पर्यटकको आँखामा चन्द्रागिरी, छिट्टै संचालनमा आउने तयारीका साथ यस्तो बन्दै छ चन्द्रागिरी हिल्स् रिसोर्ट
काठमाडाैं ११, साउन । काठमाडाैंको दक्षिण-पश्चिममा अवस्थित चन्द्रागिरी अहिले आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तव्य बन्न पुगेको छ । काठमाडाैं आउने जो कोहि चन्द्रागिरीको यात्रामा निस्कन आतुर हुन्छन नै ।
यस्तै, न्युज-नेपालसंग कुरा गर्दै चन्द्रागिरी हिल्स प्रालिका जनरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरी हिल्स् रिसोर्ट केहि समयमा नै संचालनमा आउने जानकारी दिएका छन् ।
काठमाडाैंमा आउने जो कोहि एक दिन चन्द्रागिरीमा बस्न योग्य बनाउनुका साथै विदेशी पर्यटकको समेत नेपाल बसाई थप एक दिन लम्ब्याएर पर्यटनमा सकारात्मक सन्देश दिन खोजेको शाहले बताए ।
रिसोर्टको बनावट, सेवा, सुविधा र अन्य धार्मिक तथा पर्यटकिय हिसाबले देशकै नमुना रिसोर्टको निर्माणमा जुटेकाले सेवाग्राहिले रिसोर्टको सेवा सम्बन्धि नयाँ धारणाको निर्माण गर्नेमा आफू विश्वस्त रहेको समेत जनाए ।
रिसोर्टमा अत्याधुनिक खालका सय रुम रहेका छन् भने, ८ वटा स्विट रुमको व्यवस्था गरिएको छ । यस्तै, रिसोर्टमा सभा, सम्मेलन, पार्टी, बैठक र अन्य कामका लागि झण्डै दुई सय बढि क्षमताको कन्फेरेन्स हलको निर्माण समेत गरिएको छ ।
काठमाडाैंको उकुसमुकुस र प्रदुषित हावापानीबाट अवाक् भएका जो कोहिका लागि सुरक्षित एंव भरपर्दो गन्तव्य बन्नेमा कुनै आशंका नभएको शाहले दाबी गरे ।
आकस्मिक सेवा तथा नेता, उच्च घराना लगायतका मानिसको सुविधालाई ध्यानमा राख्दै प्रालिले दुईवटा हेलिप्याडको समेत निर्माण गरिएको छ ।
रिसोर्ट निर्माणको अन्तिम चरणमा रहेको छ भने, रिसोर्टको प्रत्येक कोठाबाट सुन्दर हिमालका दृष्यहरु अवलोकन गर्न पाइने छ । म्यानुअल बालउद्यान, भ्यु टावर, रेष्टुरेन्टर, बहुउद्देश्यीय हलसहित निर्माण गरिएको चन्द्रागिरी डाँडाबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवाहिमाल एवं अन्य हिमश्रृंखला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ ।
चन्द्रागिरी डाँडाको दक्षिणी भेगका टिस्टुङ, फाखेल, चित्लाङका रमणीय गाउँहरू स्पष्टरुपमा नियाल्न सकिन्छ । अपांङ्गमैत्री भौतिक संरचना यसको अर्को विशेषता हो ।
केहि दिन पहिले चन्द्रागिरीमा सम्पन्न आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका थिए ।
जसमध्ये आेलीले लेखेको १० हरफको कविता ‘मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ।’ खुव चर्चाको विषय बनेको थियो ।
समुन्द्री सतहबाट करिव १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरी फेदीबाट केबलकार चढेर २,५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












