भरतपुर महानगरले थाल्यो वैज्ञानिक र व्यावहारिक कर निर्धारण प्रणाली ,कमाइ अनुसारको कर लिने रेणुको घोषणा
काठमाडाैँ ११,भदाै । देशव्यापी रुपमा स्थानीय तहले नागरिकलाई कर लगाएर हैरान बनाएको भन्दै चर्को आलोचना भइरहेको बेला भरतपुर महानगरमा भने व्यवहारिक र वस्तुनिष्ठ आधारमा मात्रै कर लगाइएको महानगरले दाबी गरेको छ ।
महानगरकी मेयर रेणु दाहालकाअनुसार महानगरले जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्ध बिच्छेद जस्ता व्यक्तिगत घटना दर्ता निःशुल्क गरेको छ । ती शीर्षकमा देशका अन्य महानगर तथा स्थानीय निकायमा चर्को कर लगाइएको भन्दै व्यापक आलोचना भइरहेको छ ।
व्यक्तिगत घटना दर्तामा कुनै पनि शुल्क नलिने व्यवस्था गरिएको छ ।
‘नागरिकले व्यक्तिगत विषयमा अबदेखि कुनै पनि कर तिर्नुपर्ने छैन,’ मेयर दाहालले न्युज-नेपालसँग भनिन् ।
एउटै क्षेत्रमा ६ वटासम्म श्रेणी विभाजन गरेर कर निर्धारण गरिएको छ । ठूलो कारोबार गर्ने धेरै र थोरै कारोबार गर्नेले कम कर तिरे पुग्नेछ । कर निर्धारण वैज्ञानिक र व्यावहारिक भएको भन्दै उद्योग वाणिज्य संघ चितवनले स्वागत गरेको छ ।
यस्तै महानगरले कर प्रणालीमा अर्को नयाँ व्यवस्था गरेको छ । कृषि तथा कृषिजन्य क्षेत्रसँग जोडिएको विषयमा घर बहालमा लिएको खण्डमा महानगरलाई मात्रै १ प्रतिशत घर बहाल कर तिर्नु पर्दछ । यस्तै आवासमा २ प्रतिशत र व्यावसायिकमा १० प्रतिशत कर निर्धारण गरिएको प्रमुख दाहालले जानकारी दिइन् ।
स्थानीय तहमा तय गरिएको करको चर्काे विरोध भइरहँदा भरतपुर महानगरपालिकाले वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको छ ।
करका लागि श्रेणी निर्धारण
महानगरपालिकाले श्रेणी निर्धारण गरेर व्यवसायीको स्वघोषणाको आधारमा कर लिने प्रक्रिया अगाडि बढाएको छ ।
पूँजी, लगानी, कारोवार, स्थानको आधारमा पहिलो पटकका लागि स्वघोषणा गर्न भनिएको छ । आगामी आर्थिक वर्षदेखि कारोबारको आधारमा कर तय हुनेछ । स्वघोषणा गर्दा कम गरेमा भने अर्काे वर्ष थप कर तिर्नुपर्ने हुन्छ ।
श्रेणी विभाजन गरेर नगरवासीलाई मर्का नपर्ने गरी कर निर्धारण गरिएको छ ।
एउटै क्षेत्रमा ६ वटासम्म श्रेणी विभाजन गरेर कर निर्धारण गरिएको छ । ठूलो कारोबार गर्ने धेरै र थोरै कारोबार गर्नेले कम कर तिरे पुग्नेछ ।
कर निर्धारण वैज्ञानिक र व्यावहारिक भएको भन्दै उद्योग वाणिज्य संघ चितवनले स्वागत गरेको छ ।
संघका अध्यक्ष सहनलाल प्रधानले व्यवसायको वर्गीकरण गरेर कर निर्धारण गरेका कारण व्यवसायीले स्वागत गरेको बताए ।
एउटै प्रकृतिको व्यवसायमा वर्ग निर्धारण गरेर कर निर्धारण गरेकाले आफ्नो कारोवारअनुसारको कर तिर्न व्यवसायी राजी भएका छन् ।
करको दायरामा नआएका ३५ प्रतिशत हाराहारी व्यवसायी दायरामा आउने अवस्थामा रहेको प्रधानको भनाइ छ ।
महानगरले गत आर्थिक वर्षमा ४९ करोड ११ लाख राजश्व संकलन गरेको थियो । चालू आवमा ५६ करोड पु¥याउने लक्ष्य राखेको छ ।
विगतमा १५ वडाबाट कर संकलन गर्दै आएकोमा सेवाग्राहीलाई सहज र सरल सेवा प्रदान गर्नका लागि आगामी एक महिनाभित्रमा महानगरका २९ वडाबाटै कर संलन गर्ने तयारी गरिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












