प्रदेश ४ को राजधानी पोखरा, प्रादेशिक राजधानीको नाम गण्डकी !
पोखरा २१, जेष्ठ । प्रदेश ४ को राजधानी पोखरा राख्ने बारेमा ११ वटै जिल्ला सहमत भए पनि राजधानिको नामका बारे भने विवाद थियो । नामका सम्बन्धमा भने फरकफरक जवाफ र सिफारिस आए ।
प्रदेशको नामका सम्बन्धमा विभिन्न जातीय संघसंस्थादेखि समूहले आफ्नो माग र दबाब पनि दिएका थिए ।
प्रदेशको राजधानी र नामको बारेमा सुझाव संकलन गर्न नामांकन समितिले सबै जिल्ला चहार्यो । प्राप्त सुझाव, धारणा र मागलाई प्रतिवेदनका रुपमा सोमबारको संसद बैठकमा पेश गरे पश्चात भने राजधानी पोखरामा र नाम गण्डकी प्रदेश हुने पक्षमा जनमत देखिएको हो ।
सुझाव लिएका ९०५ जना अर्थात ९३ प्रतिशतले राजधानी पोखरा भनेका छन् भने ३ प्रतिशतले गोरखा र बाँकीले अन्य ठाउँ बनाउन सुझाव दिए । यसै॥ाई आधार बनाएर प्रादेशिक राजधानी निर्विकल्प पोखरा राख्न समितिले सिफारिस गरेको छ ।
नामका सम्बन्धमा सबैभन्दा बढी गण्डकी प्रदेशको पक्षमा देखिएका छन् । जिल्लागत छलफलमा भाग लिएका ३ सय ४६ व्यक्ति तथा संस्था अर्थात ४५ प्रतिशतले गण्डकी प्रदेश राख्न सुझाव दिएका छन् । तमुवान-मगरात प्रदेश राख्न माग गर्ने संख्या पनि ठूलो देखिएको छ ।
जनमतमा भाग लिएका २ सय ६० अर्थात ३४ प्रतिशतले तमुवान-मगरात प्रदेश राख्न माग गरेका छन् । गोरखा प्रदेश नाम राख्न ७२ जनाले लिखित सुझाव दिएका छन् । धौलागिरी प्रदेश राख्न ३ प्रतिशत र बाँकीले अन्य प्रदेशको काम गरेका छन् ।
८ जिल्लाबाट प्रदेशको नाम गण्डकी राख्न माग भएको छ भने ३ जिल्लाका व्यक्तिले तमुवान-मगरात लगायत नाम राख्न माग गरेका छन् । तत्कालीन एमाले, कांग्रेस र जनमोर्चाले गण्डकी प्रदेश बनाउन सुझाव दिए भने माओवादीले धारणा नै नदिएको समिति संयोजक थापाले बताए । नयाँ शक्तिले भने गण्डकी तमुवान राख्न माग गरेको छ ।
समितिले सोमबारको बैठकमा प्रतिवेदन पेश गरेपछि अब अर्को बैठकको दुईतिहाई बहुमतले नामको टुंगो लगाउने छ । समितिको प्रतिवेदनअनुसार प्रदेशको नाम गण्डकी हुने पक्काजस्तै भएको छ ।
चैत १२ गते गठित प्रदेश राजधानी तथा नाकांकम सिफारिस समिति गठन भएको थियो । समितिले जिल्लागत सुझाव तथा छलफल र ११ पटक बैठक बसेर प्रतिवेदन पेश गरेको हो । एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी गठित समितिको दुई पटक गरी ४० दिन म्याद थपिएको थियो
Comments
अरु समाचार
-
पोखरा आज देशकै प्रदूषित सहर बन्यो
काठमाडौं । आज पोखरा देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ...
-
आज अन्तर्राष्ट्रिय दाल दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने...
-
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने...
-
गण्डकी स्कुलमा विधिपूर्वक सरस्वती पूजा सम्पन्न
काठमाडौं । काठमाडौंको म्हेपिमा अवस्थित गण्डकी स्कुलले विशेष कार्यक्रम गर्दै विधिपूर्वक सरस्वती पूजा सम्पन्न भएको छ । माघ शुक्ल पञ्चमी...
-
अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा...
-
विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान
काठमाडौं । भारतमा हालै सम्पन्न खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेको खोखो नेपाली टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । धनगढीमा...
-
गण्डकी प्रदेशमा माघ २२ गते सार्वजनिक बिदाको घोषणा
काठमाडौं । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा यही माघ २२ गते (मङ्गलवार) भोलि सार्वजनिक बिदा हुने भएको छ ।...
-
आजदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बस्दै
काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै छ । १ सय ३२ दिनपछि संसद् बस्न लागेको हो ।...
-
कुवामा डुबेर वृद्धाको मृत्यु
काठमाडौं । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर...