डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड
पोखरा २८,असार।नागरिक समाज पोखराद्वारा आज यहाँ आयोजित ‘डा गोविन्द केसी बचाउ अभियान १५औँ सत्याग्रह’ विषयक अन्तरक्रियामा संवादका माध्यमबाट सत्याग्रही डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।
मागको सुनुवाइभन्दा परिस्थितिलाई थप जटिल बनाउने काम भइरहेको भन्दै अन्तरक्रियाका वक्ताले तत्काल मागको सुनुवाइ गर्दै सत्याग्रहीको जीवन रक्षातर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले वर्तमान सत्याग्रहीको जीवन जोखिममा पार्ने काम भइरहेको बताउँदै चिकित्सा क्षेत्रको सुधार गर्नुको साटो चिकित्सा क्षेत्रको व्यापार भइरहेको विचार व्यक्त गरे।
वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले डा केसीले उठाएका माग सम्बन्धमा सरकारले सुनुवाइ गर्नुपर्ने धारणा राख्दै उनले थालेको सामाजिक परिवर्तनको बाटोलाई सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गरे ।
नागरिक समाजका सुरेन्द्र थापा मगरले डा केसीका मागलाई संवादका माध्यमबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
वरिष्ठ पत्रकार नारायण कार्कीले देशैभरिका नागरिक समाजको आवाजअनुरुप डा गोविन्द केसीका मागको पक्षमा जुट्नुपर्नेमा जोड दिए।
स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोलाले डा केसीले नेपाली जनताको साझा माग उठाउनुभएको बताउँदै मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताए।
समाज पोखराका अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि रामबहादुर पौडेल, नेपाल मेडिकल एशोसिएशन गण्डकीका अध्यक्ष डा निर्मल लामिछाने, नर्सिङ एशोसिएशनकी क्षेत्रकुमारी केसी, ठाकुर बराल, इन्द्रकमल मानन्धर लगायतले डा गोविन्द केसीका मागकाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिए।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











