बम बिस्फोट गराउने भूमिगत ‘गोइत’ समूहका तीन जनालाई प्रहरीबाट पक्राउ
विराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने भूमिगत सशस्त्र समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। तराई राष्ट्रिय मुक्ति मोर्चा ‘जयकृष्ण गोइत’ समूहका तीन जनालाई प्रहरीले शनिबार राति समातेको हो।
एक नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालका अनुसार पक्राउ पर्नेमा मोरङ जहदाका मनोज सिंह, सिरहाका अभिमन्यू गिरी र रामरिझन यादव छन्। तिनै जनालाई नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह विराटनगर र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।
गोइत समूहका तिनै जनालाई प्रहरीले आइतबार सार्वजनिक गर्दैछ। विराटनगर महानगरपालिकामा गत साउन २७ गते बम बिस्फोट गराइएको थियो।
बिस्फोट गराइएको क्षेत्रमा गोइत समूहको पर्चा फेला परेको थियो। बिस्फोटमा महानगरपालिकाका मेयर भीम पराजुली चढ्ने गरेको को१झ ४९४ नम्बरको गाडी क्षतिग्रस्त भएको थियो। मेयर पराजुलीको कार्यकक्षबाहिर बिस्फोट गराइएको थियो। बिस्फोटमा मानवीय क्षति भएको थिएन।
बिस्फोटस्थलमा प्रेसर कुकर ह्यान्डिल फेला परेको थियो। बिस्फोट गराउन अाएकामध्ये तीन जना पक्राउ परेका थिए।
रिजालका अनुसार गोइतले तराईका जिल्लामा भूमिगत संगठन विस्तार गरी आपराधिक गतिविधि गराइरहेका छन्। सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा गोइत समूहले सशस्त्र गतिविधि गर्दै आएको छ।
‘नेपालबाट तराई अलग्याउने अभियानमा यो समूह सक्रिय छ, यसले चन्दा संकलन तथा मानवीय त्रास देखाउन सरकारी कार्यालयहरूमा बिस्फोट गराउने कार्य गरिरहेको छ,’ डिआइजी रिजालले भने।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












