बेनीबजारको शिरमा रामायण पार्क निर्माण हुदै
म्याग्दी २९,असार।सदरमुकाम बेनीबजारको शिरमा रामायण पार्क निर्माण गरिने भएको छ ।
बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रामायण पार्क निर्माणको तयारी गरेको हो ।
परामर्शदाता कम्पनीमार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउने काम अन्तिमचरणमा पु¥याएको नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रामायण पार्कलाई गौरवको आयोजनाको रुपमा छनोट गरेको छ ।
चालु आर्थिक वर्षमा रु चालीस लाख विनियोजन भएको रामयण पार्क बनाउने योजनालाई पूर्णता दिन आगामी वर्षका लागि रु ४२ लाख विनियोजन गरेको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए ।
पुलाश्रममा रावण जन्मिएको ऐतिहासिक धार्मिक ग्रन्थमा उल्लेख भएको तथ्यको आधारमा रामायण पार्क बनाउन लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए। रामायणपार्क निर्माण भएपछि म्याग्दी हुँदै मुक्तिनाथ र मुस्ताङ जाने आउने तीर्थयात्री तथा पर्यटकलाई बेनीमा अडाउन सकिने नगरप्रमुख श्रेष्ठको विश्वास छ ।
क्षेत्री समाज भवन निर्माण
बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ ।
ज्यामरुककोटमा रहेका क्षेत्रीबाट यथाशक्य चन्दा संकलन गरेर भवन निर्माण गरेको क्षेत्री समाज नेपाल ज्यामरुककोटका अध्यक्ष दिलबहादुर कार्कीले जानकारी दिए। अध्यक्ष कार्कीका अनुसार न्यूनतम तीन हजार भन्दामाथि चन्दा दिने दाताको नाम शिलालेखमा अंकित गरिने भएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











