बंगलादेशसँग दोहोरो कर उन्मुक्ति (डिटिए) सम्झौताको तयारिमा सरकार
काठमाडाैँ २२,भदाै । सरकारले बंगलादेशसँग दोहोरो कर उन्मुक्तिको सम्झौता (डीटीए) गर्ने भएको छ । सम्झौताको लागि सबै प्रक्रिया पूरा भएर हस्ताक्षरको चरणमा रहेको अर्थ मन्त्रालयले जनाएको छ । केही अघि मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग दोहोरो कर सम्झौता गर्ने निर्णय गरेर यस्तो सम्झौतामा हस्ताक्षर गर्नको लागि अर्थमन्त्री डा. युवराज खतिवडालाई अख्तियारी दिएको थियो । यस विषयमा गहन अध्ययन र छलफल भइरहेको तथा छिट्टै सम्झौता हुने मन्त्रालयको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्याक्रममा राजस्वसचिव शिशिरकुमार ढुंगानाले बंगलादेशसँग दोहोरो कर सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । “मन्त्रिपरिषद्ले यसबारे निर्णय गरिसकेको छ, अब हामी के कसरी गर्ने भन्नेमा छलफल गरिरहेका छौं” सचिव ढुंगानाले भने । उनका अनुसार पछिल्लोपटक बंगलादेशमा नेपालबाट केही सामान निर्यात गर्दा ८० प्रतिशतसम्म कर लाग्ने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार बंगलादेशसँगको व्यापारमा नेपालले गत आवमा ३ अर्ब ७० करोड रूपैयाँको व्यापार घाटा बेहोरेको छ ।
“यहाँका केही उद्योगीले चाउचाउको प्लान्ट गर्छौं अनुमति दिनुप¥यो भनेका छन्, तुलनात्मक लाभका विषय उठेका छन्,” उनले भने, “यस्ता विषयमा सकारात्मक हिसाबले छलफल गर्न सकिन्छ भन्नेमा हामी छौ र छलफल बढाइरहेका छौं ।” उनले नेपालको कानुनले परिलक्षित गरेका प्रणाली र प्रक्रिया पूरा गरेर नाफा लैजाने विषयमा समस्या नभएको पनि स्पष्ट पारे । विकासको लक्ष्यअनुसार नेपालले लगानी भित्र्याउन बंगलादेशसँग मात्रै नभएरथप केही देशसँग दोहोरो कर सम्झौता(डीटीए) गर्ने तयारीमा रहेको पनि उनले जनाकारी दिए ।
अर्थ मन्त्रालयका अनुसार सरकारले बेलायत सरकारसँग पनि यस्तो सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ । बेलायत र नेपाल सरकारबीच दोहोरो कर उन्मुक्तिको सम्झौताको लागि पत्र आदान प्रदान भइरहेको छ । नेपालले सन् २०१३ मै बेलायत सरकारसँग दोहोरो कर उन्मुक्तिको सम्झौताको लागि पत्राचार गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारीले भने, “अहिलेसम्म पनि त्यो विषय पनि बहसमै छ, त्यतिबेला पनि बेलायत सरकारले दोहोरो कर सम्झौताको लागि आफ्नो ढाँचा नेपाल सरकारलाई पठाएको थियो तर थप प्रक्रिया अघि बढेको थिएन ।” नेपालले यसअघि नै भारत, चीन, पाकिस्तान, श्रीलंका, दक्षिण कोरिया, थाइल्याण्ड, नर्वे, कतार, अष्ट्रिया लगायतका १० मुलुकसँग यस्तो सम्झौता गरिसकेको छ ।
सचिव ढुंगानाले दोहोरो कर उन्मुक्तिको सम्झौता कुनै देशसँग रूपमा हुन सक्ने पनि स्पष्ट पारे । उनले भने, “यो सम्झौता भनेको सार्वभौम मुलुकहरूबीच हुने विषय हो र यो देशगत सम्झौता हो, कुनै निश्चित कम्पनीलाई डीटीए गरेर छुट दिन्छु भन्न मिल्दैन, । उनले कुनै विशेष कम्पनी स्थापित गर्नका लागि देशहरूसँग डीटीए हुने बताए । यस्तो सम्झौता भएका देशबाट ठूलो मात्रामा वैदेशिक लगानी भित्रन सक्ने सम्भावना भएकोले बढी लगानी आउन सक्ने देखिएका देशहरूसँग नेपालले यस्तो सम्झौतालाई उच्च प्राथमिकता दिने गरेको छ ।
सचिव ढुंगानाले विदेशी लगानी ल्याउने मात्रै कि लान पनि दिने भन्ने एउटा छलफल गर्ने समय आएको बताए । “अहिले विदेशी विनिमय ऐनमा परिवर्तन हुने क्रममा छ, अन्य ऐन पनि परिवर्तनको क्रमा छौं,” उनले भने, “अरु कानुनहरूमा पनि परिवर्तन गरेर यसका विषयमा छलफल गर्ने समय आएको छ ।”
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












