१३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या !
काठमाडाैं २१, साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।
प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। ‘हामीले जे आशका गरेका थियौं, त्यही पुष्टी भयो’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले भने। तर बलात्कार गर्ने समुहमा थिए वा एक्लैले गरेको हो भन्ने कुरा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
‘अहिलेसम्म घट्नास्थल पहिचान गर्न सकेका छैनौं’ डिएसपी सेठीले भने, ‘शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने विषयमासमेत यकिन हुन सकेका छैनौं।’
उनले सामुहिक हो की होइन भनेर ‘भ्याजिनल स्वाव’ जाँच गर्न पठाएको बताए। तर, उक्त जाँचको प्रतिवेदन आउन महिनौं समेत लाग्न सक्ने उनको भनाई रहेको छ। उनले शव भेटिएका दिन घट्ना स्थलमा पानी धेरै भएका कारण अनुसन्धानमा समस्या भएको बताए।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।
शव भेटिएको ११ दिनसम्म पनि अपराधीलाई पक्राउ नगरेको भन्दै सुरु भएको आन्दोलन अझै रोकिएको छैन। उल्टाखाम क्षेत्रका स्थानीयले दिनहुँ प्रदर्शन गरिरहेका छन्। उनीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै दवावमुलक रुपमा बजार बन्द र यातायात बन्दसम्मका कार्यक्रमहरु गरिरहेका छन्
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











