तीन करोड ५१ लाखको लागतमा डिप ट्युबवेल
विराटनगर ३, साउन । भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत चार जिल्लामा यसवर्ष रु तीन करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ ।
कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४-७५ मा मोरङका लेटाङ, झापाको अर्जुनधारा, सुनसरीको पानवारीमा एक-एक वटा डिप ट्युबवेल निर्माण भएको ।
त्यस्तै आव २०७३-७४ मा शुरु भई गत आव २०७४-७५ मा सुनसरीको जलुवा, मोरङको लेटाङ, वैजनाथपुर र इलामको चुलाचुलीमा पनि एक÷एक वटा डिप ट्युबवेल निर्माण कार्य सम्पन्न भएको छ ।
डिप ट्युबवेलको निर्माणबाट अर्जुनधारा, पानबारी, जलुवा, लेटाङ, बैजनाथपुर र चुलाचुलीमा ४०-४० हेक्टर जमीनमा सिँचाइ हुने बताइएको छ । कार्यालयका अनुसार सुनसरीको जब्दीमा जमीन खन्न समस्या भएपछि आव २०७४-७५ मा निर्माण गरिने डिप ट्युबवेल चालु आव २०७५-७६ मा निर्माण हुनेछ ।
यस्तै, समृद्ध तराई–मधेश विशेष कार्यक्रमअन्तर्गत डिप ट्युबवेल निर्माणका लागि आएको रु एक करोड ३१ लाख डिप ट्युबवेल निर्माणमा खर्च भएको छ । डिप ट्युबवेल निर्माणपछि विद्युत, ओभरहेड ट्याङक तथा वितरण प्रणालीलगायतका प्राविधिक कार्य भइरहेको छ । उक्त कार्यालयअन्तर्गत चार जिल्लामा स्यालो तथा डिप ट्युबवेल निर्माण गर्ने कार्यक्रम भए पनि स्यालो ट्युबवेल निर्माण कार्यक्रम स्थानीय तहमा गएकाले डिप ट्युबवेलको काम मात्र भएको कार्यालय प्रमुख लौडारीले बताए ।
चार जिल्लामा एक हजार ५०६ स्यालो ट्युबवेल निर्माण गर्ने कार्यक्रम रहेकामा ती कार्यक्रम स्थानीय तहमा गएपछि जडान हुन सकेको छैन । स्थानीय निकायमा अन्योलतालगायतका प्राविधिक समस्याका कारणले स्यालो ट्युबवेल निर्माण हुन नसकेको बताइएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











