संघीयता सफल बनाउनु अहिलेको आवश्यकता–मुख्यमन्त्री राई
विराटनगर, ६ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य छ भने।
उनले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउने संघीय प्रणालीमा जनताको शान्ति सुरक्षा र समृद्धिप्रति आशा जागेको भन्दै संघीयता कार्यान्वयनमा आ–आफ्नो तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे ।
मुख्यमन्त्री राईले विगतको निर्वाचनबाट पाठ सिकेर आउने निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र पारदर्शी बनाउन कार्यक्रममा सहभागीको अमूल्य सुझाव आउने आशा राखे । प्रदेश नं १ का मुख्यसचिव सुरेश प्रधानले लोकतन्त्र बलियो बनाउन निर्वाचन प्रणालीलाई अझ सरल, सहज एवं व्यवस्थित र विश्वासिलो बनाउन सहभागीको सुझाव अमूल्य रहने विश्वास व्यक्त गरे।
निर्वाचन आयुक्त नरेन्द्र दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल र निर्वाचन आयोगका उपसचिव महेन्द्र भट्टराईले पनि बाेलेका थिए ।
निर्वाचनलाई उत्कृष्ट बनाउन, नीतिगत र व्यवस्थागत बनाउन सुझाव लिने उद्देश्यले आयोजित सो दुईदिने कार्यक्रममा प्रदेश नं १ का सबै जिल्लाका प्रमुख निर्वाचत अधिकृत एवं न्यायाधीशहरु, जिल्ला निर्वाचन अधिकारी, सुरक्षाकर्मी, प्रदेशसभाका सदस्य एवं सञ्चारकर्मी गरी करिब ७० जनाको सहभागिता छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











