पुर्वएमालेको आन्तरिक विवादले लम्बिदैछ ,नेकपाको एकता !
प्रदेश १ मा पनि पुर्व एमालेको बल्झियो आन्तरिक विवाद
काठमाडाैँ २२,भदाै । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदेश १ को अध्यक्षमा नाम सिफारिस गर्दा नेतृत्वले धोखाधडी गरेको भन्दै विवाद चर्किएको छ । प्रदेशको अध्यक्षमा तत्कालीन माओवादीले दाबी नगरेपछि तत्कालीन एमालेभित्रका करीव आधा दर्जन आकांक्षी देखिएका थिए ।
प्रदेश १ को पार्टी एकीकरण कार्यदलमा तत्कालीन एमालेबाट प्रदेश संयोजक भीम अचार्य र शेरधन राई थिए । पार्टीभित्रको विगतको समीकरणमा भीम आचार्य माधव नेपाल र झलनाथ खनाल समूहका हुन् भने मुख्यमन्त्रीसमेत रहेका राई केपी ओलीनिकटका नेता हुन् ।
प्रदेश १ को अध्यक्षमा जगन्नाथ खतिवडा, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र गौतम, नरेश खरेल र जयन्ती राईको नाम चर्चामा आएको थियो । तर, कार्यदलले प्रतिवेदन बुझाउने बेलामा अध्यक्षका लागि घनेन्द्र बस्नेत र देवराज घिमिरेकोमात्रै नाम सिफारिस गरिएको भन्दै विवाद चर्किएको छ ।
सिफारिस भएका दुवै नेताहरु ओलीनिकट हुन् । उनीहरुको नाम नेपाल समूहका भीम आचार्यकै प्रस्तावमा सिफारिस गरिएको स्रोतले जनाएको छ ।
प्रदेश अध्यक्षका लागि माधव नेपाल पक्षले जगन्नाथ खतिवडाको नाम अघि सारेको थियो । तत्कालीन एमालेको पोलिटब्यूरो सदस्यसमेत भएका सिनियर नेता खतिवडालाई अध्यक्षमा सिफारिस गर्न नेपाल स्वयंले भीम आचार्यलाई टेलिफोनबाट निर्देशन दिएको नेपालनिकट स्रोतले जनाएको छ ।
कार्यदलमा अर्का नेता प्रदेश मुख्यमन्त्री राईले ‘जगन्नाथजीको पनि अध्यक्ष बन्ने इच्छा छ, उहाँको पनि नाम पठाउँ न त’ भन्दा आचार्यले अश्वीकार गरेको स्रोतले जनाएको छ । आफ्नै समूहका नेताको धोखाधडीका कारण अध्यक्ष अर्को पक्षमा गएको र योग्य व्यक्तिमाथि अन्याय भएको भन्दै नेपाल समूहभित्रै असन्तुष्टि देखिएको स्रोतले बतायो ।
जगन्नाथलाई आचार्यले किन धोखा दिए ?
भीम आचार्य तत्कालीन एमालेको नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाटै सचिवमा विजयी बनेका थिए । उनी मुख्यमन्त्री बन्न भनेर प्रदेशसभा चुनाव लडे र प्रदेशको सांसद बने । ओलीनिकटका शेरधन राईसँग प्रदेशसभा संसदीय दलको नेतामा चुनाव हारेपछि आचार्यको मुख्यमन्त्री बन्ने बाटो बन्द भयो ।
अहिले आएर आचार्यले अध्यक्षका लागि दुबै ओलीनिकटकै सिफारिस गरेर माधव नेपालसँग बदला लिएको टिप्पणी आचार्यनिकट कार्यकर्ताले गरेका छन् । नेपालले फोनमा जगन्नाथ खतिवडाका लागि कडा निर्देशन दिँदासमेत आचार्यले अश्वीकार गरेको गुनासो खतिवडा निकट नेताहरुको छ ।
आचार्यलाई मुख्यमन्त्री बन्न नदिन माधव नेपाल पक्षका नेताहरुले नै भूमिका खेलेकाले अहिले उनले बदला लिएको दाबी गरिएको छ । प्रदेश १ को तत्कालीन एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत हुँदाहुँदै पनि नेपाल पक्षकै नेताहरुले शेरधन राईलाई सघाएर आचार्यलाई हराएको आरोप छ ।
जगन्नाथ खतिवडाकै सल्लाहमा जीवन घिमिरेलगायतका नेताले आचार्यलाई असहयोग गरेपछि उनी मुख्यमन्त्री बन्न नपाएकाले अहिले बदला लिइएको दाबी प्रदेशका नेताहरुको छ ।
उदयपुर–१ बाट खतिवडाले टिकट पाउने भएपछि सो क्षेत्र नै माओवादीलाई दिन आचार्यले भूमिका खेलेको आरोप छ । आफूसँग प्रतिस्पर्धामा आउन सक्ने नेतालाई तलै सिध्याउने नीतिअनुसार आचार्यले जगन्नाथ खतिवडा, रेवतीरमण भण्डारी लगायतका नेतालाई टिकटबाटै बञ्चित गरेको र अहिले प्रदेश अध्यक्ष बन्न नदिएको आरोप छ ।
आचार्यले भने आफूमाथि झलनाथ खनाल, माधव नेपाल, केपी ओलीलगायतका नेताले पटक–पटक अन्याय गरेकाले कसैले भनेको मान्न जरुरी नभएको बताउन थालेका छन् । खनालले मन्त्रीबाट बिनाकारण हटाएको र माधव नेपालले मुख्यमन्त्री बन्न नदिएको भन्दै आचार्यले आफू कुनै गुटमा नरहेको प्रतिक्रिया निकटस्थलाई दिएका छन् ।
आचार्य अहिले पनि नेकपाको स्थायी कमिटी सदस्य छन् । उनी सम्भवतः प्रदेश १ को इञ्चार्ज बन्नेछन् । ओलीनिकट नेतालाई प्रदेशको अध्यक्षमा सिफारिस गरेर इञ्चार्ज पद सुरक्षित गर्न खोजेको आरोप पनि उनीमाथि लागेको छ ।
जिल्ला कमिटी बाँडफाँटमा पनि ओली पक्षका अध्यक्ष हुने ८ जिल्लामा टुंगो लाएर अन्य जिल्ला विवादित बनाएको आरोप समेत उनीमाथि छ । ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, ताप्लेजुङ र सुनसरीको नेतृत्व कसले गर्ने भन्ने टुंगो नलगाई कार्यदलले प्रतिवेदन महासचिव बिष्णु पौडेललाई बुझाएको छ । बाँडफाँट टुंगिएका पाँचथर, इलाम, झापा, मोरङ, धनकुटामा ओलीनिकट अध्यक्ष हुँदैछन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











