पिसाबले खेतमा कम्पोष्ट मल हाल्न नपर्ने भएकाले बेँसीका खेतधनीले आफ्नै खेतमा भेडाबाख्रा राख्न प्रतिष्पर्धा गर्ने गोठाला गुरुङ बताउछन् ।
Comments
अरु समाचार
-
पोखरा आज देशकै प्रदूषित सहर बन्यो
काठमाडौं । आज पोखरा देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ...
-
आज अन्तर्राष्ट्रिय दाल दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने...
-
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने...
-
गण्डकी स्कुलमा विधिपूर्वक सरस्वती पूजा सम्पन्न
काठमाडौं । काठमाडौंको म्हेपिमा अवस्थित गण्डकी स्कुलले विशेष कार्यक्रम गर्दै विधिपूर्वक सरस्वती पूजा सम्पन्न भएको छ । माघ शुक्ल पञ्चमी...
-
अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा...
-
विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान
काठमाडौं । भारतमा हालै सम्पन्न खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेको खोखो नेपाली टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । धनगढीमा...
-
गण्डकी प्रदेशमा माघ २२ गते सार्वजनिक बिदाको घोषणा
काठमाडौं । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा यही माघ २२ गते (मङ्गलवार) भोलि सार्वजनिक बिदा हुने भएको छ ।...
-
आजदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बस्दै
काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै छ । १ सय ३२ दिनपछि संसद् बस्न लागेको हो ।...
-
कुवामा डुबेर वृद्धाको मृत्यु
काठमाडौं । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर...