सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर
विराटनगर, ६ असार । स्थानीय निकायको निर्वाचन नहुँदा लामो समय जनप्रतिनिधिविहीन रहेको विराटनगर महानगरपालिकाले अहिले निर्वाचित जनप्रतिनिधिको सक्रियताका कारण नगरवासीले अनुभूति गर्ने किसिमको सेवा पाउन थालेका छन् ।
स्थानीयवासीका अनुसार महानगरभित्र सडक, ढल, खानेपानीको सेवालगायतको पूर्वाधार निर्माणमा मात्र होइन सामाजिक सुरक्षा र नगरको सौन्दर्यकरणमा पनि अनुकरणीय कार्य भइरहेका छन् ।औद्योगिक नगरीको उपमा पाएको नेपालकै पुरानो शहर विराटनगर महानगरपालिका जनसंख्याका दृष्टिले नेपालको दोस्रो ठूलो शहर हो । विसं १९७१ मा मोरङको पूर्वी दक्षिणी क्षेत्र रंगेली सदरमुकामबाट विराटनगर स्थानान्तरित यो सहर स्थापनाको १०० वर्ष पुगिसकेको छ ।
विसं २००८ मा नगरपालिका, २०५२ सालमा उपमहानगरपालिकामा विकसित हुँदै २०७४ सालमा महानगरपालिका बनेको विराटनगर ७७ वर्ग किलोमिटरमा फैलिएको छ । दुई लाख ८० हजार ९१ जनसंख्या रहेको विराटनगरमा १९ वडा छन् ।
विसं २०५४ मा भएको स्थानीय तहको निर्वाचनपछि लामो समयसम्म जनप्रतिनिधिविहीन नगरपालिका विगतमा कर्मचारीबाटै सञ्चालित थियो भने नेपालको संविधान २०७२ जारी भएपछि नयाँ व्यवस्थामा पहिलो पटक २०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचन पछि विराटनगरमा जनप्रतिनिधि आएका छन् ।
निर्वाचनले स्थानीय निकायको अविच्छिन्न प्रतिनिधिको सुनिश्चितता गर्दै ‘हामी सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने जनप्रतिनिधिको घोषणाले नगरवासीमा उत्साह र विश्वास जागेको छ ।
जनप्रतिनिधिले प्रादेशिक राजधानीका लागि आवश्यक पूर्वाधार तयार गर्न नगरको आवधिक योजना कार्यान्वयन गरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माण गर्ने, दिगो शहरी विकासको अवधारणाबमोजिम आर्थिक, भौतिक र सामाजिक तथा सांस्कृतिक पक्षको विकास गर्ने, नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई नागरिकमैत्री बनाई नगरवासीको विश्वास आर्जन गर्ने र नगरमा अवसरको सिर्जना र जोखिममा रहेका वर्गको सामाजिक संरक्षण गर्ने लक्ष्य जनप्रतिनिधिले लिनु सकारात्मक कदमका रुपमा लिन सकिन्छ ।
सरकारबाट अनुदान प्राप्तसहित चालू र पूँजीगत गरी रु तीन अर्ब ३८ करोड ८९ लाख २१ हजार बजेटको महानगरपालिकाले बजेट जनताको माझसम्म पु¥याउन र नयाँ योजना सम्पन्न गर्न ठूलो मद्दत पुग्ने अनुमानमा नगरपालिकाले योजना छनोट गरेको छ । लामो समयदेखि जनप्रतिनिधिविहीन यो संस्थामा नगरवासीको असिमित चाहना र योजना समेट्न समस्या हुने देखिए पनि समग्रमा जनता बजेटप्रति आशावादी भएको देखिएको छ ।
वडा नं ७ का बासिन्दा रामचन्द्र रेग्मी भन्नुहुन्छ, “लामो समयदेखि नगरपालिका नेतृत्वविहीन भएकोले जनताको गुनासो सुन्ने व्यक्ति थिएनन् । अहिले काममा सरलता आएको छ, वडामा आएको बजेट पनि पारदर्शी छ तर खर्चमा मितव्ययी हुन र गुणस्तरीय काम गराउन नगरको नेतृत्वले अझ बढी ध्यान दिनु जरुरी छ ।”
