बलत्कारीलाई फाँसी दे !
सरस्वती पाण्डे ‘सरस’/मुलुक समृद्धिको यात्रातिर अग्रसर छ । स्थानीयदेखि केन्द्रसम्म एउटा बलियो सरकारले नेतृत्व गरेको सबैलाई थाहा नै छ । शक्ति र कानून हुँदा पनि सरकार अपराज न्युनिकरणमा कहाँनिर चुक्यो ? जनप्रश्न यही छ । पछिल्लो दुई हप्तामा एउटा विषयले चर्चा पाएको छ । त्यो हो, सामाजिक अपराध । त्यसमा पनि तोकेरै भन्दा हत्या र बलत्कार । केहीदिन अघि पूर्व राजदूत केशबराज झाको छुरी प्रहार गरी निवासमै हत्या भयो । सामाजिक अपराधका घटना बढेको छ । बलत्कारका घटना त दिनहुँजसो सञ्चार माध्ययममा आएकै छ । बलत्कारको घटनाको विषयलाई लिएर चर्को आन्दोलन तथा प्रहरी दमनसमेत भएको कञ्चपुर घटना त पछिल्लो प्रतिनिधि उदाहरण हो । यस किसिमका घटना त हामीले लोकतन्त्र, गणतन्त्र आएपछि झन बढी सुन्ने गरेका छौं । देखेका छौं ।
दिन दिनैजसो बलत्कार घटना बढ्नु भनेको हाम्रो समाज कता जाँदै छ भन्ने हो । हत्याहिंसा र बलत्कारका घटना यसैगरी बढ्दै जाने हो भने भोलिको समाज कस्तो होला र नयाँ पुस्ताले समाजलाई कुन रूपमा हेर्लान ? अहिलेको जटिलता नै यही हो । समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययनको एउटा गहिरो विषय बन्न सक्छ–सामाजिक अपराध ।
बलत्कार
बलत्कार जघन्य अपराध हो । कन्य केटीलाई बलत्कार गरेको पाइएमा या ठहरिएमा सिधै मृत्युदण्ड दिनु भनेर हाम्रो शास्त्रमा उल्लेख भएको पाइन्छ । बलत्कार विभिन्न कारणले हुन्छ । हिजोआज मोबाइल प्रयोगकर्ताहरूको संख्या उच्च छ । इन्टरनेटमा अनेक किसिमका विकृतजन्य सामग्री हे¥यो अनि त्यसलाई व्यवहार उतार्न खोज्दा बलत्कार हुने कारण पनि प्रहरीद्वारा सार्वजनिक विज्ञप्तिमा जनाइएको पाइन्छ । त्यसैगरी अर्को कारण भनेको हाम्रो संस्कार हो ।घरपरिवारको वातावरण कस्तो छ ? आदर्शवान, नैतिक चरित्रको छ कि छैन वा शिक्षित–अशिक्षित के छ ? भन्ने कुराले पनि हाम्रो सामाजिक अपराधलाई प्रत्यक्ष वा परोक्ष रूपमा असर पु¥याएको हुन्छ ।
हाम्रो संविधानले बलत्कार, हत्याहिंसा, जवैजस्ती करणीलाई सामाजिक अपराध भनेको छ । यस किसिमको निन्दनीय कार्यमा संलग्नलाई उचित कारवाही हुनेछ पनि भनिएको छ । तर मृत्युदण्डकै अवस्था भने छैन । बलत्कार लगायत हिंसात्मक घटना बढ्दै जाने र निन्दनीय कार्यमा संम्लग्नलाई सामान्य कारवाहीमै छाडिदिने हो भने सामाजिक अपराधका घटनामा कमी आउँदैन । बरू झन बढ्छ । अहिले मुलुकी ऐन संशोधन भएर देवानी संहीता समेत बलियो भएको अवस्थामा मृत्युदण्डका कुरा उठ्नुलाई पनि स्वभाविक रूपमा लिनुपर्ने हुन्छ ।
नेपालमा मृत्युदण्डको व्यवस्था नभएको पनि होइन थियो तर त्यो राणाशासनको अन्त्यसँगै व्यवस्था पनिको पनि अन्त्य भयोे । केही महिला अधिकारकर्मीहरूदे ‘पेटीकोट’ लगाएर सिंहदरबार अगाडि प्रदर्शन गरे ।
माग थियो–बलत्कारीलाई मृत्युदण्ड । पंक्तिकारलाई के लाग्छ भने हामीकहाँ बलियो कानून अभावकै कारणले हो यस्ता अपराध मौलाएको छ । अब इन्तु–किन्तु–परन्तु केही कसै गरी पनि बलत्कारीहरू डराउँदैनन् । डराउन मृत्युदण्डको व्यवस्था मुलुकमा ल्याउनुपर्छ । एक पटक प्रयोग गरी हेरौं न बरू !
हुन त यस विषयमा मानबअधिकारवादीहरूको असहमति होला तर एउटा मान्छे मर्दैमा समाजमाा अमनचय, शान्ति काय हुन्छ भने ऊ मदैन केही हुँदैन । विभिन्न देशमा मृत्युदण्डको प्रयोग भएकै छ । भ्रष्टाचारी, बलत्कारी, हिंसात्मक कार्यमा संलग्न आदिलाई मृत्युदण्डको व्यवस्था नभएसम्म र मुलुकमा कानून छ है भन्ने अनुभूति सबैलाई नभएरसम्म हाम्रो मुलुक उँभो लाग्दैन । कानूनदेखि सबै डराउनुपर्छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












