राशी बिज्ञानका अनुसार तपाँईको भाग्यरेखा, आजको राशीफल
काममा केही व्यवधान देखिए पनि समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। समाजमा आफ्नो वर्चस्व कायम रहनेछ। पदासीन व्यक्तिहरूसँग सहकार्य गर्नुपर्ला। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट भने अलि सजग रहनुपर्ला। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। (नेपाली पात्रो)
अवसर प्राप्त भए पनि परिस्थिति आफ्नो अनुकूल नदेखिएकाले सजग रहनुपर्ला। स्वास्थ्यमा कमजोरी र काम रोकिने समस्याले मन खिन्न हुन सक्छ। तापनि हल्लाको पछि नलागी कर्मयोगमा जुट्नुहोला। बिस्तारै शुभचिन्तकहरूले साथ दिनेछन्। काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूबाट भने जोगिएर काम लिनुहोला। मिहिनेतले दाम र प्रतिष्ठा दिलाउन सक्छ। (नेपाली पात्रो)
कामको चाप बढ्नेछ भने भैपरी आउने समस्याले चिन्ता बढाउन सक्छ। समयमा स्वास्थ्यप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। आकस्मिक खर्च बढ्नाले पनि अभाव अनुभूति हुनेछ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउने हुँदा अलि सजग रहनुपर्ला। बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। काममा पनि अलि जोखिम उठाउनुपर्ने हुन सक्छ। वादविवादले पनि समस्या निम्त्याउनेछ। (नेपाली पात्रो)
परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादास्पद विषय सुल्झाउने जिम्मेवारी आउन सक्छ। मनोरञ्जनले अलमल्याए पनि लक्ष्यमा पुग्न सकिनेछ। समस्याका बीच रमाइलो परिस्थिति सिर्जना गर्न सफल भइनेछ। फाइदाका लागि आफन्तहरू नजिकिने छन्। अतिथिका रूपमा सत्कार प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। सबै उद्देश्य पूरा नहुन सक्छ। (नेपाली पात्रो)
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम पनि बनाउन सकिनेछ। (नेपाली पात्रो)
स्वास्थ्य कमजोर रहे पनि हिम्मतले काम सम्पादन गर्न सफल भइनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। शुभचिन्तकहरूको साथले अप्ठ्यारो स्थिति समेत टर्न सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। दिगो काम सुरुवात हुनेछ। (नेपाली पात्रो)
आत्तिने बानीले काम बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा सजिलो काम पनि जटिल बन्न सक्छ। विशेष योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान्। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुन सक्छ। तापनि पहिलेका कमजोरी भने सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। (नेपाली पात्रो)
आज बलको सहाराले पनि धेरै काम बन्नेछन्। परिस्थितिले साथ दिए पनि ईर्ष्या गर्नेहरूले सताउलान्। अग्रजहरूसँग असमझदारी बढ्न सक्छ। तापनि आफ्नै प्रयासले छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। (नेपाली पात्रो)
बोलीको प्रभावले काम बन्न सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन् भने धन तथा ज्ञानको भण्डार बढ्नेछ। अध्ययनमा प्रगति हुनुका साथै व्यावहारिक ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। (नेपाली पात्रो)
चिताएको काम बन्नाले थप अवसर पनि प्राप्त हुन सक्छ। दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिरनको सोखले व्यक्तित्वमा निखारता ल्याउनेछ। नाम, दाम र इनाम प्राप्त गर्न सकिनेछ। (नेपाली पात्रो)
आकस्मिक समस्याले खर्च बढाउन सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ। केही लाभप्रद रकम हातलागी भए पनि बाँकी ऋणभार बढ्ने देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। फाइदाका पछि लाग्दा आफन्त टाढिन सक्छन्। पछिको फाइदाका लागि बलजफ्ती काम गर्नुपर्ने हुन सक्छ। (नेपाली पात्रो)
श्रमको उचित मूल्यांकन भए पनि लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ। आफ्नो प्रतिफल हातपार्न पनि केही समय लाग्नेछ। आम्दानीका नयाँ स्रोत भने फेला पर्नेछन्। विभिन्न भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सफलता मिल्नेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। तापनि विशेष जिम्मेवारी प्राप्त हुनाले रोकिएका काम बन्नेछन्। (नेपाली पात्रो)Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












