राजमार्गलाई केन्द्र बनाएर लाग्ने हाट बजारका कारण सडक दुर्घटना
विराटनगर, १ साउन । विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने हटिया तथा बजारका कारण सडक दुर्घटना बढ्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
इटहरीदेखि विराटनगरसम्म लगभग सधैँ कुनै न कुनै हटिया लाग्ने गरेको र यसबाट सडकमा मानिसको भीड बढेर सवारी साधन आवतजावतमा समस्या उत्पन्न हुनाका साथै मानिसको ज्यानसमेत जाने गरेको सहायक प्रहरी निरीक्षक तुलामणि आचार्यले बताए ।
शनिबार सुनसरीको खनारमा, बिहीबार सोनापुरमा, मंगलबार दुहबीमा तथा बिहीबार पहडगछ, मोरङको टङ्किसिनवारी, बासंवारी, नेमुवा र विराटनगरको कचनवारीमा साप्ताहिक हटिया लाग्ने गरेको छ ।
सडकमा खुल्ला रुपमा सवारी आवतजावत हुने भएकाले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न यस्ता ठाउँमा लाग्ने हटियालाई व्यवस्थित गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।
सुनसरीको दुहबीबाट इनरुवा जोड्ने सडकखण्डमा सिमरिया, बुद्धचोक, भमरी, औरावनी र बर्छवामा लाग्ने हटियाले पनि निकै समस्या देखिएको दुहबी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बाटोकोे चौडाइ कम तर आवागमन बढी हुनाले पनि कतिखेर दुर्घटना हुन्छ भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।
सुनसरी जिल्लाको साप्ताहिक हटियाको विषयमा जिल्ला समन्वय समितिका संयोजक गोपाल राजभण्डारीले दुहबी–इनरुवा सडक खण्डको भमरीमा शुक्रबार लाग्ने हटियालाई व्यवस्थित गर्न सडक उत्तरतर्फ व्यक्तिको निजी जग्गा भाडामा लिएर हटिया लगाउने गरेको भए पनि समग्र जिल्लाको हटियालाई व्यवस्थापन गर्न जनप्रतिनिधिसँग छलफल भइरहेको बताए ।
हटियाकै विषयमा समस्या बढ्दै गएपछि हाटबजारलाई व्यवस्थित बनाउन विराटनगरमा अभियान नै शुरु भएको छ ।
यो अभियान विराटनगर महानगरपालिकाको वडा नं ४ बाट शुरु भएको हो । कञ्चनबारी पश्चिम नोवेल अस्पताल जाने सडकमा शुक्रबार हाट लाग्दै आएको थियो ।
हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आइतबारदेखि शुरु गरिएको छ ।
व्यवस्थित बजारका लागि सडकको छेउमा रहेको झण्डै एक बिगाहा जमीनलाई तीन लेनमा विभाजन गर्ने र प्रत्येक व्यापारीलाई दुई मिटरको जग्गाको दरले चिह्न लाएर प्रदान गर्ने वडा नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए ।
विगत केही दिनदेखि विराटनगर क्षेत्रमा सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका प्रमुख भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











