नरैनापुरको बजेट ४० करोड ३१ लाख
नेपालगञ्ज १, साउन । नरैनापुर गाउँपालिकाको गाउँसभाले आर्थिक वर्ष २०७५-७६ को बजेट तथा कार्यकम पारित गरेको छ ।
गाउँपालिकामा सोमबार सम्पन्न दोस्रो गाउँसभाले नीति तथा कार्यक्रमका आधारमा रु ४० करोड ३१ लाखको बजेट पारित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहका अनुसार बजेटले पूर्वाधार विकास, गरीबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य तथा सरसफाइ, कृषिको आधुनिकीकरण, वातावरण संरक्षण, मौलिक संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा लक्षित कार्यक्रम, सार्वजनिक प्रशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको छ ।
पूर्वाधार निर्माणका लागि रु ११ करोड, सौर्य ऊर्जाका लागि रु तीन करोड, स्वास्थ्यमा रु ८२ लाख, कृषि र पशुपालनका लागि रु ६२ लाख, विद्यालयको भौतिक सुधारका लागि रु एक करोड २० लाख र लैङ्गिक समानता तथा समावेशीकरणका लागि रु एक करोड विनियोजन गरिएको छ ।
हरियाली कार्यक्रम
वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका तथा खजुरा र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र कम छ ।
ती स्थानीय तह क्षेत्रमा हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत वृक्षरोपण र सचेतीकरण कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला वन अधिकृत ईश्वरप्रसाद पौडेलले बताए । कार्यक्रमअन्तर्गत निजी वनलाई प्रवद्र्धन र व्यवस्थित गर्ने, नेपालगञ्जको सुर्खेतरोडमा स्थानीय तहको समन्वयमा वृक्षरोपण गर्ने र वृक्ष सुधार, वृक्षरोपण, तथा निजी वन विस्तार गर्ने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











