कालिमाटी तरकारी बजारको अनुगमनमा पुगे कृषिमन्त्री, हट्ला त सिन्डिकेट ?
काठमाडौं २१, जेष्ठ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले एउटा व्यक्तिले १५ वर्षसम्म कालीमाटी फलफूत तथा तरकारी बजारमा निश्चित ठाउँ किनेर बस्न पाउने कार्यविधि रहेको पाइएको भन्दै त्यो खारेज गर्ने बताएका छन् । उनले अब नयाँ कार्यविधि बनाएर त्यहाँ बस्न चाहने कृषकलाई गोला प्रथाद्धारा ठाउँ उपलब्ध गराइने जानकारी दिए ।
सोमबार बिहान कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेपछि पत्रकारसँग कुराकानी गर्दै खनालले भने, ‘पहिलेदेखि बसिरहेकालाई हटाउने चाहना होइन । तर नयाँ कार्यविधि पालना गरेर मात्र बस्न दिइन्छ ।’
उनले कालीमाटीमा बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको स्पेस हेरी ८देखि १० हजार मात्र समितिलाई बुझाउने र विचौलियाले २ लाख सम्म लिने गरेको पाइएको पनि बताउँदै अब कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताए ।
‘अहिले बसिरहेका कृषकलाई मर्का नपरोस भन्नेमा सचेत छौं । यहाँका पसलका बारेमा धेरै गुनासा र निवेदन आए । मन्त्रालयले सुक्ष्म अध्ययन गर्यो । उत्पादन गर्ने कृषक र उपभोत्ताबीच धेरै अन्तर भेटियो’, उनले भने, ‘किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने गरेको, तीन चार वटा तह पार गर्नु परेको देखियो । ढाँट्नलाई अनेक प्रयत्न गरेको पनि पाइयो । एउटा व्यक्तिले १५ वर्षसम्म बस्न पाउने कार्यविधि रहेछ । त्यो खारेज हुन्छ । नयाँ कार्यविधि बनाइन्छ ।’
राज्यलाई कमजोर बनाउनेलाई कुनै पनि हालतमा नछाड्ने प्रतिबछता जनाउँदै मन्त्री खनालले भने, ‘एकछिनलाई प्रचार गर्न र तमासा देखाउन यो गरिएको होइन । काठमाडौंको आवश्यकता पुरा गर्ने गरी बजार निर्माण गरिन्छ । नत्र बजार अन्यत्रै सारिन्छ ।
खनालले अहिले नाकाहरुमा १० वटा बजार निर्माण गर्ने गरी ठाउँका बारेमा मन्त्रालय छलफलमा जुटेकोे पनि सो बताए ।
अनुमगनमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी पनि सहभागि थिइन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












