सडकले आतंक बढायो
ताप्लेजुङ १, साउन । बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा गाउँपालिका–७ खेवाङका छ घर दलित परिवारले घर नै छाडेर अन्तै सरे ।
तीमध्ये कोही तराईतिर बसाइँ सरेर गए भने कोही नजिकैका बस्तीमा गएर बसे । जेठ लाग्दै घर छाडेकाहरु अहिले खेती कमाइका लागिमात्रै त्यहाँ जाने गरेका छन् ।
एक दुई परिवार भने घरमै फर्किएर डरैडरमा बस्न थालेका छन् । उनीहरुको घरमाथि खनिएको सडकबाट ठूलठूला ढुंगा झर्ने गरेकाले र वर्षा हुँदा पहिरो झर्ने डरले नै अन्तै सर्नुपरेको हो । ‘बस्ती नै जोखिममा पर्ने देखिएपछि शुरुमा यहाँबाट बाटो निर्माण नगर्नुहोस् भन्दा पनि कुनै जोखिम हुँदैन तपाईंहरु ढुक्क हुन, हामी बस्ती जोगाएर खन्छौँ भन्दै धमाधम बाटो निर्माण गर्न थाले तर अहिले बस्ने अवस्था नरहेपछि बसाइँ नै छोड्नुपर्यो”, विस्थापित बनेका कमल सिन्च्युरीले भनेका ।
गाउँमा भएको विकासलाई रोक्न नसकेका उनीहरुले बाटो निर्माण हुँदै गर्दा बस्तीमा नै ठूलठूला ढुंगा झर्न थालेका कारण नजिकको जंगलमा गएर पाल टाँगेर बसेका थिए । बाटो खनिसकेपछि घरमै गएर बसौँला भनेका उनीहरु घर फर्केर बस्न सकेनन् । सडक निर्माण गर्नुअघि जनप्रतिनिधि र उपभोक्ता समितिले यदि क्षति हुने अवस्था आए केही विकल्प सोचौँला भने पनि निर्माणपछि भने आफूहरुको कुरा सुन्दैनसुनेको अर्का पीडित कमल विकले बताए ।
यता तीन महिनाअघि घरकै परिसरमा सडक पुग्दा हर्षित बनेका खेवाङकै उद्योग अधिकारी अहिले त्यही सडककै कारण बसाइँ सर्नुपर्ने अवस्थामा पुगेको छ । सडक खनिएकै कारण माथिबाट झर्ने पहिरोले घर जोखिममा परेपछि वर्षौंदेखि बस्दै आएको घरमा उनलाई असुरक्षित भएको महसुस हुन थालेको छ । अधिकारीले भने, “जोखिम हुँदाहुँदै पनि हिउँदमा सडक खनियो, अहिले वर्षा शुरु भएसँगै माथिबाट झरेको पहिरोले बसिनसक्नु भएपछि बसाइँ सर्नुपर्ने अवस्था आइसक्यो, वर्षा भएका बेला रातभर ढुक्कसँगले सुत्न पनि पाइँदैन ।”
यस्तै सोही ठाउँका पूर्णबहादुर लिम्बू पनि सडककै कारण घर छाडेर हिडे । टिनको छानो लगाइएका दुई वटा घर जोखिममा परेपछि छाडेर नजिकै छिमेकीको मतानमा गएर बस्नुभएको छ । सडक खन्दा खसेको ढुंगा र माटोले बारी पुरेपछि उनको कमाइ गर्ने ठाउँसम्म पनि रहेन । यी त एक क्षेत्रका उदारणमात्र हुन् ।
पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा खनिएका सडकले स्थानीयवासीलाई उठीबास लगाउनाका साथै विचल्लीसमेत बनाएको छ । अहिले जनप्रतिनिधि आएपछि सडक निर्माणले तीव्रता पाएको छ तर जोखिमलाई बेवास्ता गरी सडक निर्माण गरिएपछि यस्तो अवस्था सिर्जना भएको स्थानीयवासीको आरोप छ । सम्भावित जोखिमलाई वास्ता नगरी जताततै सडक खनेकाले यस्तो अवस्था आएको सिरिजंघास्थित तेल्लोकका लक्ष्मी भट्टराईले बताए । सोझासाझा स्थानीयवासीले जग्गा दिएको भरमा उसलाई भोलिका दिनमा हुने क्षतिको वास्ता नगरी सडक निर्माण गरिँदा समस्या आएको उनको भनाइ थियो ।
हिउँदभर खनिएका सडकमा केही दिन सवारी साधन गुडे पनि बर्खा लाग्दै ती सडक खोल्सामा परिणत भएका छन् । कतिपय क्षेत्रमा सर्वेक्षण गरिएभन्दा बाहिर गएर पनि सडक निर्माण गरिएको स्थानीयवासीले बताए । ग्रामीण क्षेत्रमा प्रायः स्काभेटरको प्रयोगमा सडक निर्माण हुने गरेकाले पनि आफूहरु मारमा परेको स्थानीयवासीको आरोप छ ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












