सवारी दुर्घटना न्यूनिकरण गर्न प्रदेश १ थाल्यो, सुशासन अभियान
विराटनगर २८,भदाै । सवारीसाधन दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रदेश १ का ६ जिल्लामा सुशासन अभियान लागू गरिएको छ ।
पहिलो चरणमा प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरमा १० किलोमिटिर क्षेत्रको राजमार्गलाई बिकास गरी नमूनाको रुपमा सडक सुशासन अभियान लागू गरिएको हो ।
साथै नमूना राजमार्ग क्षेत्रभित्र पर्ने ६ बटा शहरलाईसमेत नमूना शहर बनाइने छ ।
मुख्यमन्त्री शेरधन राईको परिकल्पाना अनुसार मोरङको विराटनगरको मेनरोड र शुन्दरहरैचा, गछिया राजमार्ग, सुनसरीको इटहरी वुढीखोलादेखि रामधुनी झुम्का बजार, झापाको बिर्तामोडको मुक्तिचोकदेखि सुरुङगाको माइखोला पुललाई नमूना सडक निर्माण गरिने छ ।
यस्तै, इलामको किटेनी जोरकलमदेखि हर्कटे, धनकुटाको पात्लेखोलादेखि कागतै चोक र उदयपुरको गाईगाट बजारदेखि जलजले ढाटसम्मको १० किलो मिटर राजमार्ग क्षेत्रलाई नमूना सडक निर्माण गरी प्रदेश सरकारले सडक सुशासन अभियान संचालनको तयारी गरेको हो ।
जसमा ती राजमार्ग क्षेत्रभित्र समेटिने मोरङको विराटनगर, विराटचोक, सुनसरीको इटहरी बजार, झापाको लक्ष्मीपुर, विर्तामोड बजार, इलामको इलाम बजार, धनकुटाको भेडेटार बजार र उदयपुरको गाइघाट बजारलाई नमूना शहरको रुपमा बिकास गरिने छ ।
विराटनगरमा विहीबार सडक सुशासन तथा सुरक्षा बिषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा यो कार्यक्रम सुचारु गरिएको हो ।
प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेशका ६ जिल्लामा पहिलो पल्ट प्रयोगमा ल्याउन लागिएको सडक शुसासन अभियानका लागि तयार पारिएका सडकहरु आमा नागरिकले सबै प्रकारको सुरक्षाको अनुभूति दिलाउने खालका मापदण्डमा तयार पारिने जानकारी दिए ।
उनले १० किलो मिटिर राजमार्ग क्षेत्रसबै प्रकारको भय, सास्तीबाट मुक्त हुने खालका, सडकका स्तर पहिचान निर्धारण गरिन निर्माण गरिने बताए ।
‘हाम्रो अभियान मुख्यतय सडक दुघटनाको भयावह अहिलेको स्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने तर्फ केन्दि्रत छ, मुख्य मन्त्री राईले भने, ‘सोही अनुसार ६ स्थानमा तयार परिएका राजमार्ग क्षेत्र नमूनाको रुपमा सबै प्रकारले उपयोगी राजमार्ग निर्माण गर्ने तर्फ प्रदेश सरकारको ध्यान जानेछ । त्यो राजमार्ग फाराकिलो, सफा, भयत्रासमुक्त हुनेछ ।’
मुख्यमन्त्री राईले राजनैतिक परिर्वतनका लागि चलेको आन्दोलन र लडाइमा भन्दा पनि दोब्बर संख्यामा नागरिकले सडक दुर्घटनामा मृत्युवरण गर्नु परेको र त्यातिर्कै मात्रामा घाइते भएको तथ्याङ रहेको बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सडक दुर्घटनाका अबस्था भयावहको स्थिति रहेपनि समिति स्रोतसाधनको अधिकत्तम उपयोग गरी सडक सुशासन अभियान सफल हुनेमा दाबी गरे
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












