झापा कृष्ठरोगको जोखिममा
दमक, ३ असार। झापा जिल्ला कुष्ठरोगको जोखिममा रहेको सरोकारवालाले औँल्याएका छन् । पछिल्लो सरकारी तथ्यांकले जिल्लामा कुष्ठरोगको अवस्था उच्च देखिएको छ ।
कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट उन्मूलन भइसके पनि झापामा अझै कुष्ठरोगको जोखिम रहेको पाइएको छ । जिल्लाका भद्रपुर, विर्तामोड, दमक, शिवसताक्षी, अर्जुनधारा, बुद्धशान्ति लगायतका क्षेत्रमा कुष्ठरोगको बढी जोखिम पाइएको उहाँले जानकारी दिनुभयो । पोख्रेल भने, “भारतसँग जोडिएका जिल्लाका शहर, बस्तीमा कुष्ठरोग चुनौतीका रुपमा देखिएको छ ।”
पोख्रेलका अनुसार जिल्लामा गएको ४ वर्षको अवधिमा ७५८ जना कुष्ठरोगी फेला परेको र तीमध्ये अहिले १५९ जनाले नियमित रुपमा औषधि सेवन गरिरहेका छन् । जिल्लामा २ वर्षमाथि देखि १०३ वर्षका मानिसलाई सर्ने खालको कुष्ठरोग भेटिएको पोख्रेल बताउनुहुन्छ । जिल्लामा कुष्ठरोग निवारण गर्ने उद्देश्यले झापाका १५ वटै स्थानीय तहका कार्यालयले खोजपड्ताल अभियान शुरु गरिएको छ ।
यसैबीच, दमक नगरपालिकाकाले असार ६ देखि १० गतेसम्म नयाँ कुष्ठरोगीको खोजपड्ताल कार्यक्रम शुरु गर्ने भएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिए । अर्यालले खोजपड्तालमा महिला र पुरुष गरी १० वटै वडामा स्वास्थ्यकर्मीहरुको टोलीलाई तालीम प्रदान गरी वडावडाका घरघरमा खटाउन लागिएको बताए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











