विराटनगर जुटमिलमा एक दशकपछि फर्किएको यो राैँनक !
विराटनगर ३, असोज । विराटनगर जुटमिलमा करिब १० बर्षपछि लागेको विश्वकर्माको मेलामा विभिन्न भगवान, बिभिन्न पोष्टर , भगवानका श्लोकका किताब र पात्रो ग्राहकलाई बेचिरहेका थिए । विराटनगर जुटमिलको परिसरमा सोमबार साँझ भेटिएका ४८ बर्षिय असोक प्रधानको अनुहार निकै हँसिलो अनि खुसी देखिन्थ्यो । उनी मेला भर्न आएका ग्राहकहरुसँग कारोवार गर्न भ्याई नभ्याई देखिन्थे । यसको एउटै मात्र कारण थियो विराटनगरका जुटमिल भित्र लागेको विश्वकर्मा मेला । उनले उनी भन्दै थिए, यतिका बर्ष बन्द भएको मिलको आफ्नै क्षेत्रमा आएर यसरी मेलामा सामान बेच्न पाउँदा निकै नै खुशीको अनुभुती भएको महशुस भएको छ । हुन म पनि यही मिलमा काम गरेको मजुदर हो ।’ उनले बिगतलाई सम्झिँदै भने ‘भगवानका कृपायले यो मिल अब कहिल्यै बन्द नहो्स सधै यसरी नै चलिरह्यो भने, हाम्रो पनि वेला – बेलामा लाग्ने मेलाले फाईदा पुग्ने थियो ।
’
उनी जस्तै ५० बर्षिय मिल्स एरिया कै सोनलाल पनि मेला भर्न आएका ग्राहकहरुलाई चटपटे र पानी पुरी बेच्नमा ब्यस्त थिए । अन्य वेला २ सय देखि ३ सम्म कमाई गर्दै आएका सोनलालले सोमबार साँझ भने ८ सय जति कमाई गरे ।
यतिका लामो बर्ष पछि जुटमिलमा विश्वकर्मा मेला लागेर राम्रो व्यापार भएको उनले खुसी व्यक्त गरे । त्यस्तै विराटनगर जुटमिलको मुख्य गेटमा नै बेलुन बेच्दै आएका १८ बर्षिय चन्दन राय पनि बेलुन बेच्दै थिए । उनले यो बेलुनको ब्यापार भारतमा खरिद गरेर जुटमिल परिसरमा ल्याएमा बेचेका हुन । उनी भन्दैथिए, केही फाईदा हुने भएकोले मेलामा आएको हुँ ।’
विराटनगरको ऐतिहासिक विराटनगर जुमिलमा मिल चल्दा जुटमिल परिसरमा ठूलै मेला लाग्ने गर्दथ्यो । तर विगत १० – ११ बर्ष पछि यो नै पहिलो पटक यति ठूलो विश्वकर्मा मेला लागेको स्थानिय सामाजिक युवा गोपाल सिंहले बताए । ‘पहिले – पहिले जुट मिल सञ्चालन हुदाँ निकै ठूलो मेला लाग्यो, मान्छे छिर्न समेत गाह्रो हुने गर्दथ्यो विचमा मिल बन्द हुने फेरी चल्नुले यसरी मेलाको अनुभव कसैले पनि लिन पाएका थिएनन ।’
१० बर्ष पछाडी मिलमा विश्वकर्माको मुर्ति निर्माण गरिएको छ । ‘१० बर्षको बिचमा यो पहिलो पटक हो, उनले भने, अब मिल यसरी नै संचालन भईरह्यो भने हामीले सोचेको जस्तो सँधै नै चहलपहल हुने थियो । यस बर्ष मिलले मेलाको आयोजना गरेको भएप्नि आगामी दिनमा फेरी मिल कुन अबस्थामा पुग्ने हो उनीहरुको चिन्ता छ । स्थानीय युवा पप्पु सुब्बाले यस पटक दुःखसुख रमाईलो भएपनि आगामी दिनमा मिलको खाली जग्गामा भब्य मेला नै लगाएर जुटमुलको पुरानो ईतिहाँस फर्काउने दाउमा रहेको सुनाए ।
जुटिममिल सञ्चालक वनकोे पहिलो विश्वकर्मा पुजा
नेपालको प्रजातान्त्रिक एंव मजदुर आन्दोलनको शुभारम्भ भएको विराटनगर जुट मिल आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको थियो । यो मिललाई अहिले बसन्त वनले आफु अध्यक्षको दाबी सहित उनले मिल एक सातादेखी सुचारु गराएका छन् ।
पटक–पटक संञ्चालन अनि बन्द हुदै आएको विराटनगर जुटमिलमा हालका संञ्चालक समितीका अध्यक्ष वसन्त वनले मिलमा पहिलो पटक विश्वकर्माको मुर्ति स्थापना गरी पुजापाठ गरेका छन् ।
सम्भवत यसरी मुर्ति स्थापना गरी एकदशक पछिको विश्वकर्मा पुजा गरिएको संचालक समितिका अध्यक्ष वनले बताए । मिल भित्र रहेका पुराना पाटपुर्जाको मर्मत तथा सरफाई गरी हरेक चाडपर्वको आ–आफ्नै महत्व र विशेषता अनुसार विश्वकर्माको पुजा गरिएको उनको भनाई छ । अब आउदा दिनहरुमा यो मिल दिगो रुपमा सञ्चालन गरिने अध्यक्ष वनले बताए ।
मिल सञ्चालक समितिका अध्यक्ष वनले नेपाल सरकारको सहयोग र समितिको पहलमा मिललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । उनले अहिले दैनिक ६ टन मात्र उत्पादन थालिएको भएपनि त्यसलाई बृद्धि गर्दै २० टनसम्म पु¥याइने बताए ।
जुटमिलमा पूर्व आपुर्ति मन्त्री देखी मेयरले अवलोकन
विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । कृष्णप्रसाद कोईराला र रामलाल गोल्छा समेतको सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले मिलको स्थापना गरेका थिए । तर पछिल्लो समय निकै लामो समय बन्द भएको मुलुक कै एतिहाँसिक विराटनगर जुटमिलमा पूर्व आपुर्ति मन्त्री शिव कुमार मण्डल, विराटनगरका महानगरपालिकाका मेयर भिम पराजुली, संसाद कुशल लिम्बु लगायतले मिलको अवलोकन गरेका गरेका थिए ।
विश्वकर्माको पुजाकोदिन मन्त्री तथा संसादहरु मिल परिसरमा पुगेर पुजाआजा गरि मिल भित्रको अवलोन गरेका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












