प्रेमिका बलात्कार अभियोगमा सशस्त्र प्रहरीका दुई जवान पक्राउ
काठमाण्डाै १३, साउन । एक युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सशस्त्र प्रहरी बलका दुई जवानलाई पक्राउ गरेको छ । राजधानीको कलंकीमा ती युवती बलात्कृत भएकी हुन् ।
पीडित युवतीले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा गरेको उजुरीको उनको प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल, बलम्बुमा कार्यरत जवान हुन् ।
घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
पोखरेल दुई वर्षअघि एक युवतीसँग प्रेममा थिए । तर, उनीहरुको सम्बन्ध लामो समयसम्म टिकेन । पोखरेलको गतिविधिप्रति शंका लागेका कारण प्रेमिका उनीसँग टाढिएइन् ।
एक वर्षपछि फेसबुकमा भेटिएका तीनै प्रेमीले आफू सुध्रिएको र जागरि छाडेर होटल सञ्चाल गरी बसेको बताएको पीडित युवतीले प्रहरीलाई प्रारम्भिक बयानमा भनेकी छन् ।
पोखरेलले युवतीलाई बिहीबार कलंकीस्थित आशिर्वाद गेस्ट हाउसमा आउन आग्रह गरे पछि उनी उक्त होटलमा पुगेको प्रहरीलाई बताइकी छन् ।
पोखरेलले भने जस्तो उक्त होटलले उनले सञ्चालन गरेका थिएनन् । उनले सुनियोतिज पूर्वक होटलमा दुई वटा कोठासमेत बुक गरेका थिए ।
पीडित युवतीले प्रहरीमा दिएको जहेरीमा भनेकी छ्न, ‘एउटै कोठामा बसेर खाइरहेका थियौं । घरी ऊसँग बस्ने गर है भनेर बाहिर निस्किन्थ्यो । घरी के गथ्र्यों’ ‘तर, त्यतिवेला मैले मानिन । उसँगै निस्किएको थिएँ ।’
प्रहरीका अनुसार रात छिप्पिँदै गएपछि प्रसाईं निन्द्रा लाग्यो भन्दै एउटै कोठामा सुते । दुई वटा खाट कोठामा भएकाले ‘एउटामा हामी, अर्कोमा ऊ सुतोस्’ भनेर पोखरेलले भनेछन् ।
युवती मान्दिनन् । उनी अर्को कोठामा जान्छिन् । पोखरेलले उनलाई पछ्याए र अन्तिम पटक भन्दै रक्सी खुवाए । ‘अर्को केटाले बेइमान गर्न सक्छ भनेर युवती आफैंले चुकुलसमेत लगाएकी रैछिन्’ अनुसन्धानमा संलग्न प्रहरीले भने ।
पीडित युवतीका अनुसार राति ४ बजेतिर ब्यूँझदा उनलाई असहज महसुस भयो । उनीसँग प्रेमी होइन, उनका साथी थिए । ‘केही गलत हर्कत गर्न खोजेको जस्तो लाग्यो । मान्छे पनि मोटो थियो’ उनले भनेकी छन्, ‘म अर्धनग्न थिएँ ।’
प्रेमीका साथी कतिबेला र कसरी आफ्नो कोठामा आइपुगे आफूलाई थाहा नभएको उनले बताएकी छन् । यसबारे पोखरेललाई भन्दा उल्टै सम्झाउन खोजको उनको भनाइ छ । घटना पछि युवतीले प्रहरीलाई फोन गर्न खोज्दा प्रेमीले मोबाइल फुटाइदिएको उनको भनाई छ ।
विहान उनीहरुसँग छुट्टिएर युवतीले प्रहरीसमक्ष जाहेरी दिइन्, त्यसै आधारमा दुवै पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुको कोठाबाट कण्डम र केही मदिराको बोटलसमेत बरामद गरेको छ । पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन्
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











