प्रहरी युनिटमा सिसिटिभी क्यामेरा जडान
भीमदत्तनगर, ४ असार । कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ ।
प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवनबस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । जिल्लामा पहिलो पटक कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
कार्यालयको प्रवेशद्वार, थुनुवा कक्ष र कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । “यसले कार्यसम्पादनमा थप सहजता थप्नेछ,” प्रहरी प्रवक्ता सेटीले भने– “बजार क्षेत्रमासमेत क्यामेरा जडान गरिँदैछ ।”
भीमदत्त नगरपालिकाले नगरक्षेत्रको १८ स्थानमा सिसिटिभी क्यामेरा जडानका लागि प्रक्रिया थालेको छ । क्यामेरा जडान गर्न रु २१ लाखको ठेक्का सम्झौता भइसकेको सेटीले बताए।
Comments
अरु समाचार
-
बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते
काठमाडौं । बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । साँफे–मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका–१...
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प...
-
आज अन्तर्राष्ट्रिय दाल दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने...
-
रुकुमपश्चिममा बम फेला
काठमाडौं । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिस्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ। वडा नम्बर ६ बित्तास्थित लालीगुराँस सामुदायिक वन...
-
अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा...
-
आगलागीमा परेर एक जनाको मृत्यु
काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिका जाँचमा गाउँको वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका...
-
एकैघरका दुई किशोरी जङगलमा मृत अवस्थामा फेला
काठमाडौं । अछाममा दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । एकैघरका फुपू–भदै जंगलमा मृत अवस्थामा भेटिएका हुन । मृतकहरु...
-
बाँकेमा पाटेबाघ मृत भेटियो
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर...
-
त्रिविमा स्ववियु निर्वाचन चैत ५ गते हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत ५ गते हुने भएको छ । त्रिविका शिक्षाध्यक्ष डा...