नवनिर्वाचित जनप्रतिनिधिले सामुदायिक र संस्थागत विद्यालयको समानताका लागि नमूनाका रुपमा विकास गर्न क्षेत्रगत रुपमा उत्तरी र दक्षिणी गरी एक÷एक सामुदायिक विद्यालय र मदरसा गरी तीन विद्यालयमा रु ५० लाखका दरले रु।एक करोड ५० लाख विनियोजन गरेको छ । वडा नं १८ लाई पर्यटन र १९ वडालाई खेलकुद क्षेत्रमा नमूना वडाका रुपमा विकास गर्ने, नगर क्षेत्रमा रहेका नहरलाई बाइपासको रुपमा विकास गर्न रु एक करोड दिने तथा छोरी बचाउ अभियानअन्तर्गत पहिलो छोरी जन्माउनेलाई रु तीन हजार प्रोत्साहनस्वरुप दिने बजेटमा व्यवस्था गरिएको छ ।
सञ्चारकर्मीका लागि विगतमा पाएको अनुदान रकमलाई वृद्धि गरी एफएम, अनलाइन तथा टिभीलाई थप रकम रु एक हजार ५०० देखि रु चार हजारसम्म दिन बजेट व्यवस्था गर्ने, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई थप रु एक हजार भत्ता दिने, घरेलु रक्सी एवं मदिरा उत्पादन र बिक्रीमा रोक लगाउने लक्ष्यअनुसार काम भइरहेको महानगरले जनाएको छ ।
नगरलाई धुलो, हिलोमुक्त बनाउने कार्यक्रमअन्तर्गत १५ वटा वडा प्रत्येकलाई रु २०÷२० लाखका दरले रु तीन करोड तथा १८ र १९ वडालाई रु ५०÷५० लाखका दरले रु एक करोड गरी जम्मा रु चार करोड विनियोजन गरेको छ । अनलाइनबाट समेत नक्सा दर्ता गर्न सकिने व्यवस्था गर्ने तथा घर नक्सामा ५० प्रतिशत र घरजग्गा करमा ३० प्रतिशत छुट दिने नीतिप्रति नगरवासीले खुशी व्यक्त गरेका छन् ।
वडा नं १५ का हरि चौधरीले नक्सा पासको विधिलाई जनताको वास्तविक भावना र परिस्थितिअनुसार सरल बनाउन आवश्यक रहेको बताए । कर बढाउने काम मात्रले जनतामा थप निराशा उब्जाउँछ, उनले भने ।नगरपालिकाले वर्षेनी आउने बाढीबाट हुने क्षतिलाई रोक्न नदीको किनारको दायाँबायाँ १००÷१०० मिटरसम्म माटो खन्न नपाइने र एकीकृत बस्ती विकास परियोजना सञ्चालन गरी सुकुम्बासी तथा खोला छेउका घर परिवारलाई व्यवस्थापन गर्ने योजना अघि सारेको छ ।
नेपालकै पहिलो उद्योग विराट जुटमिलदेखि नेपालको औद्योगिक क्रान्ति यसै शहरबाट शुरु भएको, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी जस्ता मुलुकको नेतृत्व सम्हालिसकेका व्यक्तित्वको राजनीतिक कर्म थलो तथा ऐतिहासिक विराट राजाको दरबार, मण्टा पोखरी, रानी पोखरी जस्ता ऐतिहासिकस्थल भएको विराटनगर महानगरमा सुधार गर्नुपर्ने पक्ष धेरै छन् ।
खासगरी, पुरानो एवं औद्योगिक शहर भएकाले विराटनगरको भित्री भागमा व्यवस्थित शहरी विकास हुन सकेको छैन । मुख्य बजारमा सडक चौडा गर्न कठिनाइ छ भने पार्किङको समस्या पनि उत्तिकै छ । नगर क्षेत्रमा सञ्चालित उद्योग व्यवसायलाई समय सापेक्ष परिवर्तन गर्न, प्रदूषणको समस्या सुल्झाउन र सुन्दर एवं व्यवस्थित शहर बनाउन यहाँका जनप्रतिनिधिसामु ठूलो चुनौती छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरलाई बृहत्, सफा र सुन्दर नगर बनाउन आफू प्रयासरत रहेको जनाउँदै स्थानीय जनताको सहभागितालाई अझ बढाई नगरमा गुणात्मक सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
तथापि उनले सरकारले आगामी आवका लागि घोषणा गरेको वार्षिक बजेटमा विराटनगर महानगरपालिकालाई प्राप्त हुने बजेट कम रहेको दुःखेसो पाेखे ।
विराटनगर महानगरपालिका–३ का महिला सदस्य इन्दु सुवेदी ९खतिवडा० ले चालू आवमा वडाले प्राप्त गरेको रु एक करोड २० लाख बजेटबाट तीन दर्जनभन्दा बढी योजना सम्पन्न गरेको र त्यसबाट वडावासी अत्यन्त खुशी रहेको बताए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











