टेलिटिचिङ शुरु गर्दै विद्यालय, महावीर पुनले प्राविधिक सहयोग गर्ने
म्याग्दी, १ असार । अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन केही विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारेको छ ।
भौगोलिक रुपले विकट रहेको र विद्यालयमा प्रर्याप्त विषयगत जनशक्ति नभएकाले गाउँपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारिएको हो ।
एक विद्यालयको पठनपाठनको शैलीलाई अर्को विद्यालयमा प्रत्यक्ष रुपमा हेर्न मिल्ने नयाँ प्रविधि ‘टेलिटिचिङ’ प्रयोग गरेर पठनपाठन शुरुवात गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए ।
गाउँपालिकाको आर्थिक सहयोग, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको प्राविधिक सहयोग र गाउँपालिकास्तरीय शिक्षक महासंघको समन्वयमा टेलिटिचिङ शुरु गर्न लागिएको उनको भनाइ थियो ।
‘‘गाउँपालिकाभित्र अहिले १० वटा मावि तहका विद्यालय छन्, ती सबै विद्यालयमा उच्चगतिको इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत एक विद्यालयको पठनपाठन शैली अर्को विद्यालयले प्रत्यक्ष रुपमा हेर्न मिल्ने बनाउँछौँ’’ अध्यक्ष पुनले भने ।
टेलिटिचिङको लागि १० वटा विद्यालयमा छुट्टै टेलिटिचिङ कोठा तयार पार्न थालिएको र स्मार्ट टिभी र इन्टरनेटको बन्दोबस्त गर्ने काम भइरहेको छ । महावीर पुनले यसअघि नै विस्तार गर्नुभएको ताररहित इन्टरनेट प्रविधिलाई उपयोग गरी टेलिटिचिङ शुरुवात गर्न लागिएको हो ।
सो कार्यका लागि चालु आर्थिक वर्षमै गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरिसकेको र अन्य अपुग हुन आउने रु पाँच लाख ७० हजार गाउँपालिकाका अध्यक्ष पुनले व्यक्तिगत रुपमै जुटाउने प्रतिबद्धता जनाए ।
गाउँपालिकाबाट विनियोजन भएको बजेटबाट इन्टरनेट जडान सम्बन्धी सामग्री खरिद गरिएको छ । थप बजेटका लागि ५० इन्चको टिभी खरिदमा हरेक विद्यालयले रु ५० हजार स्रोत जुटाउने र बाँकी रहेको रु ५७ हजारको दरले आउने व्ययभार गाउँपालिका अध्यक्ष पुनले व्यक्तिगत रुपमै जुटाउने समझदारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिए ।
आगामी साउनभित्रै अन्नपूर्ण गाउँपालिकाले टेलिटिचिङ प्रारम्भ गर्ने तयारी भएको उनले बताए। महावीर पुनले यसअघि नै यस क्षेत्रमा ताररहित इन्टरनेटको सञ्जाल विस्तार गरिसकेकाले टेलिटिचिङ शुरुवात गर्न थप सहज भएको छ ।
‘‘ उच्चगतिको इन्टरनेटका लागि रेडियो फ्रिक्वेन्सी थप गर्ने तयारी भएको छ, हरेक विद्यालयले प्रविधियुक्त कक्षा कोठाको व्यवस्थापन पनि शुरु गरेका छन्, टेलिटिचिङ शुरु गरिएपछि स्काइपको माध्ययममार्फत एक विद्यालयको पठनपाठन अर्को विद्यालयमा प्रत्यक्ष हेर्न मिल्छ”–अन्नपूर्ण गाउँपालिकास्तरीय शिक्षक महासंघका अध्यक्ष रमन पुनले भने, “अहिले विभिन्न विद्यालयले विषयगत शिक्षकको अभाव खेपिरहेको सन्दर्भमा यसको माध्ययममार्फत एक विद्यालयमा पठनपाठन भएको प्रत्यक्ष प्रशारण हेर्न र सुन्न मिल्छ । ”
खासगरी विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक अभाब भइरहने र विद्यार्थीको नियमित पठनपाठनमा नै समस्या आउने गरेको सन्दर्भमा टेलिटिचिङ उपयोगी हुनसक्ने स्रोत व्यक्ति जयराम सुवेदीले जानकारी दिए ।
तारबिनाको इन्टरनेटको माध्ययममार्फत नागीमा यसअघि टेलिमेडिसिन सेवा प्रयोगमा आइसकेको छ । नागीमा सार्वजनिक स्वास्थ्य सरोकार केन्द्रले तारबिनाको इन्टरनेटको उपयोग गरी काठमाडाैँको मोडल अस्पताललका चिकित्सकसँग भिडियो कन्फ्रेन्समार्फत प्रत्यक्ष कुराकानी गरी उपचार गर्ने ‘टेलिमेडिसिन मार्फत दुर्गम गाउँमै वरिष्ठ चिकित्सकको परामर्शमा उपचार सेवा उपलब्ध हुँदै आएको छ ।
यसैबीच आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर उक्त गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष पुनले बताए ।
गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि यसै शैक्षिक सत्रदेखि कक्षा १ सम्म अनिवार्य रुपमा अंग्रेजी माध्ययममार्फत पठनपाठनको व्यवस्था गरिएको वडा नं २ का अध्यक्ष एवं गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामीले बताए ।
उहाँले आगामी वर्षदेखि क्रमिक रुपमा अंग्रेजी माध्ययममार्फत पठनपाठन गर्नेगरी कक्षा थप गर्दै जाने जानकारी दिए ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












