बलात्कारविरूद्धको संकल्प प्रस्तावमा प्रतिनिधि सभामा छलफल सुरू(LIVE)
काठमाडाैं ८,भदाै ।बलात्कारविरूद्धको संकल्प प्रस्तावमा प्रतिनिधि सभामा छलफल सुरू भएको छ।
बिहीबारको बैठकमा नेकपाकी सांसद पाण्डेले संकल्प प्रस्ताव प्रस्तुत गरेकी हुन्।
‘यी अपराधपूर्ण घटना यो वा त्यो सरकारको पालामा भएका पनि हैनन। हिंसामुक्त समाजको प्रयास हामी जनप्रतिनिधिले नै दिनुपर्छ। जबरजस्ती करणीका अपराधीलाई बाँच्ने अधिकार रहनु हुदैँन भन्ने माग छ। तर संविधानअनुसार यसो गर्न मिल्दैन तर जघन्य अपराधी बाञ्चुञ्जेल कारावासको व्यवस्था गरियोस्,’ पाण्डेले भनिन्।
छलफलमा बोल्दै कांग्रेस सांसद पुष्पा भुषालले संविधान र कानुनमा महिला हिंसा अन्त्य गर्ने कुरा लेखे पनि पितृसत्तात्मक समाजका कारण महिलामाथिको हिंसा नरोकिएको बताइन्।
‘महिलामाथि हिंसा जारी रहनुको पहिल पहिलो कारण पितृसत्त्तात्मक समाज हो। विभेद र अभावका कारण महिलामाथि हिंसाका हुन्छ। शक्तिको दुरूपयोगले पनि यस्ता घटना हुन्छन्,’ भुषालले भनिन्, ‘राजनीतिकरणका नाममा ढाकछोप गर्दै जाने अवस्था पनि छ।’
सांसद रेखा शर्माले संविधानको प्रस्तावनादेखि मौलिक हकमा महिलाको हकको व्यवस्था गरे पनि व्यवहारमा लागू हुन नसकेको बताए। ‘यो दोष लगाएर उम्कने विषय होइन। संकल्प गरौं सामाजिक सांस्कृति विकृती अन्त्य गरौं,’ शर्माले भनिन्।
अर्की सांसद दुर्गा पौडेलले पीडित महिलालाई पीडितबाट दिने क्षतिपूर्ति सरकारले लिनु पर्ने र आजीवन क्षतिपूर्ति दिने व्यवस्था मिलाउन माग गरिन्।
प्रस्तावमाथि सांसदहरूले बोल्ने क्रम जारी छ।
नेपाल कम्युनिष्ट पार्टीकी सांसद विन्दा पाण्डे प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित २८ जना समर्थकले असार २१ गते प्रस्ताव संसदमा दर्ता गरेका थिए। संकल्प प्रस्ताव ३२ गते संसदको सम्भावित कार्यसूचीमा परेपनि छलफल हुन सकेको थिएन।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
नेपाल आइडलको ग्राण्ड फिनाले आज, ५ प्रतिस्पर्धिहरू काे–काे छन् ?
काठमाडौं । नेपाल कै लोकपृय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल...
-
फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दीपेन्द्र के खनाल निर्देशित...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...











