लगानीकर्तालार्इ आकर्षित गर्न पूँजी बृद्धि सके पनि नगदसँगै बोसन शेयर घोषणा
काठमाडौं ३ असोज। विगत तीन बर्षदेखि चुक्ता पूँजी बढाउन बोनस शेयर दिँदै आएका कम्पनीले दोस्रो बजारमा लगानीकर्तालार्इ आकर्षित गर्न पूँजी बृद्धि सके पनि नगदसँगै बोसन शेयर घोषणा गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकले तोकेको पूँजी गत आर्थिक वर्षमा नै पुरा गरेका विकास बैंक तथा फाइनान्सहरुले पनि बोनस शेयर घोषणा गरेका छन्।
विगत तीन वर्षको अवधिमा पूँजी कोष पर्याप्त भइसक्दा पनि कम्पनी बोनस शेयरमै आकर्षित हुनुको कारण दोस्रो बजारमा आप्नो शेयर मूल्य खस्कन नदिनु हो। प्रतिशेयर आम्दानीभन्दा पनि पूँजीकोषलाई नै बलियो बनाउने मनासय कम्पनीहरुमा देखिएको बजार विश्लेषक ज्योति दाहाल बताउछँन्।
राष्ट्र बैंक कुनै पनि हालतमा बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने पक्षमा रहेको बुझाइ लगानीकर्ताको छ। चालु आर्थिक वर्षमा फोर्स मर्जरको नीति ल्याउन नसके पनि आगामी आर्थिक बर्षमा राष्ट्र बैंकले मर्जरको नीति ल्याउन सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरु पूँजी बलियो देखाएर राम्रो मूल्याङ्कनको लागि बोनस शेयरमा आकर्षित भएको दाहालको विश्लेषण छ।
सरकारको ५ वर्षे रणनितीमा बाणिज्य बैंकहरु र लघुवित्त संस्था मात्रै राख्ने गरी ‘युनिभर्सल बैंकिङ’ को अवधारणा अगाडि सारेको छ। यसले गर्दा विकास बैंक र फाइनान्स कम्पनी कुनै पनि हालतमा मर्जरको बाटो जानु पर्ने बुझाइ लगानीकर्ताको छ।
विकास बैंक तथा फाइनान्सहरु जसरी पनि कुनै न कुनै बैंकसँग मर्ज हुनु पर्ने अवस्था आएमा सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्दा स्वाप रेसियो राम्रो देखाउन सकिने रणनितिका साथ उनीहरुको ध्यान बोनस शेयरमा गएको दाहालको विश्लेषण छ। अहिले नगद लाभांस दिएर पैसा बाँड्नुभन्दा पनि भोलिका दिनमा वार्गेनिङ गर्न सक्ने क्षमता बनाउन खोजेको लगानीकर्ताहरु बताउँछन्।
बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा कम्पनीको बजार मूल्य स्थिर राख्ने हिसावले पनि बोनस शेयर दिने निर्णय गरेका हुन्। पछिल्लो समय दोस्रो बजार लगातार घटिरहँदा अधिकांस बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य अण्डर भ्यालु हुन थालेको छ। अंकित मूल्य हाराहारी शेयर भाउ आउन थालेपछि त्यसलाई उकास्न पनि बोनस शेयरको बाटो कम्पनीहरुले रोजेका हुन्।
चालु आर्थिक बर्ष ३४ वटा बैंक, वित्तीय संस्था, हाइड्रोपावर, म्युचुअल फण्डले लाभांस घोषणा गरेका छन्। केही लघुवित्त संस्थाबाहेक अधिकांस कम्पनीले चालु आर्थिक वर्षमा लाभांसको दर घटाएका छन्।
गएका बर्षहरुमा पूँजी बढेसँगै कम्पनीहरुको प्रति शेयर आम्दानीमा पनि गिरावट आएको छ। जसले गर्दा लाभांस पनि घटिरहेको छ।
| कम्पनीको नाम | बोनस शेयर | नगद लभांस | जम्मा लाभांस | कम्पनीको नाम | बोनस शेयर | नगद लभांस | जम्मा लाभांस |
| फस्ट माइक्रोफाइनान्स | 0 | 12.63 | 12.63 | ज्योति विकास बैंक | 0 | 8.4 | 8.4 |
| सिद्धार्थ इक्वीटी | 0 | 12 | 12 | जानकी फाइनान्स | 22 | 1.16 | 23.16 |
| पोखरा फाइनान्स | 5 | 8.68 | 13.68 | समता माइक्रोफाइनान्स | 10 | 11.05 | 21.05 |
| मेरो माइक्रोफाइनान्स | 15 | 11.32 | 26.32 | बोटलर्स नेपाल तरार्इ | 0 | 40 | 40 |
| वमी माइक्रोफाइनान्स | 0 | 25 | 25 | बोटलर्स नेपाल बालाजु | 0 | 20 | 20 |
| ग्लोबल आइएमर्इ लघुवित्त | 15 | 0.79 | 15.79 | गरिमा विकास बैंक | 10 | 3.75 | 13.75 |
| आइसिएफसी फाइनान्स | 0 | 8 | 8 | किसान माइक्रोफाइनान्स | 29 | 1.53 | 30.53 |
| स्वोरोजगार लघुवित्त | 20 | 1.05 | 21.05 | स्वदेशी लघुवित्त | 0 | 10 | 10 |
| ङादी पावर | 0 | 10 | 10 | रिडी हाइड्रोपावर | 6 | 0.32 | 6.32 |
| एनआइविएल समृद्धि | 0 | 12 | 12 | मुक्तीनाथ विकास बैंक | 18.25 | 0.96 | 19.21 |
| महालक्ष्मी विकास बैंक | 8 | 7 | 15 | सप्तकोशी लघुवित्त | 3 | 5.03 | 8.03 |
| शाइन रेशुङ्गा | 18 | 0 | 18 | युनिलिभर | 0 | 700 | 700 |
| हाम्रो विकास बैंक | 2.4 | 7.91 | 10.31 | छिमेकी लघुवित्त | 18 | 22 | 40 |
| कावेली विकास बैंक | 35 | 0 | 35 | सूर्योदय लघुवित्त | 42.75 | 2.25 | 45 |
| कन्काइ विकास बैंक | 3 | 6.5 | 9.5 | एक्सेल डेभलपमेन्ट | 0 | 17 | 17 |
| तिनाहु डेभलपमेन्ट | 12 | 0.63 | 12.63 | नेरुडे लघुवित्त | 15 | 5.79 | 20.79 |
| गुहेश्वरी मर्चेन्ट | 5.26 | 5.26 | समिट माइक्रोफाइनान्स | 23.53 | 1.24 | 24.77 |
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












