पर्यटकको आँखामा चन्द्रागिरी, छिट्टै संचालनमा आउने तयारीका साथ यस्तो बन्दै छ चन्द्रागिरी हिल्स् रिसोर्ट
काठमाडाैं ११, साउन । काठमाडाैंको दक्षिण-पश्चिममा अवस्थित चन्द्रागिरी अहिले आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तव्य बन्न पुगेको छ । काठमाडाैं आउने जो कोहि चन्द्रागिरीको यात्रामा निस्कन आतुर हुन्छन नै ।
यस्तै, न्युज-नेपालसंग कुरा गर्दै चन्द्रागिरी हिल्स प्रालिका जनरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरी हिल्स् रिसोर्ट केहि समयमा नै संचालनमा आउने जानकारी दिएका छन् ।
काठमाडाैंमा आउने जो कोहि एक दिन चन्द्रागिरीमा बस्न योग्य बनाउनुका साथै विदेशी पर्यटकको समेत नेपाल बसाई थप एक दिन लम्ब्याएर पर्यटनमा सकारात्मक सन्देश दिन खोजेको शाहले बताए ।
रिसोर्टको बनावट, सेवा, सुविधा र अन्य धार्मिक तथा पर्यटकिय हिसाबले देशकै नमुना रिसोर्टको निर्माणमा जुटेकाले सेवाग्राहिले रिसोर्टको सेवा सम्बन्धि नयाँ धारणाको निर्माण गर्नेमा आफू विश्वस्त रहेको समेत जनाए ।
रिसोर्टमा अत्याधुनिक खालका सय रुम रहेका छन् भने, ८ वटा स्विट रुमको व्यवस्था गरिएको छ । यस्तै, रिसोर्टमा सभा, सम्मेलन, पार्टी, बैठक र अन्य कामका लागि झण्डै दुई सय बढि क्षमताको कन्फेरेन्स हलको निर्माण समेत गरिएको छ ।
काठमाडाैंको उकुसमुकुस र प्रदुषित हावापानीबाट अवाक् भएका जो कोहिका लागि सुरक्षित एंव भरपर्दो गन्तव्य बन्नेमा कुनै आशंका नभएको शाहले दाबी गरे ।
आकस्मिक सेवा तथा नेता, उच्च घराना लगायतका मानिसको सुविधालाई ध्यानमा राख्दै प्रालिले दुईवटा हेलिप्याडको समेत निर्माण गरिएको छ ।
रिसोर्ट निर्माणको अन्तिम चरणमा रहेको छ भने, रिसोर्टको प्रत्येक कोठाबाट सुन्दर हिमालका दृष्यहरु अवलोकन गर्न पाइने छ । म्यानुअल बालउद्यान, भ्यु टावर, रेष्टुरेन्टर, बहुउद्देश्यीय हलसहित निर्माण गरिएको चन्द्रागिरी डाँडाबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवाहिमाल एवं अन्य हिमश्रृंखला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ ।
चन्द्रागिरी डाँडाको दक्षिणी भेगका टिस्टुङ, फाखेल, चित्लाङका रमणीय गाउँहरू स्पष्टरुपमा नियाल्न सकिन्छ । अपांङ्गमैत्री भौतिक संरचना यसको अर्को विशेषता हो ।
केहि दिन पहिले चन्द्रागिरीमा सम्पन्न आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका थिए ।
जसमध्ये आेलीले लेखेको १० हरफको कविता ‘मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ।’ खुव चर्चाको विषय बनेको थियो ।
समुन्द्री सतहबाट करिव १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरी फेदीबाट केबलकार चढेर २,५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












