विराटनगर जुटमिलमा एक दशकपछि फर्किएको यो राैँनक !
विराटनगर ३, असोज । विराटनगर जुटमिलमा करिब १० बर्षपछि लागेको विश्वकर्माको मेलामा विभिन्न भगवान, बिभिन्न पोष्टर , भगवानका श्लोकका किताब र पात्रो ग्राहकलाई बेचिरहेका थिए । विराटनगर जुटमिलको परिसरमा सोमबार साँझ भेटिएका ४८ बर्षिय असोक प्रधानको अनुहार निकै हँसिलो अनि खुसी देखिन्थ्यो । उनी मेला भर्न आएका ग्राहकहरुसँग कारोवार गर्न भ्याई नभ्याई देखिन्थे । यसको एउटै मात्र कारण थियो विराटनगरका जुटमिल भित्र लागेको विश्वकर्मा मेला । उनले उनी भन्दै थिए, यतिका बर्ष बन्द भएको मिलको आफ्नै क्षेत्रमा आएर यसरी मेलामा सामान बेच्न पाउँदा निकै नै खुशीको अनुभुती भएको महशुस भएको छ । हुन म पनि यही मिलमा काम गरेको मजुदर हो ।’ उनले बिगतलाई सम्झिँदै भने ‘भगवानका कृपायले यो मिल अब कहिल्यै बन्द नहो्स सधै यसरी नै चलिरह्यो भने, हाम्रो पनि वेला – बेलामा लाग्ने मेलाले फाईदा पुग्ने थियो ।
’
उनी जस्तै ५० बर्षिय मिल्स एरिया कै सोनलाल पनि मेला भर्न आएका ग्राहकहरुलाई चटपटे र पानी पुरी बेच्नमा ब्यस्त थिए । अन्य वेला २ सय देखि ३ सम्म कमाई गर्दै आएका सोनलालले सोमबार साँझ भने ८ सय जति कमाई गरे ।
यतिका लामो बर्ष पछि जुटमिलमा विश्वकर्मा मेला लागेर राम्रो व्यापार भएको उनले खुसी व्यक्त गरे । त्यस्तै विराटनगर जुटमिलको मुख्य गेटमा नै बेलुन बेच्दै आएका १८ बर्षिय चन्दन राय पनि बेलुन बेच्दै थिए । उनले यो बेलुनको ब्यापार भारतमा खरिद गरेर जुटमिल परिसरमा ल्याएमा बेचेका हुन । उनी भन्दैथिए, केही फाईदा हुने भएकोले मेलामा आएको हुँ ।’
विराटनगरको ऐतिहासिक विराटनगर जुमिलमा मिल चल्दा जुटमिल परिसरमा ठूलै मेला लाग्ने गर्दथ्यो । तर विगत १० – ११ बर्ष पछि यो नै पहिलो पटक यति ठूलो विश्वकर्मा मेला लागेको स्थानिय सामाजिक युवा गोपाल सिंहले बताए । ‘पहिले – पहिले जुट मिल सञ्चालन हुदाँ निकै ठूलो मेला लाग्यो, मान्छे छिर्न समेत गाह्रो हुने गर्दथ्यो विचमा मिल बन्द हुने फेरी चल्नुले यसरी मेलाको अनुभव कसैले पनि लिन पाएका थिएनन ।’
१० बर्ष पछाडी मिलमा विश्वकर्माको मुर्ति निर्माण गरिएको छ । ‘१० बर्षको बिचमा यो पहिलो पटक हो, उनले भने, अब मिल यसरी नै संचालन भईरह्यो भने हामीले सोचेको जस्तो सँधै नै चहलपहल हुने थियो । यस बर्ष मिलले मेलाको आयोजना गरेको भएप्नि आगामी दिनमा फेरी मिल कुन अबस्थामा पुग्ने हो उनीहरुको चिन्ता छ । स्थानीय युवा पप्पु सुब्बाले यस पटक दुःखसुख रमाईलो भएपनि आगामी दिनमा मिलको खाली जग्गामा भब्य मेला नै लगाएर जुटमुलको पुरानो ईतिहाँस फर्काउने दाउमा रहेको सुनाए ।
जुटिममिल सञ्चालक वनकोे पहिलो विश्वकर्मा पुजा
नेपालको प्रजातान्त्रिक एंव मजदुर आन्दोलनको शुभारम्भ भएको विराटनगर जुट मिल आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको थियो । यो मिललाई अहिले बसन्त वनले आफु अध्यक्षको दाबी सहित उनले मिल एक सातादेखी सुचारु गराएका छन् ।
पटक–पटक संञ्चालन अनि बन्द हुदै आएको विराटनगर जुटमिलमा हालका संञ्चालक समितीका अध्यक्ष वसन्त वनले मिलमा पहिलो पटक विश्वकर्माको मुर्ति स्थापना गरी पुजापाठ गरेका छन् ।
सम्भवत यसरी मुर्ति स्थापना गरी एकदशक पछिको विश्वकर्मा पुजा गरिएको संचालक समितिका अध्यक्ष वनले बताए । मिल भित्र रहेका पुराना पाटपुर्जाको मर्मत तथा सरफाई गरी हरेक चाडपर्वको आ–आफ्नै महत्व र विशेषता अनुसार विश्वकर्माको पुजा गरिएको उनको भनाई छ । अब आउदा दिनहरुमा यो मिल दिगो रुपमा सञ्चालन गरिने अध्यक्ष वनले बताए ।
मिल सञ्चालक समितिका अध्यक्ष वनले नेपाल सरकारको सहयोग र समितिको पहलमा मिललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । उनले अहिले दैनिक ६ टन मात्र उत्पादन थालिएको भएपनि त्यसलाई बृद्धि गर्दै २० टनसम्म पु¥याइने बताए ।
जुटमिलमा पूर्व आपुर्ति मन्त्री देखी मेयरले अवलोकन
विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । कृष्णप्रसाद कोईराला र रामलाल गोल्छा समेतको सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले मिलको स्थापना गरेका थिए । तर पछिल्लो समय निकै लामो समय बन्द भएको मुलुक कै एतिहाँसिक विराटनगर जुटमिलमा पूर्व आपुर्ति मन्त्री शिव कुमार मण्डल, विराटनगरका महानगरपालिकाका मेयर भिम पराजुली, संसाद कुशल लिम्बु लगायतले मिलको अवलोकन गरेका गरेका थिए ।
विश्वकर्माको पुजाकोदिन मन्त्री तथा संसादहरु मिल परिसरमा पुगेर पुजाआजा गरि मिल भित्रको अवलोन गरेका थिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











