पश्चिम सेतीबाट चिनियाँ कम्पनि थ्री गर्जेजले किन झिक्दैछ हात ?
काठमाडाैँ १६,भदाै । पश्चिम सेती जलविद्युत आयोजना निर्माणबारे ६ वर्षअघि हस्ताक्षर गरेको प्रारम्भिक सहमतिबाट चीनले हात झिक्न चाहेको समाचार साउथ चाइना मोर्निङ पोष्टमा समाचार छापिएपछि ठूलो तरङ्ग पैदा भएको छ । यसको तरङ्ग छिमेकी राष्ट्र भारतसम्म पुगेको छ ।
चीनको थ्री गर्जेज कर्पोरेसनको सब्सिडरी कम्पनी सीडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनले सन् २०१२ मा मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयु) मा हस्ताक्षर गर्दैै परियोजनाको जिम्मा लिएको थियो । तर, अहिले कम्पनीको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली अधिकारीहरुलाई ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना पुनर्स्थापना र पुनर्वासको उच्च लागतको कारण आर्थिकरुपमा अनुपयुक्त रहेको बताएको छ ।
नाम नलिने सर्तमा लगानी बोर्डका अधिकारीलाई उद्धृत गर्दै साउथ चाइना मोर्निङ पोष्टले अब नेपाल विद्युत प्राधिकरणसँग गरेको एमओयु र अन्य समझदारी रद्द गरिनुपर्ने भएको बताएको छ ।
यो सम्झौतालाई बचाउन अन्तिम प्रयास स्वरुप अर्थमन्त्री युवराज खडिवडा तथा उर्जामन्त्री वर्षमान पुनले १.२ बिलियन अमेरिकी डलर लागत रहेको आयोजनाको उत्पादन क्षमतालाई सोही रकममा प्रस्तावित ७५० मेगावटबाट ६ सय मेगावाटमा झार्ने र उर्जा खरिद सम्झौतालाई १० वर्षबाट १२ वर्ष पुर्याउने प्रस्ताव अघि सारेको पनि समाचारमा उल्लेख गरिएको छ ।
‘नेपालले गरेको नयाँ अफरले केही चाँसोहरु सम्बोधन हुने भए पनि विस्थापितहरुको पुनर्स्थापना र पुनर्वास र दुर्गम क्षेत्रबाट काठमाडौँसम्म ट्रान्समिसन लाइन ल्याउन प्राविधिकरुपमा कठिन र आर्थिकरुपमा महङ्गो हुने थ्री गर्जेजको टिमले बताएको छ,’ लगानी बोर्डका ती अधिकारीले भने, ‘चिनियाँहरु आफ्नो अडान परिवर्तन गर्न अनिच्छुक थिए ।’
सन् २०१२ मा भएको पश्चिम सेतीबारे एमओयुले भारतको एकाधिकारजस्तै रहेको नेपालको जलविद्युत क्षेत्रमा नेपाल र चीनको सहकार्यको सुरुवातको रुपमा लिइएको थियो । अस्ट्रेलियाको स्नोई माउन्टेन कम्पनीले उक्त परियोजनाका लागि पर्याप्त लगानी जुटाउन नसकेको एक वर्षपछि चीन नेपालको जलविद्युत क्षेत्रमा प्रवेश गरेको थियो ।
हुनतः पश्चिम सेतीबारे नेपाल र चीनबीच केही समयदेखि दोहोरी चल्दै आएको थियो । चीनले त नेपालले पश्चिम सेती परियोजनाको सम्झौता रद्द गर्न लागेको समाचारको खण्डन नै गर्न परेको थियो । मे २९ मा ल्याइएको सन् २०१८–१९ को वजेटमा पश्चिम सेती परियोजनालाई ‘घरेलु स्रोत’ मा निर्माण गरिने उल्लेख गरिएपछि चीनको सिन्हवा न्युज एजेन्सीले चिनियाँ लगानीमा पर्ने सम्भावित नकारात्मक प्रभावबारे चिन्ता व्यक्त गरेको थियो ।
यो निर्णयले भारतसँग रहँदै आएको परनिर्भरता अन्त्य गर्न चिनियाँ लगानी भित्र्याउने आशामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने यो निर्णय ठूलो झड्का हुनसक्छ । जलविद्युत मात्र नभएर नेपाल चीनसँग सडक र रेल सञ्जालमा सहकार्य गर्ने प्रयासमा छ । अघिल्लो सरकारले रद्द गरेको १२ सय मेगावाटको बुढीगण्डकी परियोजना वर्तमान सरकार पुनः चिनियाँ कम्पनीलाई दिने तयारीमा रहेको छ । तर, पश्चिम सेतीबाट चीनले हात झिकेपछि बुढी गण्डकीको भविष्यमाथि पनि कालो बादल मडारिएको छ
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












