जंगली जनावरको भन्दै घरपालुवा जनावरको अंग बेचबिखन
ललितपुर २४, असार । जंगली जनावरको भनेर झुक्काएर भैँसीलगायतका घरपालुवा जनावरको अंगसमेत बेचबिखन हुँदै आएको पाइएको छ ।
खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पहिले मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत दुई वर्षदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको हो । सो अवधिमा धेरै वन्यजन्तु चोरी–शिकार गरेर निर्यात गर्न लागेको भनी परीक्षणका लागि आएकामा कतिपय त झुक्काएर घरपालुवा जनावरको अङ्गसमेत ओसारपसार भएको पाइएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजाल वन्यजन्तुका अङ्गको स्वरुप बदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको बताउछन् । खुल्ला आँखाले ती वस्तु के हो भन्ने छुट्टिदैन । मासुलाई सुकुटी वा अरु भागलाई त्यसरी नै फरक स्वरुपमा बिक्री गरिँदा त्यो कुन जनावरको अङ्ग हो भनेर छुट्टाउन नसकिने हुँदा किन्ने मान्छेले पनि झुक्किएर घरपालुवा जनावरको अङ्ग किनेको हुन सक्ने उनको भनाइ छ ।
“जंगली जनावरको किनबेच गैरकानूनी हुँदा किन्ने व्यक्ति पनि परीक्षणका लागि आउँदैनन् । कतिपयले घरमै सजाउनका लागि जनावरको अङ्ग राख्ने गर्छन् त्यो पनि गैरकानूनी हुन्छ ।” कार्यकारी निर्देशक रिजाल भन्छन् ।
प्रयोगशालामा वन्यजन्तुको डिएनए परीक्षण हुनु पहिले पनि वन्यजन्तुसम्बन्धी काम गर्ने निकायबाट जनावरका शरीरका अङ्ग परीक्षणका लागि आउने गरेको जानकारी दिंदै उनी भन्छन् “हामी यहाँबाट हुने अरु प्रविधिबाट परीक्षण गर्ने र नहुने भए फिर्ता पठाउने गर्छौं । डिएनए परीक्षण शुरु भएपछि दायर गरिएका सम्बन्धित निकायले कुनै पनि मुद्दा फिर्ता लिन परेको छैन । ”
फरकखालका जनावरको अङ्गहरु फरक–फरक प्रयोजनका लागि प्रयोग हुने गरेको प्रयोगशालाले जनाएको छ । बाघको मासु सुकुटी बनाउन, अरु भाग औषधि बनाउन प्रयोग हुन्छ । कस्तुरीको बिना, भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको छ । उनी भन्छन्, “कुन देशमा कुन जनावरको माग छ भन्ने बुझेर चोरले जंगली जनावरको शिकार गरी तिनका अङ्ग बिक्री गर्ने गरेका छन् ।”
प्रयोगशालाले यहाँ आएका जनावरका अङ्गमा कुन जनावर नेपालकै हो र कुन होइन भन्नेसमेत छुट्याउँदै आएको छ । कार्यकारी निर्देशक रिजाल भन्छन्, “अधिकांश घटनामा हामी त्यस्तो जनावर हाम्रो देशको हो कि होइन भनेर छुट्याउन सक्छौँ । नेपाल, भारत, चीनलगायतका छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर होे भन्ने सजिलै छुटिृन्छ । ”
प्रयोगशालामा मानव र जनावरका डिएनए परीक्षण एउटै प्रयोगशालाबाट हुने दक्षिण एशियाको एकमात्रै यो प्रयोगशालामा परीक्षणका लागि आउनेमा गैँडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बिना, पाटेबाघ र चितुवाको छाला बढी रहेको उनी बताउछन् । यी जनावरको छाला, खप्पर, हाड, नङ्ग्रा खाग, छाला, दाह्रा, बिनालगायतका अङ्ग चोरी शिकारी बढी हुने गरेको दुई वर्षमा आएका मुद्दाले देखाएको छ ।
जीवित कछुवा तथा कछुवाका खपटा, हाब्रेको छाला र बँदेल, मृगको सुकुटी पनि परीक्षणका लागि आइरहेको उल्लेख गर्दै कार्यकारी निर्देशक रिजाल भन्छन्, “विभिन्न अदालतबाट परीक्षणका लागि पठाइएका यस्ता बस्तुमा हामीले नतिजा दिइसकेका छौँ ।”
गत वर्षबाट उड्ने लोखर्के, डाँफेको प्वाँख, मयूरको प्वाँखलगायतका आखेटोपहार पहिचान गर्न थालिएको छ। प्रयोगशालामा कतिपय नौलाखालका आखेटोपहार आउन थालेका छन् । तिनको परीक्षणका लागि सुधार हुँदै जानुपर्ने र यसका लागि समसामयिक तालीम, आधिकारिक नमूना व्यवस्थापन गर्न अवश्यक भएको जनाइएको छ ।
प्रयोगशालामा आर्थिक वर्ष २०७३÷७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०० दुई वटा नमूना परीक्षणका लागि आएका थिए ।
प्रयोगशालामा विसं २०६२÷६३ बाट पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षण शुरु भएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












