काठमाडौंबाट ४ लागू औषध कारोबारी पक्राउ
काठमाडाैँ २४,भदाै । प्रहरीले काठमाडौंको छुट्टाछुट्टै स्थानबाट ४ लागू औषध कारबारी पक्रेको छ । प्रहरीले शुक्रबार नागढुंगा, चाबहिलबाट ३ र शनिबार बल्खुबाट अर्का १ लागू औषध कारबोरी समातेको हो ।
महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रवक्ता रामदत्त जोशीका अनुसार नागढुंगाबाट पक्राउ पर्नेमा बाराका ५० वर्षीय रिठा विष्ट छन् । विष्ट वीरगञ्जबाट २००/२०० एम्पल नुफिन, फेनारगन र डाईजेल्याब ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।
विष्टले दिएको सूचनाका आधारमा प्रहरीले चाबहिलबाट महोत्तरी पशुपतिनगरका सन्तोषकुमार सिंह र गुल्मी चन्दुकोटका विशाल कार्कीलाई पक्रेको छ । प्रहरी नायव उपरीक्षक जोशीका अनुसार, विष्टले सिंह र कार्कीको आग्रहमा आफूले लागू औषध ल्याएको वयान दिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ४ जनालाई लागू औषध मुद्दा चलाएर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
यसैबीच, प्रहरीले शनिबार काठमाडौंकै बल्खुबाट अर्का १ लागू औषध कारबारीलाई नियन्त्रणमा लिएको छ । बल्खु इलाकामा लागू औषधको कारोवार भइरहेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, कालिमाटीको विशेष प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–२८, बगही बस्ने १९ वर्षीय सुवास यादवलाई पक्रेको हो ।
प्रहरीका अनुसार उनको साथबाट डाईजेपाम(३०० एम्पल, नुर्फिन(३०० एम्पल र फेनारगन(३०० एम्पल गरि जम्मा ९०० एम्पल लागू औषध बरामद भएको छ । उनलाई अहिले महानगरीय प्रहरी वृत्त, कालीमाटीमा राखेर अनुसन्धान भइरहेको छ ।
Comments
अरु समाचार
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...












