नेपालले आफ्नै लगानिमा यसरी नाप्दै छ सगरमाथाको उचाइ
काठमाडौं ५, साउन । सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्याएर उचाइ मापन गर्ने भएको हो ।
मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने सरकारी कार्ययोजना छ । आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा समाचार छापेको छ ।
नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस गरेको कार्ययोजनाअनुसार असोजसम्म सगरमाथा मापन सम्पन्न हुनेछ ।
‘असोजसम्म शेर्पा टोलीमार्फत जिपिएस सिस्टम सगरमाथाको शिखरमा पुर्याउने लक्ष्य छ,’ नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले भने, ‘प्राविधिक टोली सगरमाथा आरोहण गर्ने अवस्थामा हुँदैन, शेर्पाहरूलाई जिपिएस उपकरण पठाएर उचाइ मापन गर्छौँ । त्यतिन्जेल थुप्रै तयारी गर्नुपर्नेछ ।’
असारसम्म सिरहाको मदारस्थित नेपाल–भारत सिमानाबाट सोलु सदरमुकाम सल्लेरीसम्म १७० किमि सीमामा जिपिएस प्रणालीबाट सडक लेभलिङ सर्भे भएको भट्टले बताए
Comments
अरु समाचार
-
धरानमा सांस्कृतिक महोत्सव हुँदै
काठमाडौं । धरानमा आइतबारदेखि सङ्गीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ । गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन...
-
‘प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक’
काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएका छन्...
-
तराईमा चिसोले जनजीवन प्रभावित
काठमाडौं । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको...
-
वृद्ध महिलाको हत्या आरोपमा दुई जना पक्राउ
काठमाडौं । झापाको झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फूलमाया मुर्मुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई...
-
कोशीको आन्तरिक मामिला मन्त्री बन्दै रेवतीरमण भण्डारी
काठमाडौं । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त हुने भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले)का...
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक...
-
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताएका छन्...
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
काठमाडौं । खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा...