सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै
काठमाडौँ, ५ असार । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन् ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये १७ देखि ३५ वर्ष उमेर समूहका ८० जना छन् । यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा पाँच हजार १८० सवारी दुर्घटनामा १४९ जनाको मृत्यु, १८४ सशक्त घाइते र तीन हजार ४८५ सामान्य घाइते भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिले तीव्र गतिमा सवारी चलाउने कारणले गर्दा धेरै दुर्घटना भएको बताउनुहुन्छ । “दुर्घटनामा ज्यान गुमाएका अधिकाशं यात्रु मोटरसाइकल चलाउने छन्,” उनी भन्छन् ।
गत आर्थिक वर्षमा पनि १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति नै सबैभन्दा बढी सवारी दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक छ । सवारी दुर्घटनाबाट आव २०७२÷७३ मा मृत्यु भएका १६६ मध्ये ९२ र आव ०७३÷७४ मा १८२ मध्ये ८६ जना सोही उमेर समूहका व्यक्ति रहेका छन् ।
महाशाखाका प्रमुख पन्तले उपत्यकामा हुने सवारी दुर्घटना दिउँसोको भन्दा रातिको समयमा बढी हुने गरेको बताउछन् ।
सवारी साधन धेरै र सडक साघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किँएर दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ ।हाल काठमाडौँ उपत्यकामा ११ लाख ३२ हजार ९२५ सवारी साधन आवतजावत गर्छन् भने देशभर २७ लाखको हाराहारीमा सवारी साधन रहेका छन् ।
काठमाडौँ उपत्यकामा मात्र ४० ट्राफिक प्रहरी इकाइमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ । ट्राफिक दरबन्दी कम र सवारी साधनको संख्या धेरै हुँदा उपत्यकाको सवारी व्यवस्थापनमा समस्या हुँदै आएको महाशाखा प्रमुख पन्त भन्छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पूर्वाधारको कमी र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको बताउनुहुन्छ । “उपत्यकामा आफ्नो सवारी साधनका साथै अर्काको सवारी साधनबाट पनि उत्तिकै दुर्घटना हुने गरेको छ,”–उनी भन्छन् ।
उपत्यकामा हुने दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्यु धेरै हुने गरेको छ । महाशाखाका अनुसार आव २०७२÷७३ मा १३० पुरुष र ३६ महिला, आव २०७३÷७४ मा १२१ पुरुष र ६१ महिला तथा चालु आर्थिक वर्षमा ११७ पुरुष र ३२ महिलाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ ।
महाशाखाले चालु आवमा ऐन कानुन विपरित सवारी साधन चलाउने तीन लाख ७८ हजार ९२७ जनालाई कारबाही गरेको छ । तीमध्ये लेन अनुशासनमा ३८ हजार ८१४, मापसेमा २६ हजार १९७, ट्याक्सी कारबाहीमा छ हजार ६८०, जेब्राक्रसिङ कारबाहीमा सात हजार ३९७, हर्न कारबाहीमा १३ हजार १९, सिसिटिभीमा एक हजार ९६३, बढी वान क्यामरामा छ हजार ५६३, बुलेट मोटरसाइकलमा छ हजार ८०२ र अन्य कारबाहीमा गरी दुई लाख ७१ हजार ४९२ जना छन् ।
उपत्यकामा सवारी साधन धेरै हुँदा समस्यासमेत हुने गरेको छ । महाशाखाका अनुसार हाल उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजार ४४ सवारीसाधन व्यवस्थापन गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











