भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित
काँकडभिट्टा, १४ असार । झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ ।
मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो । बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट्टराई र इलाका प्रहरी कार्यालय धुलाबारीले सचेत गराएको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारी, काँकडभिट्टाबाट गएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी सहितले गाउँमा सुरक्षा प्रदान गरिरहेको वडाध्यक्ष भट्टराईले बताउनुभयो । छिमेकी मुलुक भारतबाट आएको जंगली हात्तीलाई दिनभर बगानबाट अन्यत्र जान नदिई सुरक्षा दिने र साँझ परेपछि भारततिरै लखेट्ने इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले बताए ।
हात्ती बसेको चिया बगानबाट दुई किलोमिटरको दूरीमा ज्यामिरगढी माध्यमिक विद्यालय रहेको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











