गोरखा अस्पतालमा शव चिस्यान केन्द्र निर्माण ६ वटा शव राख्न मिल्ने
गोरखा ८,असोज। जिल्ला अस्पताल गोरखामा शव चिस्यान केन्द्र निर्माण भएको छ । श्रीपाली बस्न्यात समाजको आर्थिक सहयोगमा केन्द्र निर्माण भएको हो ।
केन्द्रको सोमबार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका छन् ।
करिब १२ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको श्रीपाली बस्न्यात समाज जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष बिनोद बस्न्यातले बताए । ‘पोष्टमार्टमका लागि ल्याइएको शव बिशेष कारणवश एक दिन बढी राख्नुपर्यो भने गन्हाएर टोल नै दुर्गन्धित हुन्थ्यो,’ उनले भने, ‘त्यही समस्यालाई मध्यनजर गर्दै चिस्यान केन्द्र निर्माणमा सहयोग गरेका हौ ।’
उक्त चिस्यान केन्द्रमा एकैपटक ६ वटा शव राख्न मिल्ने उनको भनाइ छ । ‘अत्याधुनिक प्रविधि जोडेर चिस्यान केन्द्र बनाएका छौ,’ केन्द्र निर्माण समितिका संयोजक होम सिं बस्न्यातले भने, ‘जति समय शव राख्दा पनि अव गन्हाउने कुहिने केही हुँदैन ।’
चिस्यान केन्द्र निर्माण भएसँगै शव राख्नका लागि सहज हुने अस्पतालले जनाएको छ । ‘यस अघि चिस्यान केन्द्र थिएन, शव एक दुईदिन राखेपछि गन्हाइहाल्थ्यो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भने, ‘अव यो समस्या हुदैन ।’ चिस्यान केन्द्रको भवन भित्र पोष्टमार्टमका लागी ठाउँ पनि निर्माण भएकाले थप सहज हुने उनले बताए ।
चिस्यान केन्द्रमा शव राखे वापत शुल्क लिने वा नलिने भन्ने कुरा अस्पताल विकास समितिले निर्णय गर्ने डा. तीवारीको भनाइ छ । ‘सकेसम्म अस्पतालले मेन्टेनेन्स खर्च व्यहोर्ने गरी निःशुल्क गर्ने भन्ने छ अब छिट्टै समितिको बैठक बसेर यसको निर्णय गर्छाै,’ उनले भने ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